ट्रेंडिंग:

>> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली

शिविरमा पुगेका १७ जनालाई एक वर्षसम्मै स्वास्थ्य परीक्षण निःशुल्क

२३ माघ २०७९, सोमबार
२३ माघ २०७९, सोमबार

बुटवल, २३ माघ ।

बुटवल उपमहानगरपालिका वडा नं. ७ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ७ वडा कार्यालयको समन्वयमा लियो क्लब अफ बुटवलको सहकार्य तथा लायन्स क्लव अफ बुटवल मणी उजेशको आयोजनामा सो शिविर सम्पन्न भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ७ हिलपार्कमा भएको निःशुल्क स्वास्थ्य शिविरमा पुगेका १७ जना विरामीले एक वर्षका लागि स्वास्थ्य परीक्षणमा छुट पाउने भएका छन् । दिपनगर हिलपार्कमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका ३५० जना मध्येका शिविरमा सहभागी भएका विपन्न तथा गरिव परिवारका सदस्यमध्ये १७ जनाले एक वर्षसम्मको सम्पूर्ण स्वास्थ्य परीक्षणमा शत प्रतिशत छुट पाउने भएका हुन् ।

बुटवल–७ का वडाबासीहरुको मुटु, पिसाव, दाँत, मधुमेह, ब्लड प्रेसर लगायतका रोग सम्वन्धी परीक्षण गरी औषधी वितरण गरिएको लायन्स क्लब अफ बुटवल मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माले जानकारी दिइन् । आगामी दिनमा समेत नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गरी थप सहजताका साथ निःशुल्क शिविर सञ्चालन गर्ने उनले बताइन् ।

सोमबार हिलपार्कमा भएको शिविरमा स्वास्थ्य परीक्षण गराएको ओपिडि कार्डका आधारमा १७ जनाले शत प्रतिशत र अन्यले २० प्रतिशत छुट पाउने भएका हन् । शिविरमा वडा नं. ७ का ३५० भन्दा बढीले मुटु, पिसाव, दाँत, मधुमेह, ब्लड प्रेसर लगायतको परीक्षण गराएका थिए । शिविरको उदघाटन गर्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले समय समयमा विभिन्न स्थानमा गरिने निःशुल्क स्वास्थ्य शिविरले सबै वर्गका ब्यक्तिले स्वास्थ्य सेवा पाउने भएकाले आयोजकलाई धन्यवाद दिए । उनले स्वास्थ्यसेवालाई नगरका सबै नागरिकमा पुर्याउने अभियानमा लायन्स क्लवले सहयोग गरेको उल्लेख गर्दै भविष्यमा गरिने स्वास्थ्य सम्वन्धी गतिविधिमा सहकार्य गर्ने बताए । शिविरमा बुटवल ७ का वडाध्यक्ष पदम राज गाहा, लायन्सका फष्ट भिडिजी पुरुषोत्तम प्रधानाङ्ग, लियो क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष दर्पण घिमिरे लगायतले आआफ्ना भनाई राखेका थिए । निःशुल्क औषधी समेत वितरण गरिएको शिविरमा कार्डियोलोजिष्ट डा. अर्जुन बुढाथोकी, युरोलोजिष्ट डा. प्रेमराज सिग्देल, डेन्टिष्ट डा. शंकर वज्राचार्य लगायतले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा औषधी वितरण तथा प्राविधिक सहयोग बुटवलको विजया फार्माले गरेको थियो भने शिविरमा विरामीका लागि एक वर्षसम्मको स्वास्थ्य छुटको ब्यवस्था पनि विजया फार्माले नै गरेको कार्यक्रम संयोजक संजीवना आचार्यले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?