ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

तिहार मंगलमय बनोस् (सम्पादकीय)

२१ कार्तिक २०७५, बुधबार
२१ कार्तिक २०७५, बुधबार

आज लक्ष्मी पूजा । पूज्य बस्तुको सम्मान गर्नुलाई पूजा भनिन्छ । कुनै पनि बस्तुु प्राप्त गर्नको लागि त्यसलाई चिन्नुपर्छ, त्यसको महत्व बुझ्नुपर्छ । साधना, श्रम गर्नुपर्छ । लक्ष्मी भनेको धेरै मानिसले पैसाको अर्थमामात्र लिने गरेका हुन्छन् । तर, पैसामात्र लक्ष्मी हो भनेर बुझियो भने त्यो अनर्थ हुन्छ । पैसा क्रय विक्रय सजिलोको लागि बनाएको एउटा साधनमात्र हो । क्षेत्र, श्रम, सीप, आरोग्यता, योग्यता आदि साध्य हुन् । यी सबै लक्ष्मी हुन् । सबैभन्दा ठूलो लक्ष्मी त मानिसको श्रम नै हो । आजको सबै संसार मानिसको श्रम, सीप, लगनशीलता र निष्ठाले आर्जन गरेको लक्ष्मी हो । तिहार पर्बको अबसरमा लक्ष्मीलाई किन पूजा गरिन्छ यसमा विद्वानहरूका आफ्नै मतहरू होलान्, किंबदन्तीअनुसार जस्तोसुकै कथा जोडिएको होला, तर पनि कृषि युगबाट शुरु भएको तिहार पर्ब मुख्य गरेर पशुपालनसँग सरोकार राखेको छ । लक्ष्मी भनेको अरू कोही अमुर्त बस्तु नभएर खेत, खलियान, घर गोठ, गाई गोरु, भैँसी, राँगा, बाख्रा, कुखुरा, अन्य पाल्तु तथा जंगली जनाबर र तिनले दिने दुध गोबर, मासु, तिनको जोत्ने कार्य, भारी बोक्ने श्रम आदि नै हुन् । आज ती चिजको मूल्य बुझ्न नसकी कृषि श्रमलाई दुरूपयोग गर्दै हामी पैसा जोड्नको लागि यो वा त्यो गतिविधिहरू गरिरहेका छौँ ।
तिहार पर्वले मानिसलाई सभ्यता सिकाएको छ । बस्तुलाई चिन्न र त्यसको उपयोग गर्न सिकाएको छ । प्रेम, सद्भाव, कला, संस्कृति, मित्रता सबै कुरा सिकाएको छ । उज्यालोमा बस्नुपर्छ, अँध्यारोको विरुद्धमा जाग्नुपर्छ भन्ने पाठ पढाएको छ । यमराज जस्ता हृंशकलाई वहिनी यमुनाले भातृत्व प्रेममा बाँधेर पाँच दिनसम्म अपराध कर्म गर्नबाट रोकेकी थिइन् । बलिराजाको उन्नति र प्रगति देखेर विरोधीहरूले उनलाई कसरी पातलमा पुराउँदा रहेछन्, शासक कतिसम्म दानी हुनुपर्दो रहेछ यो कुरामा तिहारले विश्वविद्यालय खडा गरिदिएको छ । त्यसैले हामीले तिहार पर्ब हर्षोल्लासकासाथ मनाउँदै आएका छौँ । परन्तु हामीले यसको सार पक्षलाई अँगाल्न नसकी भावपक्षलाईमात्र बोकेर हिँडेका छौँ । जबरजस्ती पैसा अशुल्ने गरी घरघरमा गएर विना सुचना देउसी भैलो खेल्छौँ । अरूको स्वास्थ्यको ख्याल नै नगरी कानै फुट्ने गरी आतिसबाजी गर्छौँ । धनसम्पत्ति, मान मर्यादा गुमाउने गरी जुवा तास खेल्छौँ । जुन कुरा तिहारले दिएको सन्देश नै हैन ।
जे होस् हाम्रा अगाडि अहिले तिहार पर्व ठिंग उभिएको छ । न बढी चिसो, न बढी तातोको यो मौसम अत्यन्तै उपयुक्त मानिन्छ । विभिन्न प्रजातिका फूलहरू करेसाबारीमा ढकमक्क फूलेका छन् । दिदी बहिनी र दाजु भाइबीचको मधुर मिलनले मानवीय नाता नजिक्याएको छ । आफन्तजनको भेटघाट, भलाकुसारी, मीठो मसिनु खानपान सबै तिहारले जुटाइदिएको छ । यसलाई दुरूपयोग नगरी सबैले शालिनताकासाथ मनाऔँ । अनाबश्यक खर्च गर्ने बानी हटाऔँ । एकले अर्काको सम्मान गर्ने, सद्भाव कायम राख्ने, माया प्रेम साट्ने, शुभकामना आदान प्रदान गर्ने, श्रमलाई पूजा गर्ने अठोटकासाथ तिहार मनाइनु पर्दछ । आज लक्ष्मी पूजा हो । लक्ष्मीलाई आर्जन गर्ने र त्यसको सम्मान गर्ने बानी विकास गरौँ । भाइटिकालाई मर्यादित बनाऔँ । दिपावली २०७५ को उपलक्ष्यमा सबै तिहारका पक्षपाती देश भित्र र बाहिर रहेका दाजुभाइ, दिदी बहिनी, आमा बुबा सबैको लागि तिहार मंगलमय बनोस् हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?