ट्रेंडिंग:

>> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

देवदह माविको ३९औं वार्षिकोत्सव : छिट्टै नमूना विद्यालय बनाउने प्रतिवद्धता

१९ माघ २०७९, बिहीबार
१९ माघ २०७९, बिहीबार

देवदह, १९ माघ ।   देवदह माविले ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले शिक्षा नै समाज विकासको पहिलो आधार भएकाले नगरपालिकाले शिक्षा क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले शिक्षालाई छुट्टाइने वजेट बढाएर २० प्रतिशत बनाइएको बताउंदै विद्यालय व्यवस्थापन समितिले अघि सारेका योजना र कार्यक्रम कार्यान्वयनमा नगरपालिकाले यथासम्भव सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले अझै पनि छोरा र छोरीलाई दिइने शिक्षामा विभेद रहेकाले त्यसलाई हटाउंदै जानुपर्ने बताइन् ।

विद्यालय विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुरज खरेललले केही बर्षमै विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार गर्ने बताए । विद्यालयको स्वामित्वमा रहेको ११ बिघा जग्गाको गुरुयोजना बनाएर भविष्यमा नगरपालिकाकै नमुना विद्यालय बनाउने गरी आफूले मेहनत गरेको अधयक्ष खरेलले बताए । विद्यार्थीलाई दिवा खाजाका लागि दिइने १५ रुपैयाँ ज्यादै कम भएकोले बढाउन, टिनको छानामा फल्ससिलिङ राख्न, शान्ति सुरक्षाको लागि सिसिटिभी क्यामेरा जडान गर्नमा नगरपालिकाले सहयोग गर्नुपर्ने अध्यक्ष खरेलले माग गरे ।

कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वार्टरका पृतनपति यम ढकाल, नगरपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल,नगर शिक्षा अधिकारी टिकाराम शर्मा,देवदह आदर्श क्याम्पसका प्रमुख मित्रलाल शर्मा,एमाले जिल्ला सदस्य प्रकाश अर्याल,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष उमाकान्त अधिकारी, पुर्व प्रधानाध्यापक लिलाधर पाण्डे, शिक्षिका इन्दिरा अर्याल,शिक्षक हरि पाण्डे, टिका अधिकारी लगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।

सो अवसरमा उत्कृष्ट शिक्षक शिव पौडेल र दुर्गा पन्थी तथा कर्मचारी रामु गैरेलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?