ट्रेंडिंग:

>> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा
विशेष समाचार

यसरी हुँदैछ रुपन्देहीमा पूर्वाधार विकास

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

बुटवल, ३० कात्तिक ।

दश वर्षअघि बुटवलदेखि भैरहवा पुग्न एक घण्टा लाग्थ्यो । गौतम बुद्धको जन्मस्थल जान लालायित पर्यटक साँघुरो सडकका कारण दिक्क हुन्थे । त्यसमाथि पुराना र थोत्रा बसको यात्राले भैरहवा पुग्ने यात्रुहरुको यात्रा पट्यार लाग्दो हुन्थ्यो । तर, अहिले बुटवलदेखि बेलहिया सम्मको सडक ६ लेनको बनेपछि आवागमन सहज भएको छ ।

डक फराकिलो भएपछि बुटवल–भैरहवाको दूरी छोटिएको छ । अहिले २० मिनेटमै बुटवलदेखि भैरहवा पुग्न सकिन्छ । फराकिलो सडक, डिभाइडरमा राखिएका गौतम बुद्धका मुर्ति र रङ्गिचङ्गी फूलहरुले सडक सुन्दर देखिएको छ । फराकिलो बनेको बुटवल– बेलहिया सडकले रुपन्देहीको रुप फेरिएको छ । सडक मात्रै होइन, रुपन्देहीमा पछिल्लो दशक यता पूर्वाधार विकासले उल्लेख्य फड्को मारेको छ । कतिपय ठूला आयोजना सम्पन्न भएका छन् भने कतिपय निर्माणाधीन छन् ।

पूर्वाधार विकासकै कारण रुपन्देही देशकै नमुना जिल्ला बन्दै छ । निर्माण सम्पन्न भएका र सुरु भएका दर्जनौ योजनाको कार्यान्वयनले विकासको नमुना र अगुवा जिल्लाका रुपमा रुपन्देहीको रुप फेरिँदै गएको हो । पछिल्लो डेढ दशकलाई तुलना गरेर हेर्दा जिल्लाले विकासमा छलाङ मारेको छ ।

यो क्षेत्र विकासकलाई यो उचाइमा पुर्याउने जस यहाँका जनप्रतिनिधिलाई नै जाने गर्दछ । विकासको बलियो जग बसालेका विष्णु पौडेल पटकपटक अर्थमन्त्री तथा मन्त्री हुँदाको फाइदा जिल्लाले पाएको यहाँका मतदाताको भनाइ छ । उनै पौडेल पुनः प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् । यो क्षेत्र नं २ मात्र नभई समग्र रुपन्देहीबासीका लागि खुशीको कुरा भएको बताउँछन् बुटवल– १३ का अगुवा तुलसीराम पौडेल ।

जिल्लामा सुरु भएका योजनाको पूर्णता र नयाँ योजनाको थालनी गर्न अहिलेको अवस्थामा पौडेलको विकल्प नभएको उनको भनाइ छ । “पार्टीभित्र मात्रै होइन अरु पार्टीमा समेत पौडेललाई टक्कर दिने नेता छैनन्”, तुलसीराम भन्छन् ।

पौडेलकै नेतृत्वमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरण सम्पन्न भई सञ्चालनमा आएको छ र दोस्रो चरणको निर्माणकार्य सुरु हुँदैछ । बिमानस्थल निर्माणले यो क्षेत्रका उद्योगी व्यवसायी हौसिएका छन् । यसको दीर्घकालीन योजना बनाएर निरन्तर अन्तर्राष्ट्रिय उडान हुने हो भने रुपन्देहीले विकास ठूलो फड्को मार्ने बताउँछिन् लुम्बिनीका पर्यटन व्यवसायी मिरा गौतम ।

पौडेल रुपन्देहीबाट पहिलोपटक प्रतिनिधिसभामा चुनिएपछि बुटवल–बेलहिया छ लेन सडक, निर्माण सुरु भएको थियो । अहिले यो सडक हेर्न लायक बनेको छ । चौराह गोलपार्क सडक मुद्दामामिलाका कारण निर्माणकै क्रममा रहेपनि चौराहादेखि बेलहियासम्मको सडक निर्माण पूरा भएपछि बुटवल भैरहवाको दूरी छोटिएको छ ।

भुमही–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुलहरू, बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तामनगरमा कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईपी) को स्थापना, शंकरनगर वनवाटिकामा बुहउद्देश्यीय भवन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रमा अनेकौँ पूर्वाधारहरू निर्माण हुनुले यो क्षेत्र विकासको अगुवा नै बनेको छ । सैनामैना चक्रपथ र बेलबास–बेथरी सडकको अधिकांश काम सम्पन्न भएको छ । कालिका पथ, बुटवल–नारायणघाट छ लेन सडक, तटबन्धसहितको तिनाउ–दानव कोरिडोर सडक, लुम्बिनी गुरु योजना, कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना, सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ ।

तिनाउ नदीमा सिग्नेचर पुल, बुटवल–गोरुसिङ्गे–चन्द्रौटा छ लेन सडक, झुम्साखोला खानेपानी आयोजना, तिलोत्तमामा सरकारी स्वामित्वको मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, बुटवल मण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल, देवदहमा बहुविषयक लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि प्रक्रिया थालिएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा स्तरोन्नति, कर्साघाटमा आधुनिक पूर्वाधारसहितको कृषि उपज केन्द्र, ऐतिहासिक बोलबम धामको पूर्वाधार, जितगढी लगायतका पुरातात्विक सम्पदा क्षेत्रको संरक्षण र विकासको कामको थालनी भएको छ ।

