ट्रेंडिंग:

>> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

शहरीकरण दिवस र हामी शहरबासी

१४ कार्तिक २०७५, बुधबार
१४ कार्तिक २०७५, बुधबार

 

बसन्त पोखरेल
आज विश्व शहरीकरण दिवस हो । आफू पनि शहरबासी भएकोले यो विषयमा दिवसको अवसरमा केही लेख्नु अन्यथा नहोला । शहरको परिभाषा खोई कसरी लगाइएको छ त्यो त थाहा भएन । तर, विश्वका कतिपय शहरहरूमा एउटा लामखुट्टे पनि पाइँदैन भन्ने सुनिएको छ । ठूला शहरमा मानिसहरू बाटो काट्दा पुलमाथिबाट हिँड्छन् वा बाटोको मुनीबाट बनेको पुलबाट बाटो पार गर्छन् । मानिस हिँड्नको लागि अलग्गै सुन्दर फुटपाथ हुन्छ । फराकिला बाटामा गाडीहरूमात्र गुड्छन् । अत्यन्तै अनुशासित यात्रा हुन्छ । त्यहाँ गाई भैँसी बाटोमा बस्दैनन् । ठेलावालाले बाटो ढाक्ने गरि ब्यापार गर्न पाउँदैन । कसैले बाटोको किनारामा गाडी उभ्याउँदैन । पसलहरू जहाँतहिँ खोलिएको हुँदैन । होटेलहरूमा माखाको अनुहार कस्तो हुन्छ देख्न पाइँदैन । उज्यालोको यति प्रबन्ध छ कि रात के हो दिन के हो फरक छुट्टाउन सकिँदैन । कसैले कुकुरलाई डोराउँदै बाटोमा आची गराउँदैन । गाई पाल्नेले दुध दुहेर बाटोतर्फ लखेट्दैन । शहरमा ठूला गाडीहरूलाई पस्नको लागि निश्चित समय छुट्टाइएको हुन्छ । गाडी अनुसारका बाटा वा बाटा अनुसारका गाडी प्रबेश गराउनु पर्छ । सडकमा जे पायो त्यो किन्यो खायो र बोक्रा छरपष्ट पार्ने, प्लाष्टिकका कागज बाटोमा फाल्ने गर्न पाइँदैन । विभिन्न ठाउँमा राखिएका कण्टेनरमा थन्काउनु पर्छ । बाटोमा कतै सानो पिच उप्केको छ भने तुरुन्तै टाल्ने गरिन्छ । नालीहरू पनि सफा हुन्छन् । बाटोको दुबैतिर हरियाली कायम गरिएको हुन्छ ।
सभ्य शहरमा घरहरूको कुरा गर्दा कसैका दशतले र त्यसको साँधमा एकतले वा झिँगटी खरले छाएको घर हुँदैन । सबै घरको एउटै साइज हुन्छ । नाम र नम्बरलेमात्र घरहरू छुट्टाइन्छ । हरेक घरमा भित्र फराकिलो ग्यारेज हुन्छ । कसैले पनि बिक्रीका सामानहरू ढोका बाहिर फैलाउन पाउँदैन । पेटीमा राख्न पाउँदैन । छानाबाट सडकमा पानी खसाल्न पाइँदैन । बर्षाको पानी पनि पाइपको माध्यमबाट नालीमा पुराउनु पर्छ । छतबाट बाटोतर्फ पाइप तेर्छाएर खसाल्ने गरी घरको निर्माण नै गर्न पाइँदैन । कुनै मानिस दुकानमा छैन भने पनि त्यहाँ चोरी चकारी हुँदैन । सडक, गल्ली, पसलहरू सबै ठाउँमा देखिने गरी सीसीटीभी क्यामेरा जडान गरिएको हुन्छ । ठाउँ ठाउँमा सार्वजनिक शौचालयहरू बनाइएका हुन्छन् । सफाइको लागि पानीको मात्रा पख्छ्याल्तै हुने हुँदा कसैले नाक थुन्नु पर्दैन । ठाउँठाउँमा नक्सा राखिने हुँदा यात्रुलाई कहाँ जाँदैछु भनेर समस्या पर्दैन । भित्ता, विद्युतका पोल, प्रतिक्षालयहरूमा कुनै स्कूलले भर्ना खुल्यो वा निजी अस्पतालले विभिन्न रोगहरू निको हुने स्थान वा कुनै राजनैतिक पार्टीहरूले चुनावको पर्चा टाँस्दैन । पसलेहरूले कोठा बढारेर बाटोमा मिल्काउँदैन ।
