ट्रेंडिंग:

>> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली

रकम हिनामिना गरेको भन्दै पर्यटन मन्त्रीद्वारा लुम्बिनी विकास कोषलाई स्पष्टीकरण

७ जेष्ठ २०८०, आईतवार
७ जेष्ठ २०८०, आईतवार

काठमाडौँ ।

लुम्बिनी विकास कोषलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १३ प्रश्नसहित स्पष्टीकरण मागेका छन्। क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गरेका वा गर्ने सन्दर्भमा कतिपय विषयहरू कोषको हितविपरीत हुने गरी र गैरकानूनी रूपमा भएको गुनासा आएपछि उनले राय प्रतिकृयासहित बुँदागत रूपमा स्पष्ट हुने गरी १५ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी यथार्थ विवरण मागेका हुन्।

यस्ता छन् मन्त्री किराँतीले कोषलाई सोधेका १३ प्रश्न

१. लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरुयोजनाविपरीत अनधिकृत ढंगबाट बुद्ध मूर्ति बनाउन दिएको भन्ने गुनासोको सन्दर्भमा उक्त मुर्ति बनाउन दिइएको हो होइन? दिनुपर्ने हो होइन? दिइएको भए अवलम्बन गरिएका कानूनी प्रक्रिया तथा निर्णयसम्बन्धी विवरण पेश गर्ने।

२. विभिन्न प्लटहरू बदनियतपूर्ण ढंगले आफुखुसी वितरण गरेको भन्ने गुनासो प्राप्त भएको छ। सो विषयमा के भएको हो? हालसम्म वितरण भएको सो सम्बन्धी निर्णय एवं अपनाइएको मापदण्डसहित विवरण पेश गर्ने।

३. सोक्यो जापान लगायतका सम्झौताहरूको समयसीमाभित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरिएको, तर अन्य गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरूसँगको सम्झौता अनिश्चित कालका लागि आफुखुसी समयावधि बढाउँदै लगिएको गुनासो आएको छ। सो सन्दर्भमा यथार्थ के हो? कुन कुन संस्थासँग के कस्ता सम्झौता भएका छन्? तिनीहरूसँग भएका सम्झौता तथा थप भएको अवधि सम्बन्धी विवरण पेश गर्ने।

४. मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुसमेत नष्ट गरी बनाइएको पोखरीमा करोडौंको टेण्डर निष्काशन गरी रकमको अपचलन गरेको भन्ने गुनासो प्राप्त भएको छ। सो सम्बन्धमा यथार्थ के भएको हो? कुन विधि, पद्धति, प्रक्रिया अवलम्वन गरिएको हो? सन्दर्भसहित विस्तृत विवरण पेश गर्ने।

५. लुम्बिनी विकाश कोष परिसरभित्र के कति संस्थाहरूले काम गरिरहेका छन्? तिनीहरूको नवीकरणको अवस्था पेश गर्ने। यदि नवीकरण नभएका संघ संस्थाले काम गरिरहेका छन् भने के कस्तो विधि, पद्धति र प्रक्रिया अवलम्बन गरी काम गर्न दिइएको हो? साथै लिज वा भाडामा दिएका संस्थाहरूको विवरणसहित खुलाइ पठाउने।

६. कोषभित्र हाल के कति निर्माण परियोजनाहरू सञ्चालन भइरहेका छन्? तिनीहरू कुन कुन निर्माण कम्पनीलाई कुन विधि र प्रक्रिया अपनाइ ठेक्का दिएको हो? सो को विवरण पेश गर्ने।

७. हालै त्यहाँ निर्माण भइरहेको संरचनाहरू गुरुयोजना अनुरुप नभएको गुनासो रहेकाले कहाँ कहाँ कुन कुन संरचनाहरू गुरुयोजना विपरीत बनेका छन्? पछिसम्म फरक नपर्ने गरी सोको विवरण पेश गर्ने। साथै त्यहाँबाट अघि बढाइएको लगभग तीन अर्बको ठेक्का लुम्बिनी गुरुयोजना अनुरुप छ कि छैन? इस्टिमेट तयार गर्दा गुरुयोजनाविपरीत धेरै विषय रहेको भन्ने सूचना प्राप्त भएकाले के कति कारणले उक्त कुराहरू भएका हुन्? यथार्थ पेश गर्ने।

८. लुम्बिनी विकास कोषको परिसरभित्र मोटरबोट संचालनका लागि कुन कानुन, विधि, प्रक्रिया अवलम्बन गरी दिइएको हो? यसले वायु र ध्वनि प्रदुषण गरेको गुनासो प्राप्त भएको छ। यस सम्बन्धमा के भएको हो? विस्तृत विवरण पेश गर्ने।

९. मन्दिर जाने बाटोमा रहेको कफी सप र पुस्तक पसल नियमविपरीत सञ्चालन गर्न दिइएको गुनासो प्राप्त भएको छ। उक्त कफी सप र पुस्तक पसल कुन विधि प्रक्रियाको अवलम्बन गरी सञ्चालन गर्न दिइयो? यथार्थ पेश गर्ने।

१०. क्रेन सारस चरा. फाउन्डेसनको मनपरी ढंगबाट दुरुपयोग भएको भन्ने गुनासो प्राप्त भएको छ। सो विषयमा के भएको हो रु सन्दर्भसहित यथार्थ विवरण पेश गर्ने।

११. लुम्बिनी विकास कोषलाई विगत पाँच वर्षदेखि विभिन्न दाताहरूले दिएको रकमको यथार्थ विवरण तथा सोको परिचालनको अवस्था खुलाइ पठाउने।

१२. उपाध्यक्षले गरीमामय पदको दुरुपयोग गरी अन्य संस्थाबाट मासिक तलब बुझ्ने गरेको भन्ने विषयमा के भएको हो? सो सम्बन्धी विवरण पेश गर्ने।

१३. भर्खरै निर्माण सम्पन्न भएको भनिएको सभाहल पानी चुहिने समस्या भएको भनी गुनासो प्राप्त भएकोले सो विषयमा के भएको हो? सम्पन्न भई हस्तान्तरण भइसकेको हो कि होइन? यसको दायित्व कसमा अन्तर्निहित छ? खुलाइ पठाउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?