ट्रेंडिंग:

>> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’

माण्डवीमा पानीलाई प्राथमिकता

६ श्रावण २०७५, आईतवार
६ श्रावण २०७५, आईतवार

माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा खानेपानीलाई उच्च प्राथमिकता दिएर नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । खानेपानीबीना हरेक क्षेत्र अपुरो हुने भएकाले स्वच्छ खानेपानी आपूर्तिलाई गाउँपालिकाले प्राथमिकतामा राखेको हो ।
तेस्रो गाउँसभाबाट ‘एक घर, एक धारा’ कार्यक्रम बनाइ कुल दुइ करोड नौ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष श्रीधर रोकामगरले जानकारी दिए । खानेपानी तथा सरसफाइको क्षेत्रमा गरी विभिन्न १८ वटा योजनाहरु चालु आर्थिक वर्षमा संचालन हुने उनले बताए । तिराममा ठूलोखोला पाङकोट लिफ्ट खानेपानी आयोजना, गोगनपानी लिफ्ट खानेपानी, सल्लीवेशी र लामाचौर चिसापानीमा ट्यांकी निर्माण, चकचके देविस्थान, जस्पुरमा बृहत खानेपानी आयोजना संचालन हुने पालिकाले जनाएको छ । यसअघि संचालन भएर जिर्ण बनेका खानेपानी योजनाहरुलाई पूर्न निर्माण गर्न समेत बजेट विनियोजन भएको छ ।
चोरपानी, चेरनेटा, ढुंगेधारा, सल्लीवेसी, सिरुवारी, सल्लीखर्क, दमारे, तिग्रा, आपचौर, धनचौर र वडेचौरमा एकघर, एकधारा खानेपानी आयोजना संचालनका लागि बजेट विनियोजन गरिएको छ । रम्दी आपचौरमा लिफ्ट आयोजना संचालन हुने छ । गाउँसभाले नीति तथा कार्यक्रममै ‘सफा र स्वच्छ खानपान, माण्डवीको पहिचान’ नारा बनाएर कार्ययोजना अघि ल्याएको छ ।
पाँचवटै वडामा खानेपानी आयोजना संचालन भएपछि अनुमानित पाँचसय घरधुरी प्रत्यक्ष लाभांवित हुने प्रमुख प्रशासकिय अधिकृत नारायण पौडेलले बताए । खानेपानीलाई प्राथमिकता दिएपछि जिल्लाको पूर्ण सरसफाई अभियानलाई सफल बनाउन टेवा पुग्ने पालिकाले आशा गरेको छ । यसअघि उदयपुरकोटको सिरुवारी गाउँ पूर्ण सरसफाईयूक्त घोषणा भइसकेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सडक सञ्जाल निर्माणलाई कम प्राथमिकतामा राखिएको अध्यक्ष रोकामगरले बताए । खानेपानी, स्वास्थ्य र शिक्षापछि सडकलाई प्राथमिकतामा पारिएको उनको भनाई छ । कार्यान्वयन गर्ने खालका मात्र नीति तथा कार्यक्रमहरु अघि सारिएको उनले जनाए । गाउँसभाबाट कुल २२ करोड ९९ लाख १६ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । एकिकृत सम्पत्ती कर, घरबहाल, जडीबुटी, जीवजन्तु लगाएत करबाट गरी ६३ लाख ३१ हजार रुपैयाँ आन्तरिक आय गर्न सकिने गाउँपालिकाले लक्ष्य राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?