अर्को कुरा जहाँतहिँ टायर बालेर सडक अबरुद्ध गर्न पाइँदैन । सडकमा नाराजुलुस गर्न पाइँदैन । गाडीहरूले टेँ टेँ र पोँ पोँ पार्दै हर्न बजाउन पाइँदैन । जहाँतहिँ घच्याक र घुचुक गाडी रोकेर यात्रुलाई चढाउने र ओराल्ने गर्न पाइँदैन । गाडी रोक्नको लागि निश्चित स्थान बनाइएको छ । घुम्न, बस्नको लागि पार्कहरू बनाइएका छन् । पिकनिक खानको लागि स्थान छुट्टाइएको छ । कुनै फोहर गर्न पाइँदैन । आफूले गरेको फोहर आफै उठाएर निश्चित ठाउँमा फाल्नुपर्छ । अर्को घर वा कोठामा डिष्टर्व हुनेगरी चर्को आवाज गरेर संगीत सुन्न पनि पाइँदैन । चर्को आवाजमा मुखले बोल्दा पनि कतै कालो सुचीमा परिन्छ कि भनेर सोँच्नुपर्छ । यस्ता कति नियम, अनुशासन छन् छन् यहाँ लेख्नुभन्दा पनि महशुस गर्नुपर्ने विषय हो ।
अब नेपालका शहरको कुरा गरौँ । हामीले भन्ने गरेका शहरहरू काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, पोखरा, विराटनगर, बिरगञ्ज, बुटवल, नारायणगढ, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी, सुर्खेत, हेटौँडा, इलाम, सुनसरी, धरान, घोराही, तुलसीपुर भैरहवा यिनै मुख्य हुन् । यिनी शहर नै हाम्रा आकर्षणका केन्द्रहरू हुन् । नेपालका ब्यापारिक केन्द्रहरू, औद्योगिक नगरी, पर्यटन नगरी, शैक्षिक नगरी, स्वास्थ्य केन्द्र सबै कुराले यिनी शहरहरू सुसज्जित भएको मानिन्छ । मानिसको चाप पनि यस्तै शहरहरूमा बढिरहेको छ । धमाधम महलहरू ठडिइरहेका छन् । मानिसहरू कामकाजमा ब्यस्त छन् । कसैलाई कसैसँग बोल्ने फुर्सद छैन । कसैले कसैको कुरा सुन्ने फुर्सद छैन । शहरबासीको यो नियमितता हो । गाउँका जग्गाजमीन मासेर वा छाडेर मानिस शहर हुलिएको छ । कारोबार गरेको छ । नाफा आर्जन गरेको छ । रोजीरोटी कमाउनको लागि पनि मानिसलाई शहरमै धाउनु पर्छ । शहरमा बाहिरबाट आएका कति मानिस अटाएका छन् भन्ने कुरा दशैँको बेलामा हुने शहरको सुनसानले पनि देखाएकै हुन्छ । तिनै मानिसमध्येमा म पनि एकजना पर्छु ।
अब मेरो शहरीकरणको कथा लेख्दैछु । म बुटवल नगरपालिका हुँदै बुटवल उप महानगरपालिकाको स्थायी बासिन्दा हुँ । सुकुम्बासी घडेरी किनेर मालपोत कार्यालयबाट लालपूर्जा प्राप्त गरेको छु । शुरुमा आउँदा यहाँ खानेपानीको धारा नहुँदा कुलोको पानी पनि खानुप¥यो । मेरो घरसम्म जानको लागि अहिले पनि बर्षामा जुत्ता खोलेर हिँड्नुपर्छ । अघिपछि धुलोको सामना