सैनामैनामा लामीरह बाँधसहितको पर्यटकीय पूर्वाधार, सैनामैनामै आधुनिक प्रविधिसहितको फोहोर मैला प्रशोधन केन्द्र, विद्युत् प्रसारण लाइन भूमिगत गर्ने कार्य, बिटिआईलाई इन्जिनियरिङ कलेजमा स्तरोन्नति, मोतीपुर औद्योगिक क्षेत्र, मुर्गिया र रामापुरबाट लुम्बिनी जाने सडक, बेलबास–नुवाकोट–दोभान सडक, सैनामैनामा जेष्ठ नागरिक संरक्षण ग्राम र प्राकृतिक चिकित्सालय तथा योग केन्द्र निर्माण, सहरी क्षेत्रमा ओभरहेड ब्रिजसहितको पूर्व पश्चिम रेलमार्ग, कर्णेल उजीरसिंह रङ्गशाला लगायतका आयोजना सम्पन्न हुँदा रुपन्देहीले विकासमा धेरै जिल्लालाई पछाडि छाडेको हुनेछ ।

रुपन्देही –२ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका दृष्टिले देशकै नमुना बनाउने उद्देश्यका साथ विगतदेखि नै पूर्वाधार विकासलाई प्राथमिकता दिँद विभिन्न योजना अघि सारेका छन् ।

संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय र सहकार्यमा यस क्षेत्रका सबै सडकहरूलाई पाँच वर्षभित्र ढल निकास र नालीसहित कालोपत्रे गर्ने योजना पौडेलले प्रतिबद्धता पत्रमा समेटेका छन् ।

निर्माणाधीन अवस्थामा रहेका तिनाउ–दानव कोरिडोर सडक, सैनामैना चक्रपथ, तिलोत्तमा चक्रपथ, कालिका पथ, बेलबास–बेथरी सडक, मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, बेलबास– नुवाकोट–दोभान सडक कालोपत्रेसहित स्तरोन्नती गरिने छ ।

यस्तै ड्राइभरटोल–शिवपुर र ड्राइभरटोल–पडसरी सडक, मेजर रोड, गोलपार्क–गणेशस्था – फूलबारी–जितगढी–बँदेलपोखरी–तामनगर सडक, राजमार्ग चौराहदेखि मेडिकल कलेज जोड्ने अभियानपथ र तपाहा लाईन शिवपुर सडक स्तरोन्नती गरिने छ ।

देवीनगर चौपारी–योगीकुटी शान्तिचोक–पश्चिम पहुनी सडक, रानीबगिया–कचल–रिब्दीकोट सडक, तामनगर–महापुर–पालुङ्ग–बतासे सडक, मुर्गिया–जुठापैवा–बल्डेङ्गगढी सडकलगायतका महत्वपूर्ण सडकहरूको नाली र कालोपत्रेसहित निर्माण र स्तरोन्नति गरिने पौडेलले सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

बुटवल बाईपास तथा लिङ्करोडअन्तर्गत धागो कारखाना– योगीकुटी– मगरघाट–बेलभरिया – कर्साघाट सडक, मिलनचोक–देवीनगर–हात्तीसुँढ–नहरपुर–बेलबास सडक, रङ्गशालापथ, चाँदबारी–शिवनगर सडक, नयाँगाउँ–बेलबास सम्पर्क सडक, मैनाबगर– श्रीरामनगर– जितगढी सडक पूर्वाधार निर्माण सम्पन्न गरिने जनाइएको छ ।

यसअन्तर्गत निर्वाचन क्षेत्रभित्रका अन्य महत्वपूर्ण सडकहरूलाई पनि समावेश गरिने छ । टप मजुवा र बसपार्क जोड्ने तिनाउ नदीमा मोटरेबल पुल निर्माण गरिने पौडेलको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

निर्वाचन क्षेत्रअन्तर्गतका ठाडा खोला, खोल्सी, नहरहरूमा आवश्यकताअनुसार कल्भर्ट निर्माण गरी बस्तीहरूमा यातायातको सुविधा सहज बनाइने छ ।

सहरका आवश्यक स्थानहरूमा प्रतीक्षालय, यात्रु विश्राम स्थलहरू निर्माण गरिने छ । अवस्था हेरी सडक निर्माण गर्दा साइकल लेन तथा अपाङ्गमैत्री संरचना निर्माण गरिने छ । नयाँगाउँ स्थित ट्रान्सर्पोट भिलेजको पहुँच मार्ग र बाँकी पूर्वाधारहरूको निर्माण सम्पन्न गरिने पौडेलको प्रतिबद्धता छ ।

“सुरु भएका योजना पूरा गर्न र नयाँ योजनाको थालनी गर्न म निर्वाचन लडेको छु । यी योजना कार्यान्वयनपछि रुपन्देही विकास हेर्न आउने र सिक्ने थलोका रुपमा परीणत हुने छ”, उम्मेदवार पौडेल भन्नुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np