Logo
२३ जेष्ठ २०८०, मंगलवार
मुख्य खबर

कसजूले महासंघमा उम्मेदवारी दिने


बुटवल(बुटवलटुडे) चैत । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघको साधारण सभा तथा अधिवेशनको लागि प्रतिनीधि चयन गर्दै महासंघमा जिल्ला नगरबाट सदस्य पदमा अध्यक्ष कसजूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यहि चैतको २८ र २९ गते काठमाण्डौमा हुने ५७ औं वार्षिक साधारण सभा तथा अधिवेशनको लागि मुख्य प्रतिनीधिमा अध्यक्ष कसजू सहित प्रतिनीधिमा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल र वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई चयन गरिएको महासविच विमलराज भट्टराईले जानकारी दिए ।
त्यस्तैगरी अध्यक्ष कसजूलाई महासंघको सदस्य पदमा विजयी गराउनको लागि संघको तर्फबाट भूमिका खेल्दै अध्यक्ष कसजूलाई विजयी गराउनको लागि सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई गरेको
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको एशोसियट सदस्य पदमा निर्वाचित भएकोमा संघका कार्यसमिति सदस्य आनन्दप्रसाद वझालाई सम्मान गरिएको छ । बैठकले संघले प्रत्येक वर्ष गर्दै आएको २९ औं परिषद सभा बैशाखमा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?