ट्रेंडिंग:

>> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आर्कषण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

डमरूको डण्डीबियो : मौलिक विषय, औषत सिनेम्याट्रिक प्रस्तुति

१९ असार २०७५, मंगलवार
१९ असार २०७५, मंगलवार

सहरबाट मास्टर्स सकेर डमरू (खगेन्द्र) आफ्नो गाउँ फर्कन्छन्। उनका बाबु योगेन्द्र (अनुप बराल) छोरालाई शाखा अधिकृत हुँदै नेपाल सरकारको सचिव बनेको हेर्न चाहन्छन्। तर छोरा गाउँ बाबुको सपना विपरित एउटा आफ्नै सपना बोकेर फर्किएको छ। ऊ कुनै बेला राष्ट्रिय खेलका रूपमा दर्ज ‘डण्डीवियो’लाई राष्ट्रियस्तरमा परिचित गराउन चाहन्छन। यो सपना कुनै दिन उनको बाबुको पनि थियो। बाबु यही सपना पछ्याउँदा पछ्याउँदै सचिव हुने लक्ष्य पाउन नसकेर गाउँमा हेडमास्टरमा थन्किन बाध्य छन्।

सपना पछ्याउँदा गुमाएका कुराहरू सम्झेका बाबुले छोरालाई सो सपनाको बाटो हिडाउने पक्षमा छैनन्। यसैले बाबुछोराको दन्वद उफानमा पुग्छ। डम्बरले बाबुलाई आफूले सपना पछ्याउन नसकेको भन्दैमा आफ्नो सपना रोक्ने हक बाबुलाई नभएको भन्दै प्रतिवादमा उत्रन्छ। यो परिस्थिति बाबुछोराको डण्डीबियो म्याचमा पुग्छ। म्याचको सर्त हुन्छ जसले हार्छ उनले जित्नेले भनेको मान्ने। खेल बाबुका दौतरी र डम्बरका दौतरीबिच हुन पुग्छ। डम्बरको टोलीले खेल हार्छ। डम्बरले अन्तिममा पुगेर जितिसकेको खेल हार्नुमा आफ्नो बाल सखा एवम प्रेमिका ‘माला’ (मेनुका प्रधान)लाई ठान्दछ। डम्बर शहर लोकसेवाको तयारीका लागि फर्कन्छ। त्यसपछि डम्बरको सपना के हुन्छ , फिल्मको कथा त्यसैको सेरोफेरोमा अगाडी बढ्छ।

‘पशुपति प्रसाद’ फिल्म पछि खगेन्द्र लामिछाने नेपाली फिल्मका ‘नोटेड’ अभिनेता भइसकेका छन्। त्यस फिल्मयता दर्शकहरूले प्रत्येक फिल्ममा खगेन्द्रको उपस्थितिमा ‘पशुपति प्रसाद’को स्ट्यान्डर्ड खोज्ने गरेका छन् अझ भन्दा उनीमाथि आशा ज्यादा हुन थालेको छ। उनी अभिनित फिल्म आउँदा उनले बटुल्ने ‘लाइमलाइट’लेबाट पनि प्रष्ट हुन्छ।

उनै खगेन्द्र अभिनित एवम लिखित ‘डमरूको डण्डीबियो’ शुक्रबार रिलिज भइसकेको छ। यसपटक पनि उनलाई लिएर आशा गतिलै थियो तर कुनै समय नेपालका पाखापखेरामा खेलिने बाल्यकालिन समयमा ज्यादा खेल डण्डीबियोमा आधारित स्पोर्टास ड्रामा पर्दामा सोचेजस्तो सशक्त प्रस्तुत हुन असफल छ। यसका लागि फिल्मको खुकुलो पटकथा र सिनेम्याटिक ट्रिटमेन्ट कारक रहे।

https://www.youtube.com/watch?v=1dgGWN8-7Fc

पटकथाको पहिलो ढुगां बाबुछोराबीच डण्डीवियोलाई लिएर हुने दन्वदमा लाग्छ। फिल्ममा बाबुको डण्डीबियो प्रतिको विरक्त्तालाई फिल्मले संवादबाट स्थापित गराउने प्रत्यनले कमजोर बनाइदिएको छ। फिल्ममा  यसलाई सम्झाउनुपर्ने दृश्यभाषाबाट थियो तर यसो नगर्नाले डम्बरको बाबु किन यो खेलबाट किन विरक्त छन् भन्ने कुरालाई फिल्म हेरिरहेका दर्शकको मनमा ‘हो है’ भन्ने किसिमले चुकेको छ। जब फिल्मले यस्ता कुराको स्थापना दृश्यभाषाबाट गर्दैन फिल्मको लय गुम्न थाल्छ। त्योसँगै डम्बरको बाबुसँग सो खेलमा लागेर गाँउमा चिया पसलेमा थन्किन पुगेको ‘काशीराम’ (अशान्त शर्मा)को खेल हराएर बाबुछोराको फाटो गराएर पुरानो बदला लिने कुरा पनि फिल्ममा दृश्यबाटै स्थापित नगर्नाले फिल्ममा उनको खलनायकी कमजोर भएको छ। जब फिल्ममा खलनायक कमजोर हुन्छ जब नायकको जीत पनि फिक्का लाग्छ। फिल्ममा यही भएको छ।

