ट्रेंडिंग:

>> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता

समृद्धिको ढोका खुल्ने आशामा १५ औं योजनाको तयारी

२४ आश्विन २०७५, बुधबार
२४ आश्विन २०७५, बुधबार

छवि पाण्डे
मुलुकमा नयाँ संविधान जारी भएसंगै दुई तिहाईको सरकार वनेको छ र त्यसको प्राथमिकता दिगो आर्थिक विकास हासिल गर्ने नै रहेको यसका नेतृत्वकर्ताले बताउने गरेका छन् । यही वीचमा मुलुकले १४ औं योजना समाप्त गर्दै १५ औं योजनाको सुरुवात गर्ने अवस्था छ । १४ औं योजनाको यो अन्तिम वर्ष हो र योजना आयोगले १५ औं योजनामा गर्नुपर्ने कामको फेहरिस्त अहिले तयार पारिरहेको अवस्था छ । नेपालमा योजनाबद्ध विकासको ६ दशक पूरा भएको छ र ती सवै योजनाले गरिवी निवारणलाई नै अहिलेसम्म प्रमुख प्राथमिकता तोक्दै आएको सर्वविदित छ । र, अहिले १४ औं योजनालाई विदाइ गर्दैगर्दा अहिलेसम्म प्राप्त भएका उपलव्धिको समीक्षा गर्ने बेला भएको छ ।
निश्चितरूपमा नेपालमा ६ दशक लामो योजनाबद्ध विकासको श्रृंखला रहेपनि त्यसले विकासको आधारभूत सम्मृद्धि प्राप्त गर्न नसकेको मूल्यांकन हुँदै आएको छ र अहिलेसम्म भएका प्रगतिले पनि तिनै कुरा प्रक्षेपण गरिरहेका छन् । हरेक योजनाले गरिवी निवारणलाई नै आफ्नो प्रगतिको आधार मान्दै आए तर नेपालमा गरिवी निवारणको अपेक्षित उपलब्धि अझै हासिल हुन सकेको छैन । दक्षिण एसियामा नेपाल बल्लतल्ल अल्प विकसितवाट अर्ध विकसित मुलुकमा दरिन थालेको मात्र छ । यो अवस्थामा योजना वनाउने, लक्ष्य निर्धारण गर्ने तर सोअनुसार काम नगर्ने र योजना अवधिको गंभीर ढंगले समिक्षा पनि नगर्ने पुरानै प्रवृत्तिकाकारण नेपाल आर्थिक हैसियतमा छिमेकी मुलुकसंग तुलना पनि गर्न नसक्ने अवस्थामा छ ।
फेरिपनि समय आएको छ योजना वनाउने । अहिलेसम्म त्रिवर्षीय योजनाको लक्ष्य निर्धारण हुने गरेकोमा सरकारले त्यसलाई बढाएर अव ५ वर्षीय वनाउँदै छ । १५ औं योजनाको अवधि पाँच वर्ष पु¥याउने र त्यसवीचमा निर्धारित लक्ष्य हासिल गरेरै छाड्ने योजना आयोगको छ । तर योजना आयोग आफै खुट्टा कमाईरहेको अवस्थामा छ । सरकार परिवर्तन भएसंगै योजना आयोगका पदाधिकारी र सदस्यहरूको परिवर्तन विकास लक्ष्य हासिल गर्ने मामिलामा बाधक वनिरहेको स्वयं अर्थशास्त्रका विज्ञहरू बताउँछन् । आयोगको अध्यक्षमा प्रधानमन्त्री स्वयं हुने संवैधानिक व्यवस्था छ त्यसले पनि विकासमा बाधा उत्पन्न गरिरहेको ठम्याई छ । आयोगको वैठक वस्न पनि प्रधानमन्त्रीले समय मिलाउनु पर्ने र त्यसका लागि महिनाँै कुनुपर्ने बाध्यताले देशले आर्थिक उन्नति हासिल गर्नमा कठिनाई हुने अवस्थाले यो व्यवस्थामा परिवर्तन गर्नुपर्ने अर्थवीदहरूको सुझाव छ । फेरिपनि