Logo
२४ माघ २०७९, मंगलवार
Logo
कारोलिनास जुनियर स्टार क्रिकेट लिग

सिद्धार्थको शानदार जित


बुटवल, १ मंसिर ।

रुपन्देहीमा जारी कारोलिनास जुनियर स्टार क्रिकेट लिग २०७९ प्रतियोगितामा सिद्धार्थ वरियर्स विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदह क्रिकेट मैदान बिहीबार भएको खेलमा सिद्धार्थले जिबिआईसिए सैनामैना माथि ६२ रनको जित निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको सिद्धार्थका ब्याट्सम्यानहरु ३१ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ५८ रनको लक्ष्य खडा गरेको थियो । सिद्धार्थका अभिषेक यादवले ५२ बलमा ४५ रन तथा ईरफान अलि खानले १८ बलमा ३१ रनको योगदान दिएका थिए । सैनामैनाका सोनु मल्लले ६ ओभर बलिङ गर्दै ४८ रन खर्चेर ३, उदय मनरिया र अमित अधिकारीले समान २–२ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछ्याएको सैनामैनाका ब्याट्सम्यानहरु २६ ओभरमा सबै विकेट गुमाएर केवल ९६ रनमा रोकियो । उसका लागि सन्तोष साउदले २६ बलमा २१ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कम स्कोरमा रोक्न सिद्धार्थका अर्जुन करुषले ६ ओभर बलिङ गर्दै २ मेडनसहित १७ रन खर्चेर ५ तथा ब्रिजेश थारुले २ विकेट लिएका थिए ।

खेलमा सिद्धार्थका अर्जुन करुष म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कार तथा स्थानीय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको गौचनले बताए । स्थानीय पालिकाहरुबाट यु १९ उमेर समुहका प्रत्येक टिमको २० खेलाडीहरु छनौट भएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वारियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बीचमा खेल भैरहेको छ । शुक्रबार ओमसतिया स्टार्स र बुटवल युनाईटेडका बीचमा खेल हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी