ट्रेंडिंग:

>> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

स्वास्थ्य वीमामा जिल्लामै पहिलो बन्यो देवदह नगरपालिका

१२ माघ २०७९, बिहीबार
१२ माघ २०७९, बिहीबार

बुटवल,१२ माघ । देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य वीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य वीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै वीमा वापत पाइने निःशुल्क उपचार,ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो ।
नगर प्रमुख ध्रुव खरेल सहितको टोली बिहीबार काठमाडौंस्थित वीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य वीमा ऐन २०७४,स्वास्थ्य वीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तह मध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य वीमा गर्ने देवदह पहिलो स्थानीय तह हो ।
नगरपालिकाले गत असोज १० गते १० शैयाको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो ।
सम्झौता भएपछि अब बोर्डले अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रमका विषयमा जानकारी गराउने, कार्यक्रम सञ्चालनको लागि आवश्यक जनशक्तिलाई बीमा व्यवस्थापन सूचना प्रणाली, दावी भुक्तानी तथा उपचार खर्च दररेटका बारेमा जानकारी गराएपछि फागुन १ गतेदेखि स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनमा आउने नगर प्रमुख खरेलले बताए ।
वीमा कार्यक्रम लागु भएपछि नगरवासीले नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र ११ सय ३३ थरिका औषधि निःशुल्क पाउने छन् । यसवाहेक नगर अस्पतालमा उपलब्ध नभएका सिटि स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ ।
नगर अस्पतालले बीमितको क्रियाशील अवधिभित्र नियमावलीमा उल्लेख भए बमोजिमको सुविधा थैली अन्तर्गतका सेवा प्रदान गर्नुपर्ने, उपचार सेवा दिँदा राष्ट्रिय उपचार संहिता ( प्रोटोकल) को अनुसरण गर्नु पर्ने,दावी भुक्तानी बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत गर्नु पर्ने लगायतका नियम पालना गर्नुपर्नेछ । सम्झौताको अबधि पाँच वर्षको हुनेछ ।
५ वर्षभित्र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य उपचार सहजरुपमा उपलब्ध गराउनसबै नगरबासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको नगर प्रमुख खरेलले बताए । स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगर प्रमुखले घोषणा गरेका छन् ।
स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु हुंदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने बताए ।
नगर अस्पतालमा नगरपालिकाको स्रोतबाट ३ जना र सरकारी दरबन्दीका एकजना गरी ४ जना एमबीबीएस डाक्टर, ५ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियन कार्यरत छन् । अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?