ट्रेंडिंग:

>> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा
मुख्य समाचार

कृषिमा दलको घोषणापत्रः प्रतिवद्धता गुलियो, कार्यान्वयन के होला ?

२४ कार्तिक २०७९, बिहीबार
२४ कार्तिक २०७९, बिहीबार

बुटवल, २४ कार्तिक ।
रुपन्देहीमा आगामी प्रदेश सभा,प्रतिनिधि सभा निर्वाचनको माहोल तात्दै गएको छ । दलहरुले संयुक्त रुपमा र एकल रुपमा घोषणा पत्र समेत सार्वजनिक समेत गरिरहेका छन् । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ का मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले र बाम लोकतान्त्रीक गठबन्धनबाट राष्ट्रिय जनमुक्ति पार्टीका उमेद्बार प्रतिनीधी सभा निर्वाचनमा होमीएका छन् । यता प्रदेश सभा तर्फ एमालेका उमेद्बार दुई वटै निवार्चन क्षेत्रमा रहेका छन् भने बाम लोकतान्त्री गठबन्धनबाट माओवादी केन्द्र र नेपाली काग्रेसका उमेद्बार मैदानमा छन् । रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल क्षेत्र केही शहरी भु–भाग पर्ने भएपनि तिलोत्तमाको केही वडा र सैनामैनाका केही वडाहरु भने कृषियोग्य भुमिकोरुपमा प्रयोग भैरहेका क्षेत्र हुन ।
निर्वाचन क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्म, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र तिलोत्तमा नपाको वडा नम्बर १, २, ३, ४, ५ र ६ लाई समावेश गरिएको छ । दलहरुको घोषणा पत्रमा कृषि क्षेत्रको लागि प्राथमिकीकरणमा न्युनमात्रामा यो क्षेत्र परेको छ । अन्य समयमा नेपाल कृषि प्रधान देश, ६५.५ प्रतिशत भन्दा बढि जनता कृषिबाट आत्मनिर्भर भैरहेको त्यहिबाट नै देशको अर्थतन्त्र चलायमान हुने भनेर भाषण गर्ने दलको घोषणापत्रमा नत शहरीया कृषि प्रर्वद्धनको कार्यक्रम समेटिएको न त कुनै किसानका जल्दोबल्दो समस्या ।
नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर २को घोषणा पत्रमा कृषि क्षेत्रको लागि कृषि र सिंचाईं शिर्षककमा जम्मा ५ वटा बुदा छन् भने गठन्धनको राष्ट्रिय जनमुक्ति र नेपाली काग्रेस, माओवादीको प्रतिवद्धता पत्रमा कृषिमा २ वटा मात्रै बुँदा समेटिएका छन् ।
यता, राष्ट्रिय जनमुक्तिले एकल रुपमा सार्वजनिक गरेको राष्ट्रिय घोषाणमा कृषिक्षेत्रमा जम्मा ३ वटा मात्रै बुदा रहेका छन् । यता रुपन्देहीमा गठबन्धनबाट अल्गीएर प्रत्यक्ष तर्फ नेपाल मजदुर किसान पार्टीलाई सहयोग गरेको तर समानुपातीकामा आफ्नै दलमा भोट माग्दै हिडेको राष्ट्रिय जनमोर्चाले राष्ट्रिय रुपमा सार्वजनिक गरेको घोषणा पत्रमा २ वटा प्याराग्राफमा कृषिको विकास, किसानको हकहित र कृषि जन्य उद्योगको विकास शिर्षककमा उल्लेख गरेको छ ।

घोषणापत्रमा कस्को कस्तो कुरा ?

