ट्रेंडिंग:

>> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

लुम्बिनी प्रदेशसभाद्वारा कार्यव्यवस्था परामर्श समिति गठन

२० माघ २०७९, शुक्रबार
२० माघ २०७९, शुक्रबार

बुटवल, २० माघ ।

कार्यव्यवस्था परामर्श समिति बनाएर शुक्रबारको लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ। प्रदेश सभाको आजको दोस्रो बैठकले १३ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको हो।

सभामुख तुलाराम घर्तीले सम्बन्धित दलको सिफारिसमा तुल्सी चौधरी, रत्नबहादुर खत्री, बसिउद्धिन खाँ, जन्मजय तिमिल्सिना, इन्द्रजित थारु, मिनाकुमारी श्रेष्ठ, राजकुमार चौधरी, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेलाई कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनयन गरेको जानकारी प्रदेश सभामा गराएका थिए।

प्रदेश सभाले त्यसलाई अनुमोदन गरेको थियो।कार्यव्यवस्था परामर्श समितिमा सभामुख पदेन अध्यक्ष रहने छन्। त्यस्तै उपसभामुख र प्रदेश सभा मामिला मन्त्री पदेन सदस्य हुने छन्।
प्रदेश सभा बैठकमा पेश हुने विषयहरुको प्राथमिकता तथा समयावधी निर्धारण गर्न र सभामुखले आवश्यक ठानेको बेला परामर्श दिन कार्यव्यवस्था परामर्श समिति गठन गरिएको हो।

कार्यव्यवस्था समिति सदस्यहरुको अनुमोदनपछि सभामुख घर्तीले मिति नतोकी पाँचौ बैठक समापन गरेका थिए।

‘पहिलो अधिवेशनको छैटौं बैठक सूचनापत्रद्वारा जानकारी गराउने गरि आजको बैठक सम्पन्न हुन्छ’ समापन गर्दै उनले भने।

माघ ५ गते मुख्यमन्त्री लिला गिरिले विश्वासको मत लिएको १५ दिनपछि शुक्रबार पाँँचौ बैठक बसेको हो। अघिल्लो पटक पनि समय नतोकी बैठक समापन गरिएकोमा सूचना टाँसेर पाँचौ बैठक बोलाइएको थियो।

आजको बैठकमा मुख्यमन्त्री लिला गिरिले महालेखा परिक्षक कार्यालयको प्रतिवेदन प्रदेश सभामा प्रस्तुत गरेका थिए।

बैठकमा विशेष समय अन्तर्गत प्रदेश सभा सदस्यहरुले बोल्ने क्रम डेढ घण्टासम्म चलेको थियो। विशेष समयमा सांसदहरुले विभिन्न विषयमा आ आफ्ना धारणा र गुनासो राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

यसअघि आजको पहिलो बैठक नागरिक उन्मुक्ति पार्टीका सांसदको विरोधका कारण स्थगित भएको थियो। प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्तीले विरोध जनाएका थिए।

बैठक सुरु हुने बित्तिकै नागरिक उन्मुक्तिका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए। त्यसपछि सभामुखले दलका नेता धर्म चौधरीलाई बोल्न समय दिए।

चौधरीले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै सरकार कसले चलाइरहेको छ भन्दै प्रश्न गरे। उनले थारुहरुलाई फेरि जेलमा कोच्ने काम भएको उल्लेख गरे।

बैठक अवरुद्ध गर्ने बताएपछि सभामुख घर्तीले विशेष छलफलको लागि भन्दै १५ मिनेटको लागि बैठक स्थगित गरेका थिए। स्थगित भएको केही बेरपछि दोस्रो बैठक सुरु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?