ट्रेंडिंग:

>> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली

विद्यालयको गरिमा उचो राख्ने नवनिर्वाचित अध्यक्ष ज्ञवालीको प्रतिवद्धता

२ माघ २०७९, सोमबार
२ माघ २०७९, सोमबार

बुटवल, २ माघ ।

नेपालको सामुदायिक विद्यालयतर्फ शैक्षिक र खेलकुद क्षेत्रमा नमुना पहिचान बनाएको कालिका मानवज्ञान माविको विद्यालय ब्यवस्थापन समितिमा नित्यानन्द ज्ञवालीको अध्यक्षतामा ५ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन भएका छन । विद्यालयको ३ वर्षे कार्यकालको लागि सदस्यहरु ईन्द्रमणी अर्याल, शान्ता गौतम, लक्ष्मी रायमाझी, तेजेन्द्र खनाल अधिवेसनबाट सर्वसम्मत चयन भएका हुन् । यसैगरी विद्यालयका प्रधानाध्यापक सदस्यसचिव, एक जना शिक्षक प्रतिनिधि, वडा प्रतिनिधि समेत रहने प्रावधान रहेको छ । एक जना महिला सदस्य मनोनित हुन बाँकी रहेको उनले बताए ।

भौतिक र शैक्षिक रुपमा देशमै ख्याती कमाएको विद्यालयको गरिमालाई उचो बनाउने चुनौती आफनो काँधमा आएको नवनिर्वाचित अध्यक्ष नित्यानन्द ज्ञवालीले बताए । ‘भौतिक र शैक्षिक विकासमा अझ धेरै काम गर्न बाकी छ’– उनले भने । विद्यालय बीचमा छोड्ने दरलाई कम गर्ने, शिक्षकहरुको वृत्ति विकास गर्ने, समयसापेक्ष प्राविधिक र ब्यावहारिक शिक्षालाई जोड दिने उनले बताए । एसईईतर्फ २०७१, २०७२ र २०७३ मा उत्कृष्ट नतिजा ल्याउँदै नेपाल प्रथम हँुदै राष्ट्रिय ध्वजा ३ पटक जित्न विद्यालय सफल रहेको छ ।

ईन्टरनेशनल स्कुल अवार्ड २०१८ देखि हालसम्म पाउँदै आएको छ । रुपन्देहीमा नै शैक्षिकसंँगै खेलकुद गतिविधिमा समेत राम्रो पहिचान बनाउँदै खेलकुद गतिविधिका साथै विभिन्न विधामा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सफल भएको विद्यालयमा खेलकुद मैदान नहँुदा धेरै कठिनाई भोग्नुपरेको भन्दै यो समस्या समाधानमा पहल गर्ने उनले बताए । योगीकुटीस्थित सामुदायिक वन क्षेत्रमा पर्ने नर्सरी रहेको स्थानलाई खेलमैदानको रुपमा विकास गर्नेतर्फ आवश्यक पहल थालेको उनले बताए ।

यसैगरी साविक मानव ज्ञानको जग्गालाई विद्यालयको नाममा ल्याउने र दर्ता कायमको काम पूरा गर्ने उनले बताए । अन्तर्राष्ट्रिय विद्यालयहरुसँग भाईचारा कायम राख्दै शैक्षिक सहकार्य गर्ने कार्यलाई निरन्तरता दिने उनले बताए । ब्रिटिश काउन्सिलबाट उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएको थियो । वि. सं २०१८ सालमा स्थापना भएको विद्यालयमा २०२९ मा निमावि, २०३२ मा मावि र २०६५ मा कक्षा १२ सम्मको अध्ययापन गरिदै आएको छ । विद्यालयको ३ कार्यकाल होम बहादुर गलामीले सम्हालेका थिए । विद्यालयमा ८ हजार २ सय विद्यार्थीहरु अध्ययरत छन् । विद्यालयमा स्वीकृत दरबन्दी ४६, राहत कोटा ८, प्राविधिक ८ तथा विद्यालय श्रोतबाट २ सय ६२ जना गरी ३ सय २४ जना शिक्षक, कर्मचारीहरुले सेवा दिईरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?