ट्रेंडिंग:

>> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई

दण्ड र प्रभाव

१९ आश्विन २०७५, शुक्रबार
१९ आश्विन २०७५, शुक्रबार

गोपाल  बस्याल, पाल्पा ।
विद्यालय उमेरका बालबालिकाहरू शारीरिक, सामाजिक र मानसिक हिसाबले त्रासद परिस्थितिमा बाँच्न बाध्य छन् । उनीहरू परिवार, समाज, विद्यालय, बजार जुनसुकै स्थानमा अपमानित, दण्डित, यातना र हिंसाको शिकार बनिरहेका समाचारहरू दिनहुँ प्रकाशित छन् । उनीहरू अपहरणमा परेका, मारिएका, बालिकाहरू बलात्कार हत्या गरिएका जस्ता अमानवीय क्रुरता बढिरहेका छन् । यसरी घटनाहरू बढिरहँदा हरेक अरू बालबालिका समेत मानसिक रूपमा असुरक्षित, भयभित र त्रसित अवस्थामा रहेका कारण उनीहरूको सम्मानपूर्वक विकास हुनुपर्ने अधिकार कौवालाई बेल पाके जस्तै बनेको छ ।
मानिसहरूमा असल बानी ब्यवहार विकास गरी सभ्य, सामर्थ र सम्मानजनक मानवीय जीवन यापनका लागि सहयोगी नागरिक उत्पालन गर्ने विद्यालयहरू नै ज्ञानको मन्दिर नभएर यातना गृह जस्ता बनेका खबर पटकपटक आइरहेका छन् । सामान्य छलफलका क्रममा समेत विद्यार्थीलाई उनीहरूको बानी ब्यवहार सुधार गरी भविष्य सपार्नका लागि केही मात्रामा डर त देखाउनुपर्छ भन्ने मत राख्ने शिक्षक, अभिभावक र बुद्धिजीवीहरू समेत छन् । यस्तो मान्यता बोकेका जो सुकैबाट पनि सजिलै यातना दिने प्रबृत्ति हुन्छ । दण्ड र हिंसाका कारण पर्ने प्रभावका बारेमा खासगरी शिक्षक र अभिभावकले गम्भीर बन्नैपर्ने केहि कारणहरू छन् ।
शारीरिक दण्डबाट बालबालिकामा पर्ने असरहरूका बारेमा धेरै अध्ययन अनुसन्धान भएका छन् । वास्तवमा सजायँका कारण उनीहरूका ब्यवहारमा झन् बढी नकारात्मकपन बढ्दै जाने गरेको सबै विश्लेषणको निष्कर्ष छ । पाकिस्तानको पञ्जाब लेबोरेटरी स्कूलको कक्षा १० मा गरिएको एउटा अनुसन्धानमा शैक्षिक प्रगति र बानी खराब भएका विद्यार्थीहरूलाई सुधार गर्न भौतिक या शारीरिक सजायको तरिका अपनाइएका विद्यार्थीहरूले झन् बढी नकारात्मक र मनोबैज्ञानिक पद्धतिबाट सुधार गर्न प्रयास गरिएका विद्यार्थीहरूले शैक्षिक, ब्यवहारगत र दीर्घकालीन प्राज्ञिक प्रगतिमा सकारात्मक सुधार ल्याएको पुष्टि भएको छ । अर्थात् खराब चरित्र वा सिकाइ उपलब्धी सुधारको मन्त्र शारीरिक यातना होइन, मनोबैज्ञानिक उपचारात्मक शिक्षण हो । विद्वानहरू भन्छन् कि सजायँको कारण विद्यार्थीका गलत ब्यवहारभन्दा पनि शिक्षकको कमजोर मानसिकता वा नैराश्यता (फ्रस्टेशन) हो । वास्तवमा असल, दक्ष, आदर्श शिक्षकले विद्यार्थीलाई दण्डित गरेका घटना कम मात्र सुनिन्छ । सजायँ दिने शिक्षक स्वयम्को पृष्टभूमि, वातावरण, सफलता, शिक्षणकला, विधि–प्रविधिको प्रयोग आदि पक्षमा सबल बनिरहेको पाइँदैन । सजायँबाट बालबालिकाहरू पीडित हुन्छन् । यदि एउटा बयस्क प्रौढ मानिसलाई कुटपिट ग¥यो भने मुद्दा मामिला र दण्ड सजायँ हुन्छ भने बालबालिकालाई कुटपिट गर्दा कुनै कारवाही किन नहुने ? वास्तवमा बालबालिकाहरू जो संरक्षण पाउनुपर्ने ब्यक्ति हुन् उनीहरूलाई नै यातना दिइरहेको छ भने पीडकलाई प्रौढमाथि कुटपिट गर्दा हुने सजायँभन्दा बढी हुुनुपर्ने हो ।