फिल्मको पहिलो हाफमा पटकथा डम्बर पात्रको वरीपरी ज्यादा घुमेको छ जसले पटकथालाई  खुकुलो बनाइदिएको छ। जबकी यसमा स्पोर्ट्स ड्रामालाई अन्त्यसम्म रोमाञ्चक बनाउन अन्य सहायक पात्रहरूका साना साना उदेश्यको ‘न्यारेटिभ’लाई निर्माण गर्नमा खर्चनुपर्ने थियो।

पटकथाको पहिलो हाफको यो कमजोरीले दोस्रो हाफ कमजोर भएको छ, जसले फिल्मको अवतरणलाई सामान्य बनाइदिएको छ। दोस्रो हाफमा पटकथासँग देखाउनलाई खास केहि तत्व नै छैन्।

पटकथापछि फिल्मको अर्को कमजोरी व्याकगराउन्ड म्यूजिक हो। एलिश कार्कीले फिल्मको कथालाई उठाउन बलिउड ‘स्पोर्ट्स ड्रामा’ फिल्म सहित अन्य फिल्मको धून सापटी लिएको स्पष्ट अनुभूत हुन्छ। त्यसले नेपाली परिवेशको कथालाई कमजोर तुल्याइदिएको छ। उनले सिनेमाको कथामा व्याकग्राउन्ड म्यूजिकले राख्ने अर्थलाई ‘भइहाल्छ नि, चलिहाल्छ नि’ भन्ने मनोविज्ञानबाट ध्वस्त बनाइदिएका छन्। उनले कथाको मुड सेट गर्ने संगीत नै सिर्जना गर्न सकेका छैनन्।

त्यस्तै सिनेम्याटोग्राफर हरि हुँमागाईको खिचाइ पर्दामा सफा देखिएको छ तर यसले स्पोर्ट्स ड्रामाको थिमलाई पछ्याएको छैन्, उनले सिनेमा लाइटिङलाई नजरअन्दाज गर्दै  विज्ञापन खिच्दा गर्नुपर्ने लाइटिङलाई प्रयोग गरेकाछन्। फ्रेमिङहरू फिल्ममा राम्रै छन्।

डेब्यू निर्देशक छेतेन गुरूङको निर्देशन ठीकठाक छ। पटकथामा निर्देशक हाबी हुनुपर्नेमा , निर्देशकमाथी पटकथा हाबी भएको छ। पटकथाकारकारूपमा सिनेमा आएका छेतेनले आगामी दिनमा यी कुरमा ध्यान दिनुपर्ने जरूरी छ।

यस्तै फिल्मको शीर्ष भूमिकामा देखिएका खगेन्द्रले आफूलाई केहि फरक देखाउने प्रयास गरेका छन् तर उनले खेलको फिल्ममा आफ्नो शारिरिक संरचनालाई सोही अनुरूप ढाल्न मेहेनत  गर्नुपर्नेमा गरेका छैनन्। उनले यस्ता कुरामा ध्यान दिन जरूरी थियो। त्यस्तै आशान्त शर्मा फिल्ममा चाहिनेभन्दा ‘लाउड’ छन्। अनुप बराल आफ्नो भूमिकामा स्वभाविक देखिएका छन्।  मेनुका प्रधान, बुद्धि तामाङ, लक्ष्मी बर्देवाले आफ्नो पात्र सहाउँदो अभिनय गरेका छन् भने खेलाडीका रूपमा अंकित खड्काको पर्दामा खेलाडी ‘एग्रेसन’ स्मरणिय छ। थोरै समयको भूमिका भएपनि उनी ‘मार्क’ हुन्छन्।

संमग्रमा फिल्मले नेपाली कथालाई पर्दामा पस्कने प्रयास गरेको छ। धेरै उस्तो ध्यान नदिने विषयमाथि फिल्म बनाउने सोचलाई तारिफ गर्नैपर्छ। फिल्मभित्र रहेका विभिन्न सिनेमागत त्रुटिका बाबजुत कलाकारको अभिनय र डण्डीवियो खेल्दै हुर्किएका पुस्तालाई फिल्मले ‘नोस्टाल्जिया’मा पुर्‍याउँछ।

‘नोस्टाल्जिया’को मज्जा दिलाउने हुनाले फिल्म हेरिरहँदा उस्तो पट्यार लाग्ने चाँहि छैन् तर अपेक्षित मज्जाचाँहि प्राप्त हुँदैन। फिल्म सकिइसक्दा के नपुगेको नपुगेको अनुभव दर्शकले गर्दछन्। डण्डीबियोको नोस्टाल्जियामा पुग्न चाहनेहरूले हेर्दा फरक पर्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?