ट्रेंडिंग:

>> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली

कपिलवस्तुमा ९ सय नयाँ क्षयरोगका विरामी

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

कपिलवस्तु(बुटवल टुडे) चैत – कपिलवस्तु जिल्लामा गत आर्थिक बर्ष २०७८/७९ मा कपिलवस्तु जिल्लामा ९ सय नयाँ क्षयरोगका बिरामी पत्ता लागेका छन । बिश्व क्षयरोग दिवशका अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पत्रकार अन्तरक्रियामा सो जानकारी दिईएको हो ।
जिल्लामा नयाँ क्षयरोगी पत्ता लाग्ने दर प्रति लाख १ सय ३० दशमलव ६ जना रहेको जिल्लाको क्षयरोग बारेको तथ्याङ्क प्रस्तुत गर्दै कपिलवस्तु नगरपालिकाका सिनियर अहेब (अधिकृत) सिद्धार्थकाजी बज्राचार्यले जानकारी दिए । अघिल्लो आवमा नयाँ क्षयरोगी प्रतिलाख ९४ जना भेटिए पनि गत आवमा सो तथ्याङ्क करिब १ सय ३१ पुग्नुले पत्ता लाग्ने दरमा सुधार आएको देखिन्छ । तर, राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०७६ ले नेपालमा प्रत्यक बर्ष ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको र समुदायमा देशै भर नयाँ तथा पुरानो बिरामीको संख्या १ लाख १७ रहेको आकलन गरेको छ । सो तथ्याङ्क अनुसार प्रतिलाख २ सय ४५ जना नयाँ क्षयरोगी भेटिनु पर्ने लक्ष्यमा जिल्लामा भने पत्ता लाग्ने दर राष्ट्रिय लक्ष्यको आधा देखिन्छ । त्यसै गरि चालु आर्थिक बर्षको ६ महिनामा जिल्लामा ४ सय २ जना नयाँ क्षयरोगका बिरामी भेटिएको जनाईएको छ । जुन प्रति १ लाख जनसंख्यामा ५७ दशमलव २ जना हो । गत बर्ष जिल्लामा भेटिएका क्षयरोगका नयाँ बिरामी मध्य ७९ प्रतिशत बिरामीमा फोक्सोको क्षयरोग देखिएको बज्राचार्यले जानकारी दिए ।

जिल्लामा गत बर्ष पत्ता लागेका नयाँ क्षयरोगका बिरामी मध्य ६ दशमलव ४५ प्रतिशत १४ बर्ष मुनीका बालबालिका छन । त्यसै गरि जिल्लामा प्रति एक पुरुष बराबर शुन्य दशमलव ६३ जना महिला नयाँ क्षयरोगी भेटिएका छन । जिल्लाको क्षयरोगीको उपचार सफलतादर ८७ दशमलव ३७ प्रतिशत रहेको, ६ दशमलव ८९ प्रतिशतको क्षयरोगले मृत्यु भएको र १ दशमलव १९ प्रतिशतलाई औषधीले काम नगरेको अन्तरक्रियामा जानकारी दिईएको थियो । गत बर्ष फेला परेका नयाँ क्षयरोगी मध्य सबै भन्दा बढि १ सय ७४ जना बाणगंगा नगरपालिका, १ सय २२ जना कपिलवस्तु नगरपालिका र १ सय १२ जना कृष्णनगर नगरपालिकाका बिरामी भएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । क्षयरोग निवारणको कार्य अगाडी बढाउनका लागी जिल्ला भित्रका सम्पुर्ण स्वास्थ्य संस्थामा निशुल्क उपचार दिईएको, फेरी औषधी शुरु गरेका क्षयरोगीलाई ६ महिना सम्म मासिक ५ सय पोषण खर्च दिईएको, खकार कुरियर सेवा सँगै माईक्रसकोपिक क्याम्प सञ्चालन गरिदै आएको र सचेतनाका कार्यक्रम सञ्चालन हुदै आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य निरिक्षक उमेश घिमिरेले जानकारी दिए ।

कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायतले क्षयरोग निवारणका लागी उपचारमा पहुँच पुर्याउन सचेतना कार्यक्रम अगाडी बढाउनु पर्नेमा जोड दिए । सरकारले सन् २०५० सम्म क्षयरोग निवारण (१० लाख जनसंख्यामा १ जना भन्दा कम) बिरामी हुने दर र मृत्यु दर घटाई रोग सर्ने प्रक्रियालाई रोगी क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा नरहन दिने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?