शारीरिक दण्डको निरन्तर प्रयोगले रिसाउने र विद्यालय भित्र र बाहिर उग्र गलत र असामाजिक ब्यवहारहरू बढ्ने प्रबृत्ति बढ्छ । त्यसैगरी कक्षाकोठा वा घरमा आफूमाथि गरिने दुब्र्यवहारहरूलाई स्वाभाविक मान्नुपरेको ब्यक्तिले प्रतिक्रिया स्वरूप अन्य अस्वाभाविक खालका ब्यवहार देखाउँछ । यस्ता प्रतिशोधात्मक कार्यको पुष्टि स्वरूप उनीहरूको तर्क हुने गर्छ । उनीहरूले आफूलाई त्यस प्रकारको ब्यवहार अरूले गर्न हुन्छ भने आफूले यस्तो किन नगर्ने ? उदाहरणको लागि घरमा पिटाइ खाएको बालक भाग्दै जान्छ र कुनै तरकारीको बीउ उखेलेर फालिदिन्छ वा भाइ बहिनीलाई पिट्छ । त्यसैगरी आप्mनो लक्ष्य जसरी पनि पूरा गर्नका लागि खाना नखाने, घरबाट भागेर हिँड्ने, चोर्ने, लुकाउने, बिगार्ने जस्ता अस्वाभाविक ब्यवहार देखाउने गर्छन् । अर्थात् बालबालिकाकालाई बलपूर्वक दबाउने वा नियन्त्रण गर्ने प्रयाश गरियो भने उनीहरू पनि वैकल्पिक बल वा ध्वंशको सहारा लिन्छन् ।
प्रायः यस्ता ध्वंसात्मक द्वन्द्वमा आफूलाई हुने फाइदा भन्दा हुने भन्दा पनि आफ्नो शक्ति देखाउने र देखाइदिने भन्ने मनोविज्ञान बालबालिका देखि प्रौढसम्म र ब्यक्तिदेखि राष्ट्रसम्म हुन्छ । त्यसैले बलपूर्वक दमन गरिएका र बलपूर्वक सजायँ दिइएको प्रतिकार कुनै समयको अन्तरालमा फरक स्वरूपमा समेत अभिब्यक्त हुन्छ । यसरी दमन र हिंसाले समस्यालाई गुणन गर्दै लैजान्छ र बालबालिका र प्रौढ अभिभावक वा शिक्षकहरूबीच समस्याको दुष्चक्र बृद्धि हँुदै जान्छन् । अर्थात् एउटा हिंसात्मक क्रियाले अर्को हिंसात्मक प्रतिक्रियाको जन्म दिन्छ र यो क्रम बढ्दै जान्छ । यसैगरी शारीरिक दण्डका कारण बालबालिका तथा प्रौढहरूमा समेत मानसिक तनाव, डिप्रेशन, कमजोर आत्मसम्मान, सनक, विक्षिप्तता जस्ता विभिन्न प्रकारका मनोवैज्ञानिक तथा ब्यवहारजन्य असन्तुलन देखा पर्दछन् । यस्तो वास्तविकतालाई बिर्सेर शिक्षकहरूले केहि भ्रमात्मक मान्यता पालिरहेको पाइन्छ । उदाहरणका लागि विद्यार्थीलाई अनुशासित बनाउनका लागि केहि डर त दिनु नै पर्छ । प्राइभेट स्कूलमा कुटेर पढाउँछन् र नतिजा राम्रो आउँछ । शिक्षकले पिट्ने भनेको सुधार गर्नका लागि हो । कुनैपनि बाबुआमाले छोराछोरी बिग्रिए राम्रो भन्दैन र शिक्षकहरू पनि अभिभावक नै हुन् । कतिपय विद्यार्थीहरू सजायँ दिएका कारण राम्रो भएका छन् । यस्ता भ्रम पालेका शिक्षक तथा अभिभावकबाट बालबालिकाले राम्रो शिक्षा पाउने संभावना हुँदैन ।
