ट्रेंडिंग:

>> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

सूर्य थापालाई स्थानीयले भने–‘स्वर्गद्वारी सडक पुर्‍याउनु भो, अव फराकिलो पार्नुस्’

२४ कार्तिक २०७९, बिहीबार
२४ कार्तिक २०७९, बिहीबार

स्वर्गद्वारी (प्यूठान), २४ कात्तिक ।

१४ वर्ष अघि प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने सडक थिएन् । भिंगृबाट स्वर्गद्वारी जानका लागि ट्रयाक समेत खुलेको थिएन् । साढे १३ किलोमिटर सडक निर्माणका लागि करोडौँ बजेट लाग्थ्यो । तत्कालीन जिल्ला विकास समितिसँग त्यति धेरै खर्च गर्ने स्रोतको सुनिश्चित हुने थिएन ।

०६६ सालमा तत्कालीन उद्योग वाणिज्य संघका अध्यक्ष स्व.सूर्य बहादुर विश्वकर्मा र संघकै पूर्व अध्यक्ष इमानसिँह भारती सहितको टोली काठमाडौँ पुगेर प्यूठानी एमाले नेता सूर्य थापालाई सँगै लिएर स्थानीय विकास मन्त्री रामचन्द्र झासँग बजेट माग गर्न पुगे । झा एमाले नेता सूर्य थापाका हितैसी साथी थिए ।

जसरी पनि स्वर्गद्वारी आश्रम पुग्ने सडकको ट्रयाक खोल्नुपर्छ भन्ने प्यूठानीहरुको मागलाई मन्त्री झा ले सुनुवाई गरे । एक करोड रुपैयाँ बजेट विनियोजन गरिदिने वाचा मन्त्रीले दिए । तर ७५ लाख रुपैयाँ बजेट आयो । त्यसै बजेटबाट स्वर्गद्वारीको आधार शिविर भिंगृदेखि स्वर्गद्वारी सडकको ट्रयाक खोलियो ।

स्वर्गद्वारी सडक पु¥याउनका लागि योगदान गरेको तत्कालीन एमाले नेता सूर्य थापा आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि प्यूठानबाट उम्मेदवार बनेका छन् । थापाका लागि स्वर्गद्वारीको सडक चुनावी एजेण्डा बनेको छ । आफ्नै पहलमा २५ करोड भन्दा बढी बजेट विनियोजन गरेर सडक कालोपत्रे भएको समेत थापाले दाबी गर्दै आएका छन् ।

स्वर्गद्वारी जाने बाटोको बीचमा पर्ने भिंगृकोटमा आयोजित चुनावी सभामा सहभागी स्थानीयबासीले सूर्यलाई स्वर्गद्वारी सडक पु¥याउन गरेको योगदानलाई खुलेर प्रशंसा गरे । ‘हजुरले गरेको विगतको योगदान हामीले बिर्र्सेका छैनौँ’, भिंगृकोटका स्थानीय दुर्गा केसीले भने, ‘यो बाटोलाई अझै फराकिलो बनाउनुप¥यो ।’ सडक फराकिलो बनाउने सहित स्थानीयले थापासँग आठ बुँदे माग राखेका छन् ।

स्वर्गद्वारीको बृहत्तर विकासका लागि जुनसुकै बेला पनि आफूले सक्रिय भूमिका निर्वाह गरिरहेको थापाले प्रतिवद्धता सुनाए । ‘मन्त्रीसँग बजेट माग्न जाँदा म त्यसबेला मन्त्री थिइन, नेता पनि थिइन, मात्र केन्द्रीय स्तरको एमालेको कार्यकर्ता मात्र थिएँ’, थापाले स्थानीयसँग भने, ‘अबको स्वर्गद्वारी कस्तो बनाउने भन्ने बारेमा लिखित प्रतिवद्धता लिएर तपाईहरुमाझ आएको छु ।’

उनले स्वर्गद्वारी मन्दिर आश्रम पुग्नका लागि निर्माण गरिएको सिँढी अलपत्र परेको अवस्थामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई स्वर्गद्वारी पु¥याएर बजेट विनियोजन गर्न लगाएको समेत स्मरण सुनाए । दुई करोड बजेट विनियोजन भएपछि सिँढी निर्माणको काम पुरा भएको छ ।

स्वर्गद्वारी प्यूठानीको भविष्यसँग जोडिएको पर्यटकीय क्षेत्र भएको थापाको भनाई छ । स्वर्गद्वारीसँग जोडिएको केबुलकार र विमानस्थल निर्माण पनि आफ्नो प्रतिवद्धतामा प्रमुख प्राथमिकतामा रहेको थापाले सुनाए ।

यिनै चुनावी एजेण्डा बोकेर एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले मतदाताको घर घरमा मत माग्न पुगेका छन् । स्वर्गद्वारीका सवै वडामा पुगेर मतदातासँग साक्षात्कार गरिएको थापाले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?