ट्रेंडिंग:

>> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण
विचार

आम निर्वाचनको सन्देश– बुलेट होइन ब्यालेट

२२ मंसिर २०७९, बिहीबार
२२ मंसिर २०७९, बिहीबार

भूगोलको हिसाबले नेपाल सानो मुलुक हो । यति सानो मुलुकमा पनि थुपैै्र शासन प्रणालीको अभ्यास भएको छ । नेपाली जनता १०४ बर्षे निरङ्कुस राणा शासन फाले, ३० बर्षे पञ्चायती शासनको अन्त्य गरे, २४० बर्षे सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई पनि २०६२÷२०६३ को दोस्रो जनआन्दोलन मार्फत किनारा लगाउने काम सम्पन्न भयो । बहुदल हुदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको महान यात्रामा नेपाललाई अघि बढाउने नेताहरुले दृढ संकल्प गरे । पुँजीवादी, समाजवादी र माओवादी जे–जे भनेपनि काङ्ग्रेस कम्युनिष्टका नेताहरुले आफ्नो छत्रछायाँमा आलोपालो गरेर देश चलाए । अल्पमत, वहुमत, दुई तिहाई सवैलाई अवसर मिल्यो तर, नेतृत्वगण अलि स्वार्थी, सुविधामुखी र भ्रष्टाचारमा लिप्त हुँदा राज्यको ढुकुटी रित्तिएर गयो । कोरोना नियन्त्रण समयमै भएन । गरिवी, भोकमरी र वेरोजगारी वढ्दै गयो । वैदेशिक ऋणको भार थपिदै गयो । युवा जमातको विदेश जाने लर्को दिनप्रतिदिन बढ्दै गयो । राजनैतिक दलहरुले खाली अर्काको मात्र गल्ती देखे, आफूले गरेको अपराध सम्झन र स्वीकार गर्नै चाहेनन् । गणतन्त्र घोषणा पश्चात पनि राजनैतिक खिचलो मात्र बढ्दै गयो । एकले अर्कालाई कहाँ र कसरी ढाल्न र पदच्युत गर्न सकिन्छ भन्ने राजनैतिक चलखेल मात्र भयो । माओवादीको दश बर्षे जनयुद्धमा हामीले सत्र हजार नेपाली आमाका सन्तान गुमायौ । प्रचण्डले भन्नुभयो– “म पाँच हजारको जिम्मा लिन्छु,अरु मेरो हिस्सामा पर्दैन ।” उसो भए १२ हजारको जिम्मा कसले लिने हो ? जनयुद्धका नायक तथा पार्टीका सुप्रिम कमाण्डरको यस्तो अभिव्यक्ति पक्कै पनि गैर जिम्मेवार थियो । त्यसपछि कोभिड महामारी नियन्त्रण समयमै भएन् । झण्डै आठ हजार नेपालीहरुले कोरोनावाट ज्यान गुमाए । आम नागरिकको दैनिक जीवन अस्तव्यस्त बन्यो । २०७४ को आम निर्वाचनवाट सम्भवत नेपालकै इतिहासमा नेकपा एमाले र प्रचण्ड माओवादी एकीकरण भएसँगै पहिलोपटक केपी वलीको नेतृत्वमा बलियो सरकार बनेको थियो । जनादेश बमोजिम कामहरु भएनन् । पार्टीभित्रको आन्तरिक लडाई र रस्साकस्सीले एमाले र माओवादीलाई अलग धारमा हिड्न बाध्य बनायो । सरकारको स्वाद चाख्ने अवसर अदालतले नेपाली काङ्ग्रेसलाई प्रदान ग¥यो । फलस्वरुप नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा देशको पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त भए । काङग्रेस सरकारकै नेतृत्वमा स्थानिय तहको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन २०७९ हालै सम्पन्न भएको छ ।

