ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

१९ वर्षीया पद्मा सुनार हत्याका अभियुक्त सार्की सार्वजनिक

१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार

पाल्पा, १६ चैत ।

पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको विभत्स हत्या अभियोगमा प्रहरीले सागर भनिने देवलाल सार्कीलाई सार्वजनीक गरेको छ । गत मंगलबार सुनारको धारिलो हतियारको प्रयोगबाट हत्या भएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी हत्यामा संलग्न भएको भन्दै शुक्रबार छिमेकी लप्सीखोलाका १९ वर्षीय सार्कीलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा सार्कीलाई निगरानीमा राखी घटना भएको पछिल्लो दिन नै नियन्त्रणमा लिएको थियो ।

घटनास्थलबाट प्रहरीले हत्याको समयमा प्रयोग भएका सामग्री बरामद गरी अभियुक्त सार्कीसंगै सार्वजनिक गरेको छ । उनको घरबाट रगत लतपतिएको कपडा र धारिलो हतियार फेला परेको छ । गोठबाट मृतकको मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।

सुनारको गत मंगलबार दिउँसो १२ बजे विभत्स हत्या भएको थियो । सामान्य विवादका कारण आवेग थाम्न नसकी धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी समक्ष अभियुक्त सार्कीले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए ।

घटनापछि प्रहरीले अभियुक्त सार्कीलाई सुक्ष्म अनुशन्धानको निगरानीमा राखेका कारण अभियुक्तलाई पक्राउ गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

घरभन्दा केही पर एकान्त जंगलमा सुनारमाथि धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । देवलालको घर नजिकै रहेको धारामा पद्मा नुहाउन र लुगा धुन गएकी थिइन् । उनीहरूबिच सामान्य विवाद भएको प्रहरी उपरीक्षक चन्दले बताए ।

शंकाको आधारमा घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो । मृतक पद्माका बुवा दलबहादुर सुनारले हिजो नै किटानी जाहेरी दिएका छन् । शुक्रबारै मुद्दा दर्ता गरेर म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ९ बजे नुहाउन गएकी उनी दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवार तथा छिमेकीहरुले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरभन्दा केही टाढा रहेको बाटो मुनी उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । उनको हातका औंला, पाखुरा, घाँटीमा धारिलो हतियार प्रयोग गरी काटिएको छ । शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । देवलाल गाउँघरमा पहिलेदेखि नै आपराधिक मनोवृत्तिका भएको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?