ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

कार्तिक पूर्णिमामा ‘हजार बत्ति’ बालियो

२२ कार्तिक २०७९, मंगलवार
२२ कार्तिक २०७९, मंगलवार

नवलपरासी, २२ कातिक
जिल्लाको प्रमुख दुई बौद्ध तीर्थस्थलमा कार्तिक पूर्णिमा हजार बत्ति बालेर मनाइएको छ । बौद्ध संस्कृतिमा कार्तिक पूर्णिमाको दिनलाई पनि भब्य रुपमा उत्सवको रुपमा मनाईदै आएको हँुदा यो बर्ष देखि यी प्रमुख दुई बौद्ध तीर्थ स्थलमा हजार बत्ति बालेर मनाइएको हो ।

पिस क्लब इन्टरनेशनलको आयोजनामा स्तुपा परिसरमा हजार बत्ति बालिएको थियो भने अनोमाघाटमा सुस्ता गाउपालिकाकै आयोजनामा हजार बत्ति बाल्ने कार्यक्रम भएको थियो । भगवान गौतम बुद्धको अस्तुधातुमा प्रार्थना गरी हजार बत्ति बालिएको क्लबका अध्यक्ष शम्भु उपाध्यायले जानकारी गराए । “यो पहिलो कार्तिक पुर्णिमा उत्सव हो” उनले भने, अगामी दिनमा यसलाई अझै भब्य बनाउदै लैजान्छौ । अगामी बर्षमा मेलाको समेत आयोजना गरिने छ ।

त्यसैगरी सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तीर्थस्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउँपालिकाले गरेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । परापुर्वकाल देखि कार्तिक पूर्णिमामा मेला लाग्दै गएको तर पछिल्लो समय बौद्ध तिर्थ स्थलको रुपमा अनोमाघाट त्यही भएको घोषणा पश्चात बौद्ध मान्यता अनुसारका कार्यक्रम थपिने क्रममा यो बर्षदेखि पुर्णिमाको साझ हजार बत्ति बाल्ने कार्यक्रम राखिएको गाउपालिकाले जनाएको हो ।

नेपालको बोधगयाको रुपमा संसारभरि चिनाउने उद्देश्यले गाउँपालिकाद्वारा विभिन्न कार्यक्रम हुदै आएको छ । अहिलेको कार्तिक पुर्णिमा बौद्ध मान्यता अनुसार धेरै महत्वपुर्ण दिन रहेकोले त्यसलाई ब्यापकता दिनका लागि हजार बत्ति बाल्ने कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । “गाउपालिकाबासीलाई सो घाटमा पुगेर बत्ति बाल्ने कार्यक्रममा सहभागी हुनका लागि आह्वान गरिएको थियो”– प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, “यो पवित्र कार्यमा पालिकाबासी उत्साहित भएर सहभागिता जनाएका थिए ।” हजार बत्तिको अर्थ भगवान बुद्धको संघमा एक हजार जना साधु दिक्षा लिएर भिच्छु बनेको दिन हो । ती हजार जना भिच्छु पछि बुद्धको शिक्षा अनुसार ध्यान (विपश्यना) अभ्यास गरेर पछि अरहन्त(मुतm) भएको बौद्ध इतिहासमा उल्लेख छ ।

सारनाथमा पाँच वर्गीय भिच्छुलाई धम्म चक्र पर्वतन चलाए । सिद्धार्थ गौतम बुद्ध हुनु पुर्व मगधका तत्कालिन सम्राट बिम्बिसारलाई बुद्धत्व (ज्ञान) प्राप्तीपछि त्यो ज्ञान सबै भन्दा पहिला सम्राट बिम्बिसारलाई दिने वचन दिएका थिए । सो वचन पुरा गर्नका लागि बुद्ध सारनाथबाट कार्तिक पुर्णिमाका दिन ज्ञान दिन तत्कालिन मगधको राजधानी राजगिर जाने क्रममा नदी कश्यप, उर्वेला कस्यप र गया कश्यप तीन जना जटिल ऋषि सहित उनका शिस्यलाई समेत सो ज्ञान बाटोमा दिदै भिच्छु संघ बनाए । ती ऋषिका क्रमशः ५ सय, ३ सय २ सय शिष्य थिए । ती सबै जना बुद्धबाट दिक्षा लिएर भिच्छु बनेका थिए । एकै दिन १ हजारको संख्यामा साँधुहरु भिच्छु भएको दिन कार्तिक पुर्णिमाको दिन थियो । तीनै एक हजार भिच्छुलाई लिएर भगवान बुद्ध सम्राट बिम्बिसारको दरबारमा पुगेका थिए । सम्राट विम्बिसारले भगवानको स्वागतमा पुरै राजगिरमा दिप जलाउन लगाएका थिए । भोजदान गरेका थिए । सोही दिन सम्राट विम्बिसारले भोजनदान पछि भगवानलाई बेलुबन उपहारमा पनि दिए । सोही स्थानमा भिच्छुहरुको बासका लागि बेलुबन विहार बनेको थियो । भारत, श्रीलंका, म्यानमार, थाईलैण्ड लगायतका विभिन्न देशमा कातिक पुर्णिमालाई विभिन्न कार्यक्रम गरि बौद्ध विहारहरुमा कार्यक्रम हुने गरेको छ । बुद्धको तिनै शिक्षालाई प्रवाह गर्ने गरि विश्व शान्तिको स्रोतको रुपमा अनोमाघाटलाई विकास र पहिचानका लागि कार्यक्रम गर्ने क्रममा यो बर्षदेखि कार्तिक पुर्णिमाको दिन ति एक हजार भिच्छुहरु बुद्धको ज्ञान पाएर जरामरणबाट मुतm भएको दिन सम्झदै हजार बत्ति बाल्ने कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

गत असार पुर्णिमामा पनि सिद्धार्थ गौतम गृहत्याग गरी यो अनोमाघाटमा पुगेर कपाल मुण्डन गरी राजसी पोशाक त्याग गरी सन्यास धारण गरेर बोद्धीको खोजीमा लागेको दिन सम्झदै स्थानिय र श्रद्धालुहरुले कपाल मुण्डन गरी असार पुर्णिमा मनाएका थिए । अहिले कार्तिक पुर्णिमामा हजार बत्ति बाल्ने कार्यक्रमले अनोमा घाटलाई थप उचाईमा पुर्याएको उनले विश्वास ब्यतm गरेका थिए । अनोमाघाटमा कम्तीमा पनि असार पुर्णिमा र कार्तिक पुर्णिमालाई भब्यताका साथ मनाउने कार्यले संसारका बौद्धहरुको आकर्षण बढ्दै गएको छ । सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कदा कोलिय राज्यको अन्तिम सिमा अनोमा नदी किनारमा पुगे पछि उनको कन्टक घोडा ठढा भयो,त्यही बेला देखी स्थानिय स्तरमा ठाढीघाटको रुपमा चिनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?