ट्रेंडिंग:

>> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’

विजयनगरलाई सरायँको एक लाख

२६ कार्तिक २०७५, सोमबार
२६ कार्तिक २०७५, सोमबार

ऐतिहासिक डल्ले सरायँ नाचको एकलाख पुरस्कार राशी प्यूठान नगरापलिका–३ स्थित विजयनगरको समूहले जितेको छ । शनिवार विजुवारको पूण्यखोलामा भएको सरायँ प्रतियोगितामा उक्त समूहले सातवटा समूहलाई पछिपार्दै पहिलो पुरस्कार हासिल गरेको हो । ७५ हजार रूपैयाँ राशीको दोस्रो पुरस्कार पूण्यखोला र ५० हजार रूपैयाँ राशीको तेस्रो पुरस्कार थापडाँडा समूहले हाता पारेको छ । सरायँ प्रतियोगितामा पूण्यखोला, सारीवाङ, पाण्डेडाँडा, जुम्रिकाँडा लगायतका गरी आठ समूहले प्रस्तुति देखाएका थिए ।
भाइटिकाको भोलिपल्ट हरेक वर्ष डल्ले सरायँ मेला लाग्ने गर्छ । विगतका वर्षजस्तै यसवर्ष पनि दर्शकहरूको सहभागीता उल्लेखनिय रहेको आयोजक प्यूठान नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताको रूपमा सरायँ नाच संचालन हुनथालेपछि दर्शकहरूको आकर्षणमा थप बृद्धि हुँदै गएको पाइएको छ । सहभागी सरायँ प्रतियोगिहरूले सात मिनेट समयसम्म प्रस्तुती देखाएका थिए । वँखै, वँखै गर्दै हातमा तरवार लिएर मैदानमा सरायँ नाँच देखाउँदा उनीहरूलाई मोवाइलमा कैद नगर्ने दर्शकहरू कमै भेटिन्थे ।
सरायँमा सहभागी अन्य समूहलाई प्रोत्साहन स्वरूप २०/२० हजार रूपैयाँ प्रदान गरिएको छ । नेपाली पोशाक, पञ्चेबाजा, बाद्यबादन, नित्यको तालमेल लगाएत क्षेत्रलाई आधार मानेर विजयी समूह छनौट गरिएको मूल्यांकन समितिका संयोजक हुकुम बहादुर विष्टले बताएका छन् । प्यूठान नगरपालिकाले यसवर्ष डल्ले सरायँका लागि पाँचलाख रूपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताएका छन् । उनका अनुसार सरायँलाई नगरपालिकाको साँस्कृतिक पर्यटन क्षेत्रमा डल्ले सरायँलाई विशेष प्राथमिकता दिएर नीति, तथा कार्यक्रम बनाएको छ ।
डल्ले सरायँ प्यूठानीको पहिचानसँग जोडिएको छ । करिव सातसय वर्ष अघिदेखि जाँट बंशीय राजाको राक्षसी स्वभाव विरुद्ध जनताले तरवार उठाएको घटानासँग सरायँनाच जोडिएको छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरेको सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिएको छ । नगरपालिकाकै चितिखोलामा समेत आइतवार सरायँ प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?