ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

छठको शुभकामना (सम्पादकीय)

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

आज तिहारको बिसौनीको रूपमा मिथिलाञ्चलबासीले मनाउने छठ पर्ब हो । छठ पर्बको अबसरमा सम्पूर्ण हिन्दु धर्माबलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना प्रकट गर्दछौँ । छठको नामले नै जनाउँछ कि यो तिथिअनुसार षष्ठी तिथिमा पर्दछ । यो पर्बमा सूर्यको आराधना गरिन्छ । षष्ठीका दिन पूजाको तयारी गरी नदी किनारामा पुगेर पूजा सामग्रीहरू राखी नुहाइ चोखा कपडा लगाई अस्ताउँदो सूर्यलाई जल चढाउँदै आराधना गरिन्छ । पूजास्थल झकिझकाउ पारिएको हुुन्छ ।

पण्डाल हालेर नदी किनारामै बसी प्रसाद ग्रहण गर्ने र सूर्यसम्बन्धी भजन कीर्तन गरिन्छ । सप्तमीको दिनमा नुहाइ उदाउँदो सूर्यलाई अञ्जली वा ताम्रपात्रमा पानी लिएर चढाउँदै पर्बको बिसर्जन गरिन्छ । यो दिनमा मिठा परिकारहरू बनाइ आफन्तहरूलाई निम्ता गरी खान दिइन्छ । छठ कर्ताको घरमा जाने कोही पनि भोको रहन पाउँदैन । चेलीबेटीलाई टिका लगाई दान दिइन्छ । पण्डितहरूलाई बस्त्र दान दिइन्छ । कतिपयले त धर्मआर्जन गर्नको लागि छठको अबसरमा सार्वजनिक महŒवका बस्तुमा लगानी गर्ने, विद्यालय, मठ, मन्दिर आदिलाई जग्गा जमीन दान पनि दिने गर्दछन् । आजभोलि छठ पर्ब मिथिलाञ्चलमामात्र सीमित छैन । देशका विभिन्न भागमा विभिन्न जात जाति, समुदायले पनि मनाउने गर्न थालेका छन् ।

सूर्यलाई सबैभन्दा ठूलो शक्तिको स्रोत मानिन्छ । सूर्यले नै सबैलाई ताप र प्रकाश दिएको छ । सूर्य यदि हुँदैनथ्यो भने पृथ्बी नै बनेको हुने थिएन । सूर्यको उपग्रहको रूपमा रहेको पृथ्बीसम्म आइपुग्ने उचित ताप र प्रकाशले नै प्राणी, बनस्पति, जल, वायुको उत्पत्ति भएको हो । उनीहरूको दैनिकीमा सूर्यको किरणको निकै महŒव रहन्छ । त्यसैकारणले पनि हाम्रा पूर्वजहरूले सूर्यको स्तुती गाउँदै आएका छन् । पूजा,आराधना गर्दै आएका छौँ । छठले त्यहि भाव बोकेको छ । नेपाल सरकारले छठका दिनमा सार्वजनिक विदा दिँदै आएको छ । ता कि यो पर्बमा सबैको सरिकता रहोस् । छठ पर्बलाई पर्बहरूको बिसौनी पनि भनिन्छ । साउने सक्रान्ति देखि शुरु हुने नेपाली पर्बहरूमा छठ पर्बले लामो समयसम्म विराम लगाउँछ । न जाडो, न गर्मीमा पर्ने तिहार, छठ पर्बलाई पर्बहरूको राजा मानिन्छ ।

हरेक पर्बहरूले आफ्नो इतिहास बोकेको हुन्छ । छठले पनि आफ्नो इतिहास बोकेको छ । सूर्यको किरण र पानीको सम्बन्धलाई यो पर्बले निकै नजिक्याएको मानिन्छ ।
छठ पर्ब बिशुद्ध शाकाहारी पर्व हो । दूध, घिउ, पनिर, दही आदिको प्रयोग गरी विभिन्न चोखा अन्नका परिकार बनाइन्छ । ठेउका, हलुवा, पुडी, खिर, लड्डू, अन्य मिठाई बतासाआदि यो पर्वका मुख्य परिकार हुन् । यो पर्बमा सहभागी हुनेहरूले पर्बको अबसरमामात्र हैन, झण्डै एक महिना अघिबाटै माछा, मासु आदि बारन गर्दछन् । माछा, मासु मद्य खाने मानिसले ब्रत गरेर कुनै फाइदा हुँदैन भन्ने मान्यता छ ।

मानिसलाई सात्विक जीवन जिउनको लागि यो पर्व प्रेरणादायी बन्न गएको छ । माछा, मासु, मद्य सेवन गर्ने कारणले हुन सक्छ कुनै पनि ब्रत पर्बहरूमा पुरुषको भन्दा महिलाहरूको संख्या बढी रहने गरेको छ । अधिकांश महिलाहरू स्वभाविक रूपमा शाकाहारी हुन्छन् । मद्यपानमा उनीहरूले रुचि दिँदैनन् । ब्रत बस्न बढी ध्यान दिन्छन् । हरेक एकादशी, विभिन्न ब्रत पर्बहरूमा महिलाहरू नै अगाडि देखिन्छन् । खानपानमा अनुशासित हुने कारणले पनि होला महिलाहरूको आयु पुरुषको भन्दा बढी रहने गरेको छ । छठको ब्रतलाई पनि त्यो रूपमा बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?