ट्रेंडिंग:

>> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली

पोषण गृह हटाई चिकित्सकको आवास

११ पुष २०७५, बुधबार
११ पुष २०७५, बुधबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुपोषित बालबालिकाहरुलाई उपचार नगरी घर फिर्ता पठाएको रहस्य खुलेको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्वमा रहेको पोषण पुर्नस्थापना गृहमा अन्तिम समयमा उपचारगराई रहेका ४ जना बिरामीलाई उपचार हुन नसक्ने भन्दै अस्पतालले घर फिर्ता पठाएको हो ।
अस्पतालले उपचार नगर्ने भन्दै घर फिर्ता पठाएपछि आफ्नो छोरीको ज्यान बचाउन उपचारका लागि आफ्नो जिल्ला भन्दा बाहिर बुटवल पुग्नु परेको बताउछिन दाङ गढवाकी कबिता चौधरी । पहिले आफ्नै जिल्लामा पोषण गृह भएकाले बिरामीको उपचार गर्न सजिलो भएपनि अहिले बन्द गरेपछि उपचारमा कठिनाइ भएको कविताको भनाइ छ । गरिबीका कारण जिल्ला बाहिर गएर उपचार गर्न निकै कठिनाइ छ । “एक दिनको उपचारले निको हुने भएपनि बाहिर जिल्ला लैजान हुन्थ्यो तर यो त महिनौ बस्नु पर्छ” कबिताले भनिन् । दाङ मै फेरी पोषण गृह संचालन गरे छोरीलाई छिट्टै सन्चो बनाउन सकिन्छ भन्ने झिनो आशामा उनी छिन् ।
त्यसैगरि रोल्पा नुवागाउँकी सुप्रिया बुढा पनि १ बर्षकी भइन तर शरीरको तौल जम्मा २ केजी छ । कुपोषणका कारण समस्या उत्पन्न भएपछी आमाले उपचारका लागि घोराहीको पोषण गृहमा ल्याइन । त्यहाँ जम्मा ६ दिन राखियो ६ दिनमै बच्चाको तौलमा अनपेक्षित वृद्धि भैरहेको पुर्नस्थापना गृहका स्वास्थ्यकर्मिहरुले बताएको सुप्रियाकी आमाले बताईन् । तर पोषण गृहले एक्कासी अब घर फिर्ता जानुस पछी फेरी हामीले पोषण गृह चलाएमा बोलाउने छौं भनेपछि उनलाई चिन्ताले सताएको छ । भर्खर उपचारले तङ्ग्रीन लागेकी छोरीको अवस्थामाथी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलवाड गरीरहेको उनले बताईन् । दुखि हुँदै आमाले बिरामी बच्चालाई फिर्ता गरिन । तर उनले अझै उपचार गराउनको लागि पोषण गृहमा बारम्बार सम्पर्क गर्छिन । जति नै फोन गरेपनि पोषणगृहको जवाफ भने एउटै छ –हामी आफै तपाईलाई फोन गर्छौ ।
त्यस्तै लमहीका सुरज पाण्डेय र प्युठानका प्रशान्त पुनको पनि अबस्था उही हो । पोषण गृह बन्द भएपछी हामीले छोराहरुलाई घरमा ल्याएका छौं । पोषणगृह सञ्चालन भएपछी फेरी उपचारमा लैजाने आशामा उनीहरु छन् । आर्थिक अभावका कारण उपचारमा टाढा लैजान नसक्नेहरुका लागि राप्ति उपक्षेत्रिय अस्पतालको पोषण पुर्नस्थापना गृह बरदान जस्तै रहेको उनीहरु बताउछन् ।
बिगत पाँच बर्ष देखी लगातार सञ्चालन हुदै आएको पोषण पुर्नस्थापना गृहको बारेमा जानकारी पाएपछि अहिले पनि कुपोषित बालबालिकाहरुका बाबुआमा सम्पर्कमा आइरहेका छन् । तर उक्त गृह राप्ति स्वस्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आएपछि अहिले त्यसलाई हटाएर डाक्टरहरुको आवास गृह बनाईएको छ भने पोषण पुर्नस्थापना गृहलाई अस्पतालको एउटा कोठामा लगेर थन्काईएको छ । प्रतिष्ठानले दिएको एउटा कोठामा बालबालिका राख्ने स्थानको कमीका कारण कुपोषित बालबालिकाहरुलाई फर्काउनु परेको पोषणगृहकी व्यवस्थापक लक्ष्मी गैरेको भनाइ छ । नेपाल युथ फाउन्डेसनद्वारा ५ बर्ष अगाडि सुबिधा सम्पन्न भवन निर्माणगरि राप्ती उपक्षेत्रीय अस्पताललाई कुपोषित बालबालिकाको उपचार गर्नका लागि पोषण गृह भवन हस्तान्तरण गरेको भएपनि अहिले आएर उक्त भवनलाई डाक्टरको आवश गृह बनाउनु दुखद भएको व्यवस्थापक गैरेको भनाइ छ ।
यता प्रतिष्ठानका रजिस्ट्रार डा रामप्रसाद प्याकुरेलले भने उपचारका लागि आउने विज्ञ डक्टरहरुका लागि कोठा आवश्यक परेकाले पोषणगृह खाली गर्नुपरेको बताए । पोषण गृह छुट्टै घरमा नभई अस्पतालकै एउटा कोठामा ब्यवस्था गरीएको उनको भनाई छ । राप्ति स्वस्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत अस्पतालको एउटा कोठावाट पोषण गृहको काम भैरहेको प्याकुरेल जानकारी दिए । “उक्त गृहको सञ्चालनको लागि बरिष्ठ बालरोग विशेषज्ञ कृष्णहरी सुवेदीलाई जिम्मा दिईएको छ, तर बजार हल्लामा रहेको जस्तो कामै नभएको भने होईन” प्याकुरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?