आम निर्वाचन–२०७९ को परिणाम आईसकेको छ । धेरैको लागि अप्रत्यासित र सोचे भन्दा फरक नतिजा आएको छ । प्राप्त परिणामले कसैलाई खुसी तुल्लाएको छ भने कसैलाई निकै चोट दिएको छ । हेभीवेट भनेर चिनिएका राम्रा राम्रा नेताहरु पनि यसपालीको चुनावमा पराजय भोगेका छन् । मुख्यमन्त्री भएका, बहालवाला मन्त्री भएका, सभामुख भैसकेका र पार्टीको केन्द्रिय नेतृत्वमा बसेर राजनीति गरेकाहरुले पनि यसपालिको चुनावमा पराजय भोग्नु भनेको पार्टी नेतृत्वको लागि पक्कै पनि राम्रो सन्देश हैन् । समय परिवर्तन भएको छ । हिजोको जस्तो यथास्थितिवादको मनस्थितिले चुनाव जित्ने अवस्था छैन् । युवा वर्गको राजनीतिप्रतिको लगाव र मोह बढ्दै गएको छ । राजनीतिमार्फत शासन व्यवस्थामा आमुल परिर्वतन आउनु पर्दछ भन्ने युवाको आवाज बुलन्द भएको छ । फलस्वरुप यसपाली संसद भवनमा धेरैजसो नयाँ अनुहारको प्रवेश हुदैछ । यो आफैमा लोकतन्त्रको सुन्दर पक्ष पनि हो । मलाई लाग्छ– आम युवालाई पुराना पार्टी र राजनीतिक दलहरुप्रति वितृष्णा र घृणा बढ्दै गएको देखिन्छ । त्यसैले देशको परिवर्तन अव ब्यालेटवाटै सम्भव देखिएको छ । यो निर्वाचनको परिणाम पनि त्यस्तै खालको आएको छ । विगतका चुनावहरुमा जस्तै पैसा बाँडेर, भोज भतेर खुवाएर, विभिन्न लोभलाभ तथा आश्वासन देखाएर चुनाव जित्ने परिस्थिति छैन् । अहिलेका मतदाताहरु धेरै सचेत पनि भएका छन् । अव परिवर्तनका लागि बन्दुक बोक्ने जमाना गए । बन्दुक बोकेर सत्र हजारले ज्यान गुमाउँदा पनि देशमा केही उथलपुथल भएन् । जनक्रान्तिको रोडम्याप पनि सफल हुन सकेन् । त्यसैले देश बनाउने बुलेटले हैन् ब्यालेट नै हो भन्ने निष्कर्षमा जनता पुगेको देखिन्छ ।

कतिपय नागरिकको बुझाईमा राजनीति फोहोरी खेल हो भन्ने गरिन्छ तर राजनीतिमा युवा पुस्ताको आकर्षण र क्रेज पनि बढ्दै गएको छ भन्ने कुरा हालै सम्पन्न भएको निर्वाचनले देखाएको छ । पुरानै दल भएपनि उम्मेदवार नयाँ वा युवाको रोजाई उनीहरुको प्राथमिकतामा परेका छन् । त्यसैको परिणाम अहिले केही नयाँ पुस्ताका युवाहरु जनताका आवाज लिएर संसद भवनमा छिर्दैछन् । गएको स्थानिय तह र अहिलेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले युवाको भरोसा र विश्वासलाई आकर्षित गर्नु आफैमा ठूलो उपलव्धि पनि हो । निर्वाचनको परिणामले गठबन्धनलाई सोचेझै नतिजा दिन नसकेपनि सरकार चलाउनको चाहिने बहुमत अर्थात जनादेश भने पाउने भएको छ । नेपाली कांग्रेस पहिलो दलको रुपमा देखिने भएको छ भने नेकपा एमाले दोस्रो दलको रुपमा प्रस्तुत हुने भएको छ । नेकपा माओवादी केन्द्र तेस्रो ठूलो दलको रुपमा देखिने भएको छ । दलिय गठबन्धन भएतापनि माओवादी केन्द्रले यो चुनावमा सोचे झै अपेक्षाकृत नतिजा हात लाउन सकेन् । प्रतिनिधिसभामा माओवादीले अठार सिट पनि जित्न नसक्नु आफैमा लज्जास्पद र दुख्द् कुरा हो । अर्कोतर्फ केहि महिना पहिले मात्र गठन भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात घण्टी पार्टी भनेर चिनिने यो पार्टी नपत्याउने पाराले देशभर उदयमान भएको छ । प्रत्यक्षमा सात सिट मात्र जितेपनि समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रलाई टक्कर दिएको छ । यो नै आम युवाको रोजाई र ब्यालेट बिद्रोहको महङ्गो उपहार हो । जुन उपहार पाँच बर्षसम्म जो कसैले तोडमोड र परिवर्तन गर्न सक्दैन् । सामान्यता यो निर्वाचनको परिणामले पुराना दलहरु धेरै चिन्तित हुनुपर्ने छैन् । किनभने पुरानै चुनावी शैली, पुरानै चुनावी नारा र पटक पटक दोहोरिएका अनुहारहरुले प्रायः पराजय भोगेका छन् । त्यो पनि साठी नाघेका बुढा उम्मेदवारहरुको लगभग अब काम छैन भन्ने जस्तो शिक्षा यो निर्वाचनको परिणामले दिएको छ ।

  • “घुम्दै फिर्दै रुम्जाटार भनेझै” अब पनि जनहितमा काम नगर्ने, सुशासन र विकासको लागि अघि नबढ्ने र भ्रष्टाचारमा लिप्त हुने नेताहरु अवश्य पनि अर्को चुनावमा एक्सपाएर हुनेछन् । किनकी आम युवाहरुको चाहना भनेको नै ब्यालेट विद्रोह रहेको छ ।