नेकपा एमालेः नेकपा एमालेले सार्वजनिक गरेको घोषणपत्रको शिर्षक (ज)कृषि र सिंचाई शिर्षककमा ५ वटा बुँदा समेटिएका छन् ।
आर्थिक एवं सहरी केन्द्रका रूपमा विकसित भइरहेको बुटवलदेखि सिद्धार्थनगर, सैनामैनादेखि देवदह र आसपासका ग्रामीण क्षेत्रका गाउँ र सहर बिचको अन्तर आबद्धता सघन बनाइने कुरा उल्लेख छ । यस्तै ग्रामीण क्षेत्रको गुणस्तरीय एवं प्राङ्गारिक कृषि उपज सहरी केन्द्रलाई उपलब्ध गराउने र सहरी केन्द्रले ती उपजहरूको उपभोग गरी ग्रामीण अर्थतन्त्रमा टेवा पु¥याइने व्यवस्था मिलाइने घोषणा पत्रमा उल्लेख छ ।
यस्तै यस क्षेत्रको कृषियोग्य भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराइने छ । सञ्चालनमा रहेका १६÷३६ मौजा,चारतपाहा लगायत सबै सिँचाइ प्रणालीको नियमित मर्मत सम्भार र सञ्चालन गरिने छ ।
बुटवल स्थित हाटबजारलाई स्थानीय तह र व्यवसायीहरूसँगको सहकार्यमा बहुउद्देश्यीय बजार केन्द्रमा विकासगरिने छ । पुरानो बसपार्क स्थित कृषि थोक बजार केन्द्रलाई व्यवस्थित गरिने छ । यस क्षेत्रअन्तर्गतका सबैहाटबजारहरूलाई समेटी एकीकृत बजार केन्द्रमा विकास गरिने उल्लेख छ ।
कृषि उत्पादन, भण्डारण, बजारीकरणको प्रभावकारिता र कृषकहरूको आम्दानीमा उल्लेख्य वृद्धि गर्न बुटवल र सैनामैनाको सीमाक्षेत्र कर्साघाटमा प्रस्तावित राष्ट्रिय स्तरको कृषि उपज केन्द्रको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।
दुध, माछा, मासु, अन्डा, फलफूल, तरकारी, खाद्यान्न, दलहन, तेलहनलगायतका कृषि तथा पशुपक्षीजन्य उत्पादनका लागि कृषि बिमाको व्यवस्था मिलाइने छ । प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गरिने छ । कृषकलाई विषेशषज्ञ सेवाका साथै समयमै रासायनिक मल, बिउ–बिजन तथा यन्त्र उपकरण सुपथ मूल्यमा उपलब्ध गराइने उल्लेख छ ।

यता सत्ता गठबन्धनको तर्फबाट क्षेत्र न २(१)को प्रतिवद्धा पत्रमा आधुनिक कृषि प्रणालीको विकासका लागि मेसिनरी औजारहरु उपलब्ध गराई किसानहरुलाई खेती तर्फ प्रोत्साहन गरिने, सहकारीमार्फत कृषि(कुखरापालन, पशुपालन, माहुरी पालन आदी) क्षेत्रमा लागनीका लागि प्रोत्साहन गरिने कुरा उल्लेख छ । यस्तै सोही गठबन्धनको निर्वाचन क्षेत्र २(२)मा कृषि तथा वातावरण शिर्षककमा रसायनिक र जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने । खेतीयोग्य जमिनलाई आधुनिक तथा व्यवसायिक कृषि क्षेत्रको रुपमा विकास गरी किसानलाई बाली कर्जा र विमा प्रदान गर्ने कर्जामा व्याज अनुदान दिने । तामनगरमा अन्तर्राष्ट्रिय कृषि व्यापार केन्द्र स्थापना गर्ने । एग्रोभेट तालिम केन्द्र स्थापना गरी कृषकलाई तालिमको व्यवस्था गर्ने । पर्यावरणको सन्तुलनका लागी वन क्षेत्रलाई वैज्ञानिक रुपमा संरक्षण र सम्बद्धर्न गर्ने कुरा उल्लेख छ ।
राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय घोषणापत्रमा कृषि तर्फ आगामी ५ बर्ष भित्र कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, हिमाल पहाड तराईका लागि भौगोलीक विशेषता अनुरुपको कृषि तथा जडीबुटी जन्य उद्यम विकास गर्ने, सबै कृषकहरुको कृषि बाली विमा र कृषकको विकाको व्यवस्था सरकारले गर्ने उल्लेख छ ।
यता राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको घोषणपत्रमा किसानको लागि छुट्टै कानून बनाउने, कृषिलाई रोजगारमुखि केन्द्रको रुपमा विकास गर्ने सहितका योजान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?