ट्रेंडिंग:

>> बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित) >> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई

कर्मचारी समायोजन र कानुनी त्रुटी

११ भाद्र २०७५, सोमबार
११ भाद्र २०७५, सोमबार

काशी राम आचार्य

नेपालको संविधानमा उल्लेखित ७५६ स्थानीय तह ७ प्रदेश र १ संघ गरी जम्मा ७६१ वटा तह तर्जुमा गरेको छ । हरेक स्थानीय सरकार वा आफु मातहतका जनप्रतिनिधिहरू आफुलाई आवश्यक पर्ने कर्मचारीहरूको सुची तयार पारी दरबन्दी स्वीकृत गर्नुपर्दछ । शाखा निजामति किताबखानामा दर्ता गरेपछि मात्र दरबन्दी खाका तयार भएको भनिन्छ । दरबन्दी चार्ट अनुसार केन्द्रीय सरकारमा भएका कर्मचारीहरू समायोजन प्रकृया निष्कर्षमा पुगेपछि मात्र संघ प्रदेश र स्थानीय तहमा विधि र पद्दति अनुसार समायोजन हुने र बाँकी लोकसेवा आयोगमार्फत पदपूर्ति गर्नुपर्नेमा हालसम्म दुबै तहमा कार्य हुनसकेको छैन । संबिधानमा स्थानीय सेवाको व्यवस्थापन उल्लेख छ भने अर्को महलमा प्रदेश निजामति सेवा भन्ने उल्लेख भएको छ । यसको अर्थ हुन्छ आफ्ना मातहतका सरकारलाई अधिकार दिएको बुझिन्छ । अर्को संघीय निजामति सेवा, न्याय सेवा र अन्य सरकारी सेवा संघको अधिकार सूचिमा रहेको छ । संघको संघीय निजामति सेवाको भाग संरचना स्वीकृत गर्दछ । संघमा मात्र अधिकार भएको बुझिन्छ ।
केही समय अघि समायोजनको लागि एक तह बढुवा भन्ने आम कर्मचारीहरूको मागलाई सरकारले अस्वीकार ग¥यो । कर्मचारीहरूले त्यो माग राख्दा सरकारबाट छलफल नभएको कारण पनि यस्तो हुन सक्छ । समायोजन भनेको नयाँ बन्ने दरबन्दीमा पदस्थापना नयाँ दरबन्दीमा काज खटन पटन वा सबै कर्मचारी खटिएको ठाउँमा रहने वा संघको कुल दरबन्दीमा रहने गम्भीर विषय बनेको छ । यदि समायोजनलाई पदस्थापनाका लागि मात्र लिने हो भने र त्यहाँबाट वृत्ति विकास र संघ प्रदेश र स्थानीयमा सरुवा गरी वा बढुवा गरी जान नपाउने हो भने समायोजन कर्मचारीलाई घातक बन्न सक्छ । कर्मचारीको वृत्ति विकास सम्बन्धि सीमित ठाउँ नभनी खुला राख्नु पर्दछ । र, कर्मचारीको मनोबल बढ्न सक्छ । लोकसेवा आयोगबाट सेवा प्रवेश गर्दा कुन कुन सेवा सर्त र के कति वृत्ति विकास भन्ने कुरा निसेनिले व्यवस्था गरिएको छ । त्यो नियम कानुनभन्दा बाहिर रहेर कुनै कर्मचारी समायोजन स्वीकार गर्न सक्दैन । कुनै कर्मचारी स्थानीय तह वा प्रदेशको नयाँ दरवन्दीमा पदस्थापनामा यदि जान चाहन्छ भने पदस्थापना गर्न सकिन्छ । तर, सहमति वेगर काम काज गर्न पठाउन सकिँदैन । पदस्थापना गरी वृत्ति विकासका अबसरबाट वञ्चित गर्न हँुदैन ।
नेपालको संबिधानको भाग ३३ मा संक्रमणकालीन व्यवस्था भनि किटान गरेको छ । धारा ३०२ मा प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरूको गठन र सञ्चालन सम्बन्धी ब्यवस्था गरेको छ । जसअनुसार प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न नेपाल सरकारले आवश्यक व्यवस्थापन गर्ने र संक्रमणकालीन अवस्थामा संविधान प्ररम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी संक्रमणकालिन सेवा प्रवाहको ब्यबस्था मिलाउन सक्ने ब्यबस्था छ । उक्त व्यवस्थाको अध्ययन गर्दा संविधानले कर्मचारी समायोजन भनेको साविक कर्मचारीलाई नयाँ दरबन्दीमा ब्यबस्थापन गर्ने नभएर सम्बन्धित स्थानीय तह र प्रदेशमा कर्मचारी नआउन्जेलसम्मका लागि साविकमा कर्मचारीबाट सेवा प्रवाह गर्ने भन्ने अध्ययनले देखाउँछ । अब कर्मचारी समायोजन सम्बन्धमा समायोजनलाई देशको जुनसुकै निकायमा काम काज गर्न खटाइए पनि दरबन्दी संघकै निगरानीमा रहन्छ ।
जुनसुकै निकायमा काम काजका लागि खटाए पनि सृजना हुने वृत्ति बिकास वढुवा आन्तरिक निकायमा सहभागी हुने व्यवस्था भएमा सरुवा बढुवा लगायतका वृत्ति विकासका अबसर स्थानीय तह र प्रदेशमा भन्दा संघमा फराकिला छन् । साविकका कर्मचारीलाई संविधानको ३०२ बमोजिम संक्रमणकालिन सेवा ब्यबस्थापनको क्रममा काम काज गर्न कर्मचारी खटाइएको भनि समायोजन कानुनले बोल्नु पर्छ । नेपाल सरकारका कर्मचारी दरबन्दी संघको पुलमा रहने र आवश्यकता अनुसार स्थानीय तह, प्रदेशमा सेवा व्यवस्थापनमा खटाउने अब वन्ने कानुनमा उल्लेख गर्नु पर्छ । अर्को महŒवपूर्ण विषय हो खुला पद पूर्ति । संघ प्रदेश र स्थानीय तह दरबन्दीहरू स्वीकृत भई किताब खानामा दर्ता नभएसम्म खुल्ला पद पूर्ति बन्द गर्दा समस्याको छिटो निकास निस्कन्छ । समस्या समाधानका लागि यो कुरा उल्लेख गर्नु जरुरी पनि छ । साविकमा कायम रहेका कर्मचारीका लागि बढुवा र आन्तरिक प्रतियोगिता व्दारा पद पूर्तिको प्रकृयालाई भने निरन्तरता दिनु पर्छ । खुला प्रतियोगिताद्वारा पद पूर्ति गर्ने कुन प्रदेश र कुन स्थानीय तहका लागि हो तोकेर विज्ञापन गर्दा प्रभाव राम्रो पर्छ ।
नयाँ भर्ना हुने कर्मचारीलाई फेरि समायोजनको प्रकृयामा जान पर्दैन । आम कर्मचारीको सेवा प्रभाबलाई सुचारु गर्न खटिएको ठाउँमा गई काम काज गर्न तयार छौँ । तर, वृत्ति विकासका अवसरलाई समेत ख्याल गर्दै प्रदेश र स्थानीय तहमा नयाँ दरबन्दीमा पदस्थापना यही कानुनबाट सम्बन्धित कर्मचारीको समेत सहमति हुनुपर्छ ।((लेखकः नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np