ट्रेंडिंग:

>> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली

तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक ब्यापार मेला

१० मंसिर २०७९, शनिबार
१० मंसिर २०७९, शनिबार

बुटवल, १० मंसिर ।

रुपन्देहीको तिलोत्तममा यही मंसिर १५ देखि २६ गतेसम्म दोस्रो राष्ट्रि«य औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ हुने भएको छ । कोभिड १९ को कारण उपयुक्त वातावरणमा मेला संचालन गर्न नपाएका उद्योगी ब्यवसायीले यसपटक मंसिर १५ बाटै मेला सुरु गर्ने भएका हुन् ।

तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्श, तिलोत्तमा उद्योग बाणिज्य संघको सहआयोजनामा मेला हुन लागेको मेला मूल आयोजक समितिका संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।

जीएमका अनुसार मेलामा विभिन्न प्रकृतिका ३ सय स्टलहरु रहने छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी करिव ७५ प्रतिशत पूरा भएको जानकारी गराइएको छ । मेलाको करिब ५ लाख दर्शक उपभोक्ताले अवलोकन गर्ने र २५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको जीएमले बताए । मेलामा विभिन्न गतिविधिहरु गरिने छन् । मेलामा महिला कुस्ती प्रतियोगिता, मम्मी डान्स, डान्स आइडल तथा विभिन्न विधाका प्रतियोगिताहरु राखिने जीमले उल्लेख गरे । मेलामा आकर्षक सेल्फी जोनको पनि निर्माण गरिने र आकर्षक प्यागोडा शैलीको गेट समेत निर्माण गरिने उनले उल्लेख गरे । मेलाले औद्योगिक बिकासमा टेवा पुर्याउने उनले विश्वास ब्यक्त गरे ।

मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ । मेलामा विद्यालयक स्तरका नृत्य प्रतियोगिता समेत राखिएको छ ।

कोभिड १९ पछि खुलेर मेला संचालन नभएको अवस्थामा यो मेला सबैका लागि आकर्षक हुने तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसालले उल्लेख गरे । आम उपभोक्ता र ब्यापारी ब्यवसायीलाई नजिक बनाउन यो मेलाले सहज भुमिका खेल्ने विश्वास उनले ब्यक्त गरे । मेलामा कृषि र पर्यटनलाई पनि टेवा पुग्ने गरी स्टलहरु सहभागी गराईने भएको छ ।

पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले अहिले मुलुकको आर्थिक अवस्था खस्कंदै गएको र मुलुक परनिर्भर बन्दै गएको अवस्थामा मेला आयोजना गर्न लागिएको र यसले स्वदेशी उत्पादनको प्रवद्र्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पु¥याउनुका साथै आयात प्रतिष्थापन गर्न महत्वपूर्ण सन्देश दिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?