गर्नुपर्छ । फोहरको कुरा गर्दा यहाँका थुप्रै कच्ची घरमा बस्ने बासिन्दाले हातमा लोटा लिएर बिहानै उठेर खोलामा गई पेट हलुका बनाउनु पथ्र्यो । सडकलाई नक्सांकन र ग्राभेलिंग गर्नको लागि ठूलो सार्स लगाएर नगरपालिकाको ७० र उपभोक्ताको ३० प्रतिशत लगानी गरिएको हो । बिद्युत, खानेपानी जोड्नका लागि हत्तुहैरान भइयो । पानीको पाइप विछाउनको लागि उपभोक्ताले आफै पाइप किनेर नाली खनेर जोड्ने र पुर्ने गर्नुपरेको थियो । यहाँका अधिकांश सडक जग्गा दलाली गर्नेले पिच गरिदिएका छन् । नगरपालिका वा सडक विभागसँग सहयोग लिन मन्त्री, मन्त्रलयका सचिव नै हुनुपर्छ । सांसदको पनि दाल गल्दैन । गलेन । कतै पिच गरेको थियो भन्ने त छाप छ भने त्यहाँ खाल्डा परेर हिँडि नसक्नु छ । कतै नाली बनेको छ तर, पिच गरिएको छैन । सडक अतिक्रमण गरिनु यहाँ सामान्य जस्तो छ । पैदल हिँड्ने फुटपाथ कस्तो हुन्छ भन्ने देख्न पाइँदैन ।
घरको हुलिया हेर्ने हो भने कसैको एक हात अगाडि छ कसैको एक हात पछाडि छ । घरमा एकरूपता छैन । बीच सडकमा गाई गोरु आरामसँग बसेका हुन्छन् । बाटो क्रस गर्न कतिबेला गाडी रोक्लान् र गरौँला भनेर उभिनुपर्ने वाध्यता छ । पानी कतिबेला आएको आयै हुन्छ कतिबेला एक सातासम्म बन्द हुन्छ । बर्षामा बीच बाटोमा पाइपबाट पानी खसालिएको हुन्छ । चोकचोकमा नगरपालिकाका कण्टेनर राखिएका हुन्छन् । तर, गाईगोरुले फोहर छिर्तेर बाटैभरी बनाएको देखिन्छ । गन्हाएर नाक छोप्नुपर्छ । कतिपय बनेका फुटपाथहरू ब्यापारीका माल सामान राख्ने स्थान बनाइएका छन् । सडकहरू गाडीवालाका पार्किंग स्थल बनेका छन् । कुकुर पाल्न शौक राख्ने तर, आचि गराउन बाटोमा नै ल्याउने अनौठो चलन छ । गाई पालेर दुध खान मन लाग्ने, तर, गोठ नबनाई सडकमै छाड्ने गरिन्छ । बाटोभरी प्लाष्टिकका पोका भेटिन्छन् । छतबाट वा, झ्यालबाट तरकारीका छिल्का, मानवमुत्र आदि सडकमै मिल्काइन्छ । होटेलमा खाना त बन्छ तर, बस्तुभन्दा माखाको संख्या दोब्बर हुन्छ । नालीमा हिलो कुहिएर नजिक जान सकिँदैन । लामखुट्टेको यस्तो बिग्बिगी छ कि रातमामात्र हैन दिनमै टोकाइ खानुपर्छ । हाम्रो शहरीकरण यसरी विकास भएको छ । त्यसै शहरको एउटा बासिन्दा म हुँ र मजस्ता सबै बासिन्दा यस्तै शहरमा सभ्य नागरिक कहलिएर बस्दै आएका छौँ । कर त तिरिएको छ । तर, कर्मचारीलाई तलब ख्वाउनको लागि मात्र । काम गर्नको लागि, जनताका समस्या बुझ्नको लागि हैन । विकास निर्माणको कुरा त निकै परको विषय भएको छ । तै पनि मैले आफूलाई भन्नै पर्छ म बुटवल शहरको एकजना सभ्य र सुविधासम्पन्न बासिन्दा हुँ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?