देशको सम्मुनत विकास र समृद्धिको लागि युवा उम्मेदवारलाई जिताऔं भन्ने जनलहर देशैभर देखियो । चुनावको मुखैमा आम युवाहरुले चलाएको “नो नट अगेन” अभियानको मुद्दा सर्बोच्च अदालतसम्म पुग्यो । काठमाण्डौ, ललितपुर र चितवनमा रास्वपाप्रति ठूलो क्रेज देखियो । देशका अन्य शहर तथा गाउँमा पनि प्रत्यक्षतर्फ उम्मेदवार नभएपनि समानुपातिक तर्फ खसेको मतले पनि घण्टीतर्फको मोह बढ्दै गएको देखिन्छ । त्यसैले अबको यो पाँच बर्ष के कस्तो काम गर्छ त्यसैको आधारमा रास्वपाको मुल्याङ्कन पनि हुनेछ । अहिले निर्वाचित प्रतिनिधिले संसदमा निर्वाह गर्ने भूमिकाले पनि यो पार्टीको भविष्यको मार्गचित्र कोर्नेछ ।

अब बिस्तारै नयाँ सरकार गठन गर्नेतिर दलहरुको ध्यान तानिएको छ । आफ्नो नेतृत्वमा के कसरी सरकार बनाउन सकिन्छ भन्ने दाउपेचको दौंडमा यतिवेला शिर्ष नेताहरुलाई भ्याई नभ्याई छ । नयाँ नयाँ युवा अनुहार विजयी भएर गएपनि प्रधानमन्त्री र अन्य मन्त्री बन्ने सम्भावना ज्यादै न्यून छ । सरकार बनाउनको लागि राम्रो बोल्छ, टाठो छ, भर्खरको युवा हो, कुरा गर्न सिपालु छ भनेर हुदैन् । नेपालको संबिधान अनुसार सरकार बनाउनको लागि गणितीय समिकरणको अभ्यास जरुरी देखिन्छ । अहिलेको परिणाम अनसुार कुनैपनि एकल दललाई स्पष्ट बहुमत नपुग्ने भएकोले दुई वा दुई भन्दा बढी दलहरु मिलेर बहुमत जुटाई सरकार बनाउने काम फेरि पनि पुरानै दलका नेताहरुको पोल्टामा परेको छ । यिनै पुराना गठबन्धनमा आबद्ध दलहरुले मिलिजुली यो पाँच बर्ष शासन सत्ताको बागडोर सम्हाल्ने सम्भावना प्रवल देखिन्छ । दोस्रो शक्तिको रुपमा नेकपा एमाले संसद छिरेको छ । तर, एमालेलाई आफू नेतृत्वको सरकार बनाउन त्यति सहज र सरल पनि छैन् । एमाले सरकारमा जानको लागि यो गठबन्धन टुट्न वा भत्किन जरुरी छ । अर्थात माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले हरियो बत्ती नबालेसम्म एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने सम्भावना ज्यादै न्यून छ तर पनि एमाले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि पछि हट्नेवाला पनि छैन् । राजनीति र सरकारलाई गति दिन भएपनि काङ्ग्रेस–एमाले नै मिलेर सरकार बनाउने हुन सक्छ । प्रचण्डले आफ्नो राजनीतिक बटम लाईन् नछोड्ने र शेर बहादुर देउवालाई चित्त नबुझने समीकरण हुन थाल्यो भने परिस्थिति बदलिन सक्छ । फेरि नेपाली काङ्ग्रेसले यो चुनावमा नराम्रोसँग घात ग¥ो भने माओवादीको आरोप छ । त्यसेले नेकपा एमाले पर्ख र हेरको रणनीतिमा छ ।

निर्वाचनको परिणामको अन्तिम नतिजाले उत्साह र आशा जगाउन सकेको देखिदैन् । आमजनता फेरि बर्षैदेखिको समस्याले आक्रान्त बन्ने स्थिति देखिदैछ । कसैको पनि बहुमत नआएको र ५, ६ वटा राजनीतिक दल मिलेर टालाटुली सरकार बनाउँदा त्यो सरकारले नागरिक र देशको हितमा काम गर्ला जस्तो पक्कै पनि लाग्दैन् । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दल सबै मिल्दा पनि सुविधाजनक बहुमत ल्याउन सकेनन् । निर्वाचनमा पाँचदल एक भएर चुनावमा होमिदा पनि सत्ता गठबन्धनको दुईतिहाई बहुमत आउन नसक्नु ज्यादै दुर्भाग्य हो । यिनीहरुको गठबन्धन पूर्णरुपमा असफल भएको जस्तो देखिन्छ । त्यसैले अब बन्ने सरकारलाई ठूलो चुनौति छ । फेरि एकपटक तिनै पुराना दलको नेतृत्वमा सरकार बनाउनु पर्ने भएको छ । अव पुराना दलहरु यतिवेला अनिवार्य सच्चिएर जानुपर्ने देखिन्छ । “घुम्दै फिर्दै रुम्जाटार भनेझै” अब पनि जनहितमा काम नगर्ने, सुशासन र विकासको लागि अघि नबढ्ने र भ्रष्टाचारमा लिप्त हुने नेताहरु अवश्य पनि अर्को चुनावमा एक्सपाएर हुनेछन् । किनकी आम युवाहरुको चाहना भनेको नै ब्यालेट विद्रोह रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?