योजना आयोगले १४ औं योजनासम्म कायम रहेको त्रिवर्षीय योजनालाई लम्ब्याएर पाँच वर्षीय बनाउँदैछ । यसको उपादेयता समय नआई विश्लेषण गर्नु न्यायोचित नभएपनि यसले लिएको नीति र प्राथमिकता सरकारको काम गराइमा निर्भर हुने भएकोले पहिले कार्यपालिका सबल बन्नुपर्ने र त्यसले योजनालाई विधिसम्मत र समय अघि नै सम्पन्न गर्ने प्राथमिकता निर्धारण गर्न सक्यो भनेमात्र सफलता उन्मुख होला, होइन भने योजना वनिरहने र सम्पन्न नभैरहने प्रवृत्ति दोहोरिने अवस्थामा बिराम लाग्नेछैन ।
१५ औं योजनाको तयारी थालेको योजना आयोगले सरकारले लिएको आर्थिक विकासको लक्ष्यलाई नै आधार वनाएर अघि बढ्ने घोषणा गरिसकेको छ । त्यस मानेमा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने गरेको सम्मृद्ध नेपाल र सुखी नेपाली भन्ने नारालाई आत्मसात गरेको छ । १५ औं योजनाको खाका प्रधानमन्त्रीले स्वीकृत गरिसक्नु भएको छ र यसले खाकामाथि रहेर बहस, अन्तरक्रिया, गोष्ठी र छलफल गरेर अन्तिम निष्कर्ष प्रस्तुत गर्नेछ । सरकारको नीति तथा कार्यक्रममा रहेर योजना आयोगले आफ्नो लक्ष्य निर्धारण गर्ने परम्पराअनुसार सरकारको योजना सम्पन्न गर्ने दिशामा आयोगले प्रयास गरिरहेको ठानिएको छ । त्यसका लागि नेपालको भौतिक पूर्वाधार विकास, विकासमा सन्तुलन, रोजगारी, साधन श्रोतको उपयोगलगायतका उपलब्धताहरूलाई संयोजन गरि अघि बढ्नुपर्ने हुन्छ । नेपाल सरकारले यो वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरिसकेको छ । त्यो कसरी पूरा हुन्छ ? भन्ने प्रश्नको उत्तर निश्चय नै कठिन छ । सरकारले आफ्नो रोजगारी सिर्जना भनेको लोकसेवा आयोगमार्फत नै गरिरहेको छ । त्यो वर्षमा एक दुई हजार भन्दा बढी बढ्न सकेको छैन । बाँकी रोजगारी सिर्जना नीजि क्षेत्रले गर्ने हो । अहिले नीजि क्षेत्र सरकारसंग सन्तुष्ट हुन सकिरहेको छैन । संघीयतामार्फत कार्यान्वयनमा आएको प्रदेश र स्थानीय तहले बढाएकोकरका नीजि क्षेत्र चिन्तित वनेको छ । त्यो अवस्थामा ५ लाखको रोजगारी सिर्जना चुनौतिमात्र होइन महाचुनौति वन्नेछ । अर्कोतर्फ नेपालमा लगानीको अवसर सिर्जना हुन सकिरहेको छैन । अझैपनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित हुन सकिरहेका छैनन् । नेपालमा लगानीको अवसर नै छैन र त्यो वातावरण तयार छैन भन्ने एकखालको सन्देश विश्वमा पुगेको छ । त्यो चिर्ने काम सरकारको हो तर सरकारले समेत खुलेर लगानीको वातावरणका विषयमा ती निकायलाई मनाउन सकिरहेको छैन । जलविद्युत र सिमेण्टको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्राउन नसक्नु अर्थतन्त्रका थप जटिलता हुन र तिनलाई सम्बोधन गर्न अब