ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

ट्रिपरको सास्ती भोग्दै कपुरकोटवासी

९ आश्विन २०७७, शुक्रबार
९ आश्विन २०७७, शुक्रबार

दैनिक रुपमा रोल्पा सिमेन्ट प्रा.लि. सम्म आवतजावत गर्ने ट्रिपर र यसले निम्त्याएको समस्याका बारेमा सल्यान कपुरकोटमा छलफल भएको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारि हेमराज तामाङको विशेष उपस्थितिमा रोल्पा सिमेन्ट, ट्रिपर ब्यवशायी, स्थानीय राजनितीक दल र प्रभावित नागरिकहरुवीच छलफल गरेका हुन् । यद्यपि विहिबार सम्पन्न उक्त बैेठकले कुनै ठोस निकास दिन सकेन ।

दाङ तुलसिपुर देखी कपुरकोट हुँदै रोल्पा त्रिवेणी गाउँपालिका स्थित सिमेन्ट कम्पनी सम्म जोडिएको सडकमा हिड्ने अन्य सवारि साधन, सडक नजिकका वासिन्दा तथा पैदल यात्रुले निकै सास्ती खेप्नुपरेको भन्दै पटक पटक गुनासो र आन्दोलन गर्दै आएका छन् । सिमेन्ट प्रालि सम्म पुग्ने सडक कपुरकोट गाउँपालिकाका ५ वटा वडा हुँदै पुगेको र ट्रिपर चल्दा उड्ने धुलो, सडकका खाल्डाखुल्डीले हैरान भएको कपुरकोट ५ खाली निवासी गिरीराज ओलीलले बताए ।

यस सडक खडण्मा कपुरकोट, खाली लगाएतका बजार क्षेत्रमा ट्रिपरका कारण उड्ने धुलोले ब्यापार ब्यवशाय गर्न समेत समस्या उत्पन्न भएको र स्थानीय सरकारले समस्या समाधानमा पहल गर्नुपर्ने भन्दै स्थानीयले आवाज उठाउदै आएका थिए । कपुरकोट गाउँपालिकाले आयोजना गरेको बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सडक तथा ट्रिपरको क्षमता भन्दा बढी लोड बोक्ने गरेको, सडक मर्मत, धुलो नियन्त्रण र स्थानीय संग गरेको सम्झौतामा प्रालिले कुनै चासो नदिएको भन्ने गुनासो आएको भन्दै रोल्पा सिमेन्ट प्रालिका प्रशासन प्रमुख सुरेन्द्र अधिकारीसंग जवाफ मागेका थिए । आफुहरुले आफ्नो पालिका क्षेत्रभित्र पर्ने सडक मर्मतको तयारि गरेको भए पनी स्थानीय सरकारको कार्यक्षेत्र भित्र नपर्ने भएकाले सडक मर्मत गर्न नसकिएको सेनले बताए ।

रोल्पा सिमेन्ट प्रा.लि. का प्रशासन प्रमुख अधिकारीले सरकारले उक्त सडक खण्डमा विगत २ वर्ष देखी कुनै पनि बजोट विनियोजन नगरेको बताए । यद्यपि प्रालिसंग सम्झौता गरेर सञ्चालन भइरेका पुन कन्ट्रक्शनले प्रतिटन २५ रुपैयाँ जम्मा गरेर सडक मर्मत गरिरहेको बताए । यस प्रकारको मर्मतले दिर्घकालिन समाधान नदिने, धुलोको कारण स्थानीयले सास्ती ब्यहोर्नुुपरेको, सडकमा गुड्ने अन्य साना सवारि साधन जोखिममा रहेको स्वयम ट्रिपर ब्यवशायीले पनि स्वीकारेका छन् ।

बैठकमा सडक डिभिजन दाङका प्रमुखलाई समेत आमन्त्रण गरिएकोमा उनी उपस्थित नभएको बताइएको छ । बैठकले उक्त जिर्ण सडकको मर्मत, धुलो नियन्त्रण जस्ता समस्या समाधानमा रोल्पा सिमेन्ट प्रालिले के कति योगदान र बजेट खर्च गर्न सक्ने हो यस बारेमा स्सपष्ट भइ बोर्ड बैडकबाट निर्णय गरी अर्काे बैेठकमा उपस्थित हुने निर्णय गरेको छ । यस्तै राप्ती लोकमार्गको मर्मत र स्तरोन्नतिका सन्दर्भमा के कति रकम विनियोजन भएको, यसको आगामि कार्यदिशा के ? भन्ने बारेमा स्पष्ट धारणा सहित सडक डिभिजन कार्यालय दाङको जिम्मेवार कर्मचारी उपस्थित भइ उपयुक्त निर्णय गर्ने निचोड  निकालेको छ ।

बैठकमा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, सशस्त्र प्रहरी बल गुल्म सल्यानका हरि पराजुली, गाउँपालिका प्रवक्ता यम कुमार वस्नेत, नेपाली कांग्रेस कपुरकोटका सभापति तथा कपुरकोट ३ का वडाध्यक्ष मिन बहादुर सेन, वडा नं ४ का वडाध्यक्ष हरिलाल पुन, कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र शाही, नेपाल कम्युनिष्ट पार्टि नेकपा कर्णाली प्रदेश परिषद सदस्य द्रोण केसी, नेपाली कांग्रेसका दुर्गा बहादुर गिरी, पुन कन्ट्रक्शनका प्रेम प्रकाश पुन, सन्तोष बुढाथोकी, एकराज ओली, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती, कपुरकोट बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक बुढा, स्थानीय नागरिकको तर्फबाट रुपलाल यरी, पवन कार्की, गिरिराज ओली लगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?