ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु

१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

बुटवल, १५ चैत । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिहरुलाई लक्षित गरि आईयूआई (इंट्रा यूटेराईन इन्सेमिनेशन) सेवा शुरु भएