ट्रेंडिंग:

>> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई

सकियो दशैँ आउँदै तिहार

८ कार्तिक २०७५, बिहीबार
८ कार्तिक २०७५, बिहीबार

दिल साहनी
दशैँ आयो तिहार आयो भन्ने शब्द चारैतिर ध्वनित भएको हामी सुन्दछौँ । दशैँ होइन दशा भनेको कुरा पनि हाम्रा कर्णकुँहरमा गुञ्जिन पुग्दछ । आजभोलि मान्छेहरूले तपाइँको दशैँ तिहार छ कि छैन भनेर सोधेको पनि पाइन्छ । तपाइँको दशैँ तिहार छ कि छैन भन्ने शब्द म पहिला पहिला सुन्दिनथेँ । शायद यो नयाँ बिचारको अभिव्यक्ति हो । नयाँ संस्कारको कुरा हो । नयाँ संस्कृति र सभ्यताको कुरा हो । तपाइँको दशैँ तिहार छ कि छैन भन्ने सोध्ने मान्छेले साथसाथै हाम्रो दशैँ तिहार छ वा छैन भन्ने कुरा पनि जनाउँछन् । घरमा वा आफ्नो नजिकको मान्छेको मृत्यु भयो भने त्यो बर्ष दशैँ हुँदैन । तिहार हुँदैन । छठ हुँदैन । कति मान्छेले कतै न कतै कसैको मृत्यु भएको हुनाले बर्षाैं बर्षसम्म पनि दशैँ वा तिहार नमानेका हुन सक्दछन् । बर्षौं बर्षसम्म उनीहरूको दशैं नभएको हुन सक्दछ । तिहार वा छठ नभएको हुन सक्दछ । यसरी हरेक बर्ष दशैँ तिहार आए पनि कसैको दशैँ हुन्छ । कसैको दशैँ हुन्न । यसैले कसैकोनिम्ति दशैँ तिहार निकै रमाइलो समय भए पनि कसैकोनिम्ति पीडाको विषय पनि बन्दछ । यो बर्ष पनि दशैँमा धेरै मानिसलाई यस्तै भएको हुनुपर्छ ।
दशैँ तिहार हिन्दुहरूको महान चाड मानिन्छ । तर पनि हिन्दुहरूले दशैँलाई समान महत्व दिएको पाइन्न । जस्तै मारवाडीहरू दशैँलाई दिपावली भन्छन् । उनीहरू दशैँलाईभन्दा बढी महत्व तिहारलाई दिन्छन् । दिपावलीमा लक्ष्मीको पुजा गरिन्छ । मारवाडीहरू बढी पैसालाई महत्व दिने भएकोले पनि होला दशैँलाईभन्दा बढी महत्व दीपावलीलाई दिन्छन् । मारवाडीहरू दशैँ त मान्छन्, तर जाँगर नलागी नलागी मान्दछन् । युपी बिहारतिरका मान्छेहरूले दशैँ तिहारलाई भन्दा होलीलाई बढी महत्व दिन्छन् । दशैँ तिहार उनीहरूले मनाउँदै नमनाउने त होइन, तर त्यति धेरै महत्व दिँदैनन् । आसाममा आसामीहरू पनि दशैँ मनाउँछन् । आसामी र बंगालीहरू दशैँलाई दुर्गा पूजा भन्दछन् । दुर्गा पूजालाई जति बंगालीले महत्व दिन्छन् त्यति महत्व आसामीले दिँदैनन् । हाम्रो देशमा थारुहरूको लागि जति महत्व माघीको हुन्छ त्यति महत्व दशैँको हुन्न । आसाम मेघालयतिर दुर्गा पूजालाई नेपाली र बंगालीहरूको चाड पर्व भनिन्छ । हुन पनि हिन्दुहरूमा नेपाली र बंगालीले जति महत्व दिएर दशैँ वा दुर्गा पूजा मनाउँछन् त्यति अरू कुनै हिन्दुहरूले मनाउँदैनन् । नेपाली र बंगालीहरूको दशैँ वा दुर्गा पूजामा के अन्तर छ भने नेपालीहरूले बलि दिएर दशैँ मनाउँछन् । बंगालीहरूले बलि नदिएर ।
अर्को कुरा दशैँ वा दुर्गा पूजा सबै हिन्दुहरूले एकै तरिकाले मनाउँदैनन् । नेपालीहरूको दशैँ र बंगालीहरूको दुर्गा पूजामा धेरै अन्तर छ । यद्यपि नेपालीहरूको दशैँमा बंगालीहरूको दुर्गा पूजाको प्रभाव बढ्दै गइरहेको छ । नेपाली दशैँले आफ्नो मौलिकता दिन प्रतिदिन गुमाउँदै गइरहेको छ । हामी नेपालीहरूले दशंैँमा कोटमा बलि दिने गर्दछौँ । मौलो गाडेका हुन्छौँ । कोटमा मौलोमा पाठा र राँगाको बलि दिइन्छ । तर बंगालीहरू कोटमा होइन कुनै सार्वजनिक ठाउँमा पण्डाल बनाएर दुर्गाको मूर्ति स्थापना गर्दछन् । दुर्गाको आधुनिक ड्रेसमा सजिएको मूर्ति स्थापना गरिन्छ । मान्छेहरू आफ्नो पण्डालमा आकर्षकभन्दा आकर्षक दुर्गाको मूर्ति स्थापना गरेर भक्तजनका भीड बटुल्ने लक्ष्य राख्दछन् । कसैले सबभन्दा आकर्षक मूर्ति राख्ने भन्ने विषयमा होडबाजी नै चलेको हुन्छ । दुर्गा पूजाको बेलामा दुर्गाको मूर्तिको ठूलो कारोबार चल्दछ । मूर्तिकारले पैसा सोहोर्ने बेला नै यही हो । मानो खाएर मुरी उब्जाउने बेला नै यही हो । आजभोलि हामी नेपालीले पनि बंगाली वा अन्य भारतीय हिन्दुहरूको देखासिकी गरी दुर्गा पूजाको बेलामा आकर्षकभन्दा आकर्षक दुर्गाको प्रतीमा स्थापना गरेर दुर्गा पूजा अर्थात दशैँ मनाउने गर्दछौँ । फेरि दुर्गाको मूर्ति हामी नेपालीले आफै बनाउँदैनौँ । भारतबाट आयत गर्दछौँ । दुर्गाको मूर्ति जति सुन्दर र भव्य भए पनि दशमीको दिनमा खोलामा लगेर फाल्ने नै हो । सेलाउने नै हो । त्यससलाई शिष्ट भाषामा विसर्जन गर्ने नै हो । यही बिन्दुबाट बंगाली लगायत भारतीय हिन्दुहरू दशैँ समाप्त हुन्छ । दुर्गा पूजा समाप्त हुन्छ । हाम्रो भने दुर्गाको प्रतिमाको विसर्जन गर्ने दिनमा नै खास दशैं पर्दछ । त्यही दिनमा हामीहरू मान्यजनका हातबाट दशैँको टिका थाप्दछौँ र आशीर्वाद ग्रहण गर्दछौँ । केटाकेटीहरू टिका थाप्न त रमाइलो नै मान्दछन् त्योभन्दा बढी रमाइलो मान्दछन् दक्षिणा ग्रहण गर्नमा । पैसा प्राप्त गर्नमा । केटाकेटीहरूको खास उद्देश्य बढीभन्दा बढी पैसा जम्मा गर्ने नै हुन्छ ।
निधारमा राता अछेता नलगाई दशैँ आएको कुनै अर्थ रहन्न । तर दशैँका बेलामा निधारमा राता अछेता लगाउने प्रचलन नेपाली बाहेकका अरू हिन्दु सम्प्रदयमा पाइन्न । वास्तवमा निधारमा टिका लगाउने दिनलाई नै नेपाली हिन्दुहरू खास दशैँ मान्दछन् । दशैँ भन्नासाथ हामी निधारमा टिका लगाएको चित्र सम्झिने गर्दछौँ । आजभोलि कति जनजाति हामीहरू हिन्दु होइनौँ हामी दशैँ मान्दैनौँ भन्न थालेका छन् । वास्तवमा खस राजाहरू पनि पहिलो हिन्दु थिएनन् । बौद्धमार्गी थिए । इतिहास त्यही भन्छ । पछि उनीहरूले हिन्दु धर्म ग्रहण गरेका हुन् । शुरुमा खसहरू मस्टोपूजक थिए । मष्टो पूजाको इतिहास इरान इराकमा पाइन्छ । दशैँको बेलामा निधारमा राता अछेता लगाउने प्रचलन विश्वमा कतै पनि छैन । दशैँको बेलामा मात्र होइन, अरू बेला पनि निधारमा राता अछेता लगाउने प्रचलन हाम्रो नेपाली समाजमा छ । खासगरी पहाडी नेपाली समाजमा । पहाडी नेपाली समाजमा अछेताको ठूलो महत्व छ । उनीहरूलाई अछेताको लागि पनि अलिकति खेत चाहिन्छ । बारीमा धान नलगाउने हुनाले खेत नै चाहिन्छ । अछेताको लागि भए पनि खेतको सुर्को नहुने मान्छेलाई अत्यन्त गरीब मानिन्छ पाखो बारी जति भए पनि ।
पहाडी समाजको मुख्य खाद्य पदार्थ धान होइन । कोदो र मकै हो । हिमाली क्षेत्रको भने जौ फापर र उवा हो । यद्यपि पहाडी समाजमा धानको ठूलो महत्व छ । धान नकुटी वा चामल नभई न कुनै चाड पर्व मनाउन सकिन्छ, न पाउनापाछालाई उम्काउन सकिन्छ । पूजा आजा गर्दा टपरी र दुनामा चामल नै राखिन्छ । टपरी र दुनामा कोदो र मकै यहाँसम्म कि गहुँका दाना राखेर कुनै पूजा आजा गरेको मैले देखेको सुनेको छैन । शायद देउताहरू पनि कोदो र मकै पचाउन सक्दैनन् । तर आजभोलि तराइमा बस्ने पहाडी नेपालीहरूको लागि कोदो मकै अमृत बनेको छ भने चामल र यहाँसम्म कि तिहुन तरकारीको राजा आलू भालूभन्दा खतरनाक खाद्य पदार्थ । जे होस्, कुरा धान चामलको चल्दै थियो । (उसरी धान चामल भन्दा मकैले धान चामले छोडेको कुरा पनि बुझिन्छ) अछेताको कुरा गर्दा म शिलाङको सम्झना गर्दछु । शिलाङमा दशैंका बेलामा नेपालीहरूले निधारभरि अछेता लगाएको त्यहाँका आदिवासी जनजाति खासीहरू मजाककै रूपमा भए पनि टिका टिप्पणी गर्ने गर्दथे । हामीहरूलाई खानको लागि चामल छैन । तिमी नेपालीहरू निधारमा चामल टाँसेर हिंड्दछौ । हुन पनि संसारभरिकै नेपालीहरूले निधारमा चामल अछेताको रूपमा लगाउँदा लाखौं टन चामल खर्च हुँदो हो ।
जे होस् दशैँको बेलामा वा अन्य बेला पनि निधारमा राता अछेता लगाउने कुृरा शुभ संकेत हो । राम्रो कुरा हो । यद्यपि निधारमा सेता अछेता लगाउने कुरा भने शुभ लक्षणको कुरो होइन । फेरि पनि शुभ कार्य हुँदा सेता अछेतालाई पनि शुभ कार्यकै कुरा मानिन्छ । यो कुरा आफ्नो ठाउँमा छँदै छ । छोराहरू लाहुर जाँदा निधारमा राता अछेता लगाइदिने हामी नेपाली खास गरी पहाडी नेपालीहरूको प्रचलन हो । तर आजभोलि छोरीहरू पनि लाहुर जान्छन् । बाबु आमाहरू उनीहरूका निधारमा पनि राता अछेता लगाउँदै आशीर्वाद दिन्छन् । पहिला पहिला लाहुरे हुने छोरा मात्र हुन्थे भने माओवादीको जनयुद्ध पछि छोरीलाई पनि लाहुरे बनाउन थालिएको छ । पल्टनमा भर्ती गर्न थालिएको छ । महाभारतमा पनि महिलाहरू युद्ध लड्न कृुरुक्षेत्रमा गएनन् । माओवादी जनयुद्धले व्यापक रूपमा महिलाहरू जनमुक्ति सेनामा भर्ती गरेपछि विदेशी पल्टनले पनि नेपाली चेलीहरूको लागि भर्ती खोलेको छ । हो, पहिले हामी बर्तमान पाकिस्तानको लाहोर शहरमा जाने मान्छेलाई लाहुरे भन्दथ्यौं । भनिन्छ लाहुरे शब्दको जन्म पाकिस्तानमा पर्ने लाहोर शहरबाट भएको हो । तर अहिले अमेरिका अस्ट्रेलियादेखि माल्टा जाने युवा युवतीलाई लाहुरे भनिन्छ । लाहुर जाने भनिन्छ । यसरी हेर्दा हरेक दिन लाखौं नेपाली लाहुर जान्छन् । तर दशैंको बेला भनेको लाहुर जाने बेला होइन । लाहुर गएको भए पनि लाहुरबाट घर फर्किने बेला हो । निधारभरि राता अछेता लगाउँदै बाबु आमा र मान्यजनका हातबाट टिका लगाई आशीर्वाद लिने बेला हो । यत्ति हो हिजो आमा बाबुले लाहुरे भएस्, सुबदार, जमदार भएस् भनेर आशीर्वाद दिन्थे भने आजभोलि डिभी परोस्, डलर कमाएस् भन्ने आशीर्वाद दिन्छन् । सबै कुरा जमानाअनुसार हुन्छ भनेकै यही हो ।
