ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

उद्योगी–व्यवसायीका माग सम्बोधनका लागि एकढिक्का हुनुपर्नेमा जोड

७ जेष्ठ २०८०, आईतवार
७ जेष्ठ २०८०, आईतवार

भैरहवा, ७ जेठ ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र पोखरा चेम्बर अफ कमर्स, कास्कीका पदाधिकारी तथा सदस्यहरुले उद्योगी–व्यवसायीका माग सम्बोधन गर्नका लागि एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् । अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रमका लागि पोखरा पुगेको चेम्बर अफ कमर्स, रुपन्देहीको टोलीलाई पोखरा चेम्बर अफ कमर्सले आयोजना गरेको स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले उद्योगी–व्यवसायीका माग सम्बोधन गर्न एकढिक्का भएर अघि बढ्न र आवाज उठाउन आवश्यक रहेको बताए । उनले विगतमा पनि एकढिक्का भएर बढ्दो बैंक ब्याजदरविरुद्ध आवाज उठाएको बताए । अध्यक्ष ज्ञवालीले भने, ‘सहकार्य गर्दै अघि बढ्नुपर्छ । यसले समस्या समाधानका लागि थप सहयोग पुग्छ ।’ सरकारले उद्योगी–व्यवसायीका कतिपय माग सम्बोधन गर्न बाँकी रहेकाले एकताबद्ध भएर आवाज उठाउँदा सम्बोधन हुने ज्ञवालीको विश्वास छ ।

उनले अन्तर चेम्बर भेटघाट कार्यक्रमले विभिन्न चेम्बर अफ कमर्सबीच बलियो सम्बन्ध स्थापित गर्न र व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुर्याउने बताए । उनले चेम्बर अफ कमर्स, रुपन्देहीले विकास निर्माण कार्यमा चासो राख्दै विभिन्न निकायसँग सहकार्य गर्दै आएको बताए । उनले पोखरा चेम्बर अफ कमर्स, कास्कीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न आग्रह गरे ।

त्यस्तै पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यामनाथ पौडेलले चेम्बर अफ कमर्स, रुपन्देहीको टोलीलाई पर्यटकीय नगरी पोखरामा स्वागत गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले समग्र व्यवसायीको हकहित र व्यवसाय प्रवद्र्धनका लागि आवश्यकता महसुस गर्दै पोखरा चेम्बर अफ कमर्स स्थापना गरिएको बताए । उनले व्यवसायिक संघ–संस्थाले सामाजिक क्षेत्रमा काम गर्न जरुरी रहेको बताए । उनले उद्योगी व्यवसायीका माग र समस्या सम्बोधन गर्न चेम्बर अफ कमर्सहरुबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारी, उद्योग उपाध्यक्ष तथा भ्रमण संयोजक रामचन्द्र रेग्मी, महासचिव सचिन रोक्का, सचिवालय सदस्य सुरेन्द्र पाण्डे, रोशनबहादुर थापालगायतले बोल्दै व्यवसाय प्रवद्र्धनका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np