सरकारले ढिलाइ गर्नु हुँदैन । पाँच लाख रोजगारी सिर्जना गर्न दुई चारवटा महŒवपूर्ण र अन्य दर्जनौं साना आयोजनाहरू निर्माण गर्नुपर्ने आवश्यकता छ । तर दुई तिहाईको सरकार वनेको करिव आठ महिनाको अवधिमा त्यसतर्फ खासै पहल भएको देखिएन । भनौं ठूलास्तरका आयोजना निर्माणको काम शून्य नै छ । रेमिटान्सको भरमा थामिएको मुलुककासामु घरेलु र साना उद्योग जति दर्ता भएका छन् ती पनि दर्ताअनुसार ४० प्रतिशत पनि सञ्चालनमा छैनन् । अनि कसरी नेपालले यो वर्षमा लाखौं रोजगारीको सिर्जना गर्न सक्छ ? प्रश्न जटिल बनेर आएको र त्यसको उत्तर त्यति सहज देखिँदैन ।
अन्त्यमाः १५ औं योजनाको लक्ष्य छनौंटमै कतिपय दुविधाहरू देखिएका छन् । योजना आयोगले प्रस्तुत गरेको खाकामा प्रधानमन्त्रीले सहमति प्रदान गर्नुभएको छ तर खाकामा भनिएको सम्मृद्ध नेपाल र सुखी नेपालीको परिभाषा अहिलेसम्म स्पष्ट भैसकेको छैन । नेपालको आर्थिक प्रगति मापन गर्ने आधारविन्दु के हो भन्ने नै छैन । खाली विदेशीले प्रक्षेपण गर्ने आर्थिक लक्ष्यलाई नै नेपालले आफ्नो लक्ष्य ठान्दै आएको छ । विदेशीले नेपालको आर्थिक विकासको लक्ष्य प्रगतिउन्मुख छ भन्यो भने त्यसैमा विश्वास गरेर हामीले हाम्रो मूल्यांकन गरिरहेका छौं । प्रधानमन्त्रीले दिएको नारामा सम्मृद्ध देश र सुखी नेपालीको मापदण्ड के हो ? यो कसरी मापन गर्ने ? वास्तवमा केही प्राविधिक जटिलता छन् । योजना आयोगले भनिरहेको छ– हामीसंगै पर्याप्त तथ्यांक नै छैन जसवाट नेपालको वास्तविक स्थिति मूल्याँकन गर्न सकियोस् । अर्कोतर्फ १५ औं योजनामा नीजि क्षेत्रसंगै सहकार्य गर्ने भनिएको छ । योजनामा भनिएजस्तो नीजि क्षेत्रसंगको सहकार्य त्यति सहज पनि छैन । अहिलेसम्म प्रस्तुत भएका १४ वटा योजना कुनैपनि सफल भएनन् । तिनले लिएको लक्ष्य हासिल गर्नमा कठिनाई उत्पन्न भए । अब १५ औं योजनाको संघारमा आईपुग्दा आशा गरौं– सम्मृद्ध नेपाल र सुखी नेपालीको नारा पूरा गर्ने अभियानमा सरकारले तत्परता देखाओस् । त्यो उत्साहको सञ्चार गर्न सकोस् जसले राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीका क्षेत्र अझै फराकिलो र विश्वासयोग्य वन्न सकुन् । र, सम्मृद्धिको अहिलेसम्मको प्रायः बन्द ढोका खुल्ने प्रयास अघि बढोस् । फेरिपनि अहिलेसम्मको विकासको मूल लक्ष्य रहँदै आएको गरिवी निवारणको मुद्दा साथसाथ अघि बढोस् किनकि नेपालकै जनता चामल खान नपाएर विकल्पमा जंगलको सडेगलेको गिठा खान बाध्य छन् । सम्मृद्धिको शिखर चढिरहँदा र सपना बुनिरहँदा सिमान्तकृत जनताको गरिबीलाई नजरअन्दाज गर्नु हुँदैन भन्ने लाग्छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?