ट्रेंडिंग:

>> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था

ठगिन्छन उपभोक्ता

१ चैत्र २०७५, शुक्रबार
१ चैत्र २०७५, शुक्रबार

सल्यानको बजार उपभोक्ताको नियन्त्रणमा देखिदैन । तरकारि, फलफुल, दुध, नुन, तेल, चामल लगाएत सबै चीजवस्तुमा उपभोक्ताले चर्काे मुल्य तिर्नुपरेको त छ नै, उपभोग्य वस्तुको गुणस्तर पनि नभएको भेटिन्छ ।
खाद्य अधिकार सञ्जाल सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले जिल्लामा म्याद सकिएका खाद्य बस्तुहरू बिक्री बितरण भइरहेको बताउँछन् । उनले भने, ‘उपभोक्ताले चर्को मुल्यमा उपभोग्य बस्तु किन्नु परेको छ भने, स्वच्छ र सफा बस्तु नभएका बस्तुबाट उपभोक्ता ठगिएका छन् ।’
सल्यान जिल्ला तरकारि तथा फलफुल उत्पादनमा अग्र स्थानमा आउँछ । तर यहाँबाट उत्पादन हुने तरकारि किसानले निकै कम मुल्यमा विक्रि गर्छन् भने उक्त तरकारि किनेर खाने उपभोक्ताहरु चर्काे मुल्य तिर्न बाध्य छन् । सल्यानमा पाँच रुपैया किलोमा विक्रि भएको टमाटर नेपालगञ्जमा बस्ने उपभोक्ताले ८० रुपैयाँ सम्ममा किन्नु पर्छ । तरकारी बजार विचौलियाको नियन्त्रणमा रहँदा यस्तो समस्या देखिएको पाइएको छ । तरकारी खेती गर्ने किसान कौडीको मोलमा उत्पादीत वस्तु बेचिरहेका छन् भने उपभोक्ता सुन जोखे जस्तो जोखी जोखी महंगो मोलमा तरकारी किनेर खान बाध्य छन् । तरकारी उत्पादक किसान र उपभोक्ताका बीचमा सरोकारवालाहरुले समन्वयकारी भुमीका नखेल्दा बिचौलीया मोटाएको देख्न सकिन्छ ।
सल्यान कालिमाटी गाउँपालिकामा घर भइ हाल बुटवल बस्दै आएका दिलिप ढकालले सल्यानका किसानले सस्तोमा तरकारि विक्रि गरेको भएपनि आफुले बुटवलका बजारबाट ६० रुपैयाँ प्रतिकिलो काउली र टमाटर ८० रुपैयाँ सम्ममा किनेर खानुपरेको बताए । जवकी, सल्यानमा किसानले काउली ५ रुपैयाँ, भेडे खुर्सानी १० रुपैयाँ किलोमा विक्रि गर्नुपरेको भन्दै दुखेसो पोखिरहेका हुन्छन् । पूर्णतया बजारलाइ ब्यापारिले नियन्त्रण गरेका कारण उत्पादक देखि उपभोक्ता समेत मारमा परिरहेका छन् ।
वजारमा कालोवजारी, महंगी देखि खाद्यान्नमा मिसावट लगाएत उपभोक्ता ठग्ने प्रवृती वढ्दै गएका छन् भने त्यसलाई नियन्त्रण, नियमन, अनुगमन गर्ने सरकारी निकाय निरिह जस्तो देखिन्छ ।
वेला वखत चाडपर्ब र आक्ल झुक्कल हुने अनुगमन हुने गरेको भएपनि बजारमा सरकारी नियमन शून्य जस्तै छ । त्यसले गर्दा पनि बजारमा हुने अनुचित, एकाधिकार र निषेधित व्यापारिक क्रियाकलाप भै रहेका छन् । जिल्लामा रहेका स्थानिय सरकारले केहि गर्ने अपेक्षा गरिएपनि नियमित बजार अनुगमन गरेको र कारवाहि गरेको देखिदैन । अहिलेसम्म उपभोक्ता उपर हुने मर्का र हानि उपर पर्याप्त तथा प्रभावकारी सुनुवाइ समेत हुन सकेको छैन ।
प्रत्येक वर्ष उपभोक्ता अधिकार दिवस मनाइरहदा उपभोक्ता ढगिनु पर्ने अबस्था अन्त्य हुन सकेको छैन । त्यसका लागि सरकारी प्रभावकारी नियमन र सक्रियले मात्र स्वच्छ बजार र उपभोक्ता हित संरक्षरण हुन सक्छ ।
खाद्य अधिकार सञ्जालका सल्यान अध्यक्ष दिपेन्द्र शाहीले स्थानिय तहहरुले हरेक बजारमा एउटै दररेट कायम गरिदिनुपर्ने बताउँछन् । म्याद गुज्रेका वस्तु विक्र भएको छ या स्टोर गरेर छुट्टै राखिएको छ भनेर नियमित अनुगमन हुन आवश्यक रहेको उनले बताए । यस्तै उपभोक्तालाइ पनि उसका अधिकारका विषयमा जागरुक बनाउन सचेतनामुलक कार्यक्रमहरु गरिरहनुपर्ने शाहीले बताए । ‘तर, नेपाली उपभोक्ताको हकहितका लागि प्रभावकारी कार्य भएको छ कि छैन भन्ने विषयमा पनि सम्बद्ध निकायको ध्यान जानुपर्ने हो, त्यसो हुन सकेको पाइँदैन’, उनले भने ।
यसरि उपभोक्ताको हक अधिकारलाई सुनिश्चित गर्न उपभोक्ता शिक्षा र सचेतनाका कार्यक्रमलाई तल्लोस्तरसम्म प्रभावकारी रुपमा लैजानुपर्ने देखिन्छ । अधिकारका कुरा सुविधा सम्पन्न सहरमा वा बजार क्षेत्रमा प्रचारबाजी गर्ने मात्र नभई ग्रामीण भेगका उपभोक्ताको पहुँचमा हुने गरी सचेतनाका कार्यक्रम लैजानुपर्ने आवश्यकता छ । जिल्लाका प्राय बजारहरुमा एउटै बस्तुको मुल्य पसल अनुसार फरक फरक पाइन्छ ।
शाहीका अनुसार वस्तु वा सेवा लिने र उपभोग गर्नेलाई उपभोक्ता भनिन्छ । वस्तु वा सेवा बजारमा गलत व्यापारिक क्रियाकलापबाट उपभोक्ता सुरक्षित हुन पाउने, वस्तु वा सेवा छनोट गर्न पाउने, वस्तु वा सेवाबारे वास्तविक सूचना पाउने अधिकारलाई आधारभूत उपभोक्ता अधिकार भनिन्छ ।
प्रत्येक उपभोक्तालाई मर्का परेमा न्यायिक उपचार पाउने, प्रत्येक नागरिकले उपभोक्ता शिक्षा पाउने अधिकार, बाँच्नलाई आवश्यक पर्ने वस्तु तथा सेवामा पहुँच पाउने र मानव, पशु तथा वनस्पतिलाई स्वच्छ वातावरण पाउने अधिकार पनि आधारभूत उपभोक्ता अधिकार नै हुन् । यी अधिकारलाई उपभोक्ताका मौलिक हक पनि भनिन्छ ।
वस्तु तथा सेवा बजार माफियाको कब्जामा जान खोजिरहेकाले यसविरुद्ध प्रतिरोध गर्न र आवाज बुलन्द गर्न अझ सक्रिय रुपमा उपभोक्ता अधिकारकर्मी तयार हुनुपर्ने सञ्जालका अध्यक्ष शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?