अनुशासन अर्थात् नियम पालनालाई अंग्रेजीमा डिस्सीप्लीन भनिन्छ जुन डिस्सीपल शब्दबाट बनेको हो जसको अर्थ शिष्य वा अनुयायी भन्ने हो । अनुशासनलाई छाडेर दण्ड शासन चलाउने हो भने अनुयायीहरू पनि दण्डकै सहारा लिन्छन् । यसकै कारण हो कि पिट्ने बानी भएका शिक्षकहरू आफ्ना शिक्षकले आफूलाई कुटेका घटना सुनाउँदै आफ्नो बचाउ गर्दछन् । अर्थात् हिंसाको अनुभवबाट हिंसात्मक ब्यवहार नै सिकाइ हुँदोरहेछ । यदि असल शिक्षकबाट शिक्षा लिन पाउने हो भने त अनुयायीले पनि आदर, सम्मान, सद्भाव, स्नेह, माया, प्रेम, इमान्दारिता, क्षमादान जस्ता मूल्यवान गुणहरू सिक्न पाउने थिए । हिंसात्मक ब्यवहार अन्य धन, सम्पत्ति, प्रतिष्ठाका आधारमा तय हुने होइन । मानिसलाई आफूमाथि कसैले असभ्य, असत्य र गलत कारणले वा आफ्नो गल्ती नै भए पनि हिंसात्मक क्रुर यातना दियो भने सजिलै प्रतिशोध स्वरूप अकल्पनीय प्रतिक्रिया देखाउँछ । उदाहरणका लागि सम्पन्नता, प्रजातन्त्र, मानव अधिकारको धेरै वकालत गरिने अमेरिकामा दिनहुँ हतियारसहित आक्रमण भैरहेका हुन्छन् । हप्तैपिच्छे विद्यार्थीले कक्षाकोठामा साथीहरू र शिक्षकलाई समेत बन्दूकले ढलाएका समाचार सुन्न पाइन्छ । नेपालमा पनि विद्यार्थीहरू आपसमा हिंसात्मक द्वन्द्वमा पटकपटक उत्रिएका तर शिक्षकमाथि आक्रमण कम मात्रामा भएका सुनिन्छन् । नेपालमा पिडित नै थप अपमानित हुने, पिडकले बहादुरी गरेको मानिने वातावरणका कारण हिंसाको प्रतिकारभन्दा पक्कै पनि पीडा सहने, अत्याचार लुकाउने र डिप्रेशन साथै आत्महत्या गर्ने सम्मका घटना घटेका छन् । यस्ता अमानवीय कार्यहरूको बिउ सामान्य हिंसाको बृद्धिसँगै भएका छन् । कक्षाकोठामा हुने दुब्र्यवहार, शिक्षणसिकाइ रणनीति, सहपाठीका ब्यवहार, संगत, ठूला मानिसहरूको ब्यवहार आदिका कारण बालबालिकाहरू पीडित छन् ।
सुन्दर समाजको निर्माण गर्नाका लागि मानिसहरूको चरित्र, संवेगात्मक अवस्था, नैतिक मूल्यमान्यताको महत्वपूर्ण भूमिका हुन्छ । ब्यक्तिले स्वयम्लाई एउटा आदर्श ब्यक्तिको रूपमा परिचित गराउनका लागि पनि शान्त, नरम, सद्भाव भएको नैतिक चरित्रवान् हुनु आवश्यक छ । रिसाहा, हिंस्रक र संवेगात्मक रूपमा असन्तुलित ब्यक्तिबाट अनुयायीहरूले राम्रा ब्यवहार सिक्न पाउँदैनन् । तसर्थ शारीरिक सजायँको विकल्पका रूपमा मनोवैज्ञानिक परामर्शलाई अंगाल्न सक्ने हो भने कक्षाकोठामा ब्यवहारजन्य समस्याहरू समाधान हुने र समस्यापूर्ण विद्यार्थीहरूमा समेत सकारात्मक ब्यवहारहरूको विकास हुँदै सिकाइ उपलब्धी बढाउन पनि सहयोग पुग्ने छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?