हुनत मान्छेहरू कुनै पनि चाडपर्वको नाल नातो धर्मशास्त्रसित जोड्न पुग्दछन् । त्यसको पृष्ठभुमि हिन्दु माइथोलोजीसित जोड्न पुग्दछन् । भलै हिन्दु माइथोलोजीसित हिन्दु वा नेपाली चाड पर्वसित हाम्रो गोरु बेचेको पनि साइनो किन नहोस्, दशैँको कुरा पनि यस्तै हो । कसैले दशैँलाई रामले रावणमाथि विजय प्राप्त गरेको दिनमा अर्थमा व्याख्या र विश्लेषण गर्दछन् । कसैले फेरि कसैले दुर्गा देवीले महिषाशुर राक्षसलाई बध गरेको अर्थमा बुझ्दछन् । व्याख्या विश्लेषण गरेका छन् । यी सबै माइथोलोजिकल पात्र पात्रा हुन् । पौराणिक पात्र पात्रा हुन् । चाड पर्वलाई धर्मसित जोडे पनि यसको सामाजिक महत्व हुन्छ । जस्तो कि दशैँको बेलामा शहर बजारभन्दा गाउँ रमाइलो हुन्छ । शहरमा बस्ने मान्छेहरू गाउँतिर लाग्दछन् । फेरि विदेशमा भएका नेपालीहरू नेपाल फर्किन्छन् । दशैँले उनीहरूलाई तान्दछ । उसरी उनीहरू विदेशमा बसे पनि दशैँ तिहार मनाएर आफ्नो पहिचान र संस्कृतिलाई जोगाउने प्रयास गर्दछन् । वास्तवमा संस्कृति मान्छेको गहना हो । संस्कृति नभएको मान्छे बुच्चे हुन्छ । नेपालमा दशैँ चियापानीको नाममा राजनीति गर्ने अवसर पनि बनेको छ । गणेशमान सिंहले अन्ततः कांग्रेस पार्टी छोडे पनि पञ्चायतको कालरात्रीको बेला (अहिले पनि कहाँ जुनेली रात छ र ?) मा चियापानीको नाममा राजनीति गर्दथे । अहिले यो बिँडो के पी ओली, माधव नेपाल र प्रचण्डहरूले अनुशरण गरिरहेका छन् ।
पहाडमा दशैं आएको झलक चर्खे पिङ, लुठे पिङ, रोँटे पिङले दिन्छ । छिमेकी राष्ट्रको प्रभाव परेर पनि होला तराइमा दशैँ आएको संकेत पण्डालमा दुर्गाको प्रतिमा स्थापनाले दिने गर्दछ । यसले गर्दा दशैँले आफ्नो मौलिकता गुमाउँदै पनि गइरहेको छ । नेपालीहरूले दशैँ भारतीय हिन्दुहरूलेभन्दा केही फरक तरिकाले मनाउँदछन् । यसले यसमा नेपाली मौलिकता भेटिन्छ । दशैँलाई कुनै धर्म विशेषसँग जोडर हेर्नभन्दा नेपाली समाजको सामाजिक उत्सव वा चाड पर्वको रूपमा रूपमा लिँदा धेरै राम्रो हुन्छ । हो पनि यो त्यही ।
दशैँ आउनासाथ हिँजोदेखि गर्दै आएका सब काम ठप्प हुन्छन् । सिंगो देश नै ठप्प हुन्छ । चहल पहल हुन्छ त छुट्टै प्रकारको । मान्छेहरू उत्सवको मानसिकतामा हुन्छन् । उत्सव नै उनीहरूको मूलमन्त्र बनेको हुन्छ । ऋण काढेर भए पनि राम्रो लगाउने र मीठो खाने दशैंको मूल स्प्रिट हो । शायद त्यही भएर दशैँ धेरैलाई ऋण बोकाएर जान्छ । यो पटक पनि थुप्रैलाई दशैँले ऋण बोकाएको हुनुपर्छ । अब तिहार नजिकिँदै छ । तिहारमा नेपाली समाजमा देउसी भैलो खेलेर बढी रंगीन बनाइन्छ । पहाडतिर त लक्ष्मीपूजाको दिन देखि टीकाको पर्सीपल्टसम्म खेलिन्छ भने ठूली एकादशीका दिनमा पनि खेलिन्छ । यस्तो भैलो अन्यत्र कतै देख्न पाइँदैन । तिहारमा रोटी मिठाई आदि खाद्य परिकार बढी बन्दछन् । यसो भन्नुको अर्थ मासुको परिकार बन्दैन भन्नेचाहिँ हैन । जुवाको हिसाबले तिहार अझ बढी खतरनाक हुन्छ । जुवा खेल्नुलाई धेरैले आफ्नो शान ठान्छन् । जित्नेहरू रमाउँछन् छाती पिटेर हिँड्छन् । हार्नेहरूले टाउको कन्याउँछन् । निन्याउरो मुख लगाएर कुनामा बस्छन् । यस्तै हुन् हाम्रा दशैँ, तिहार पर्वहरू । देशभक्तजनहरूलाई दशैँ तिहार शुभ होस् । देशघातीजनलाई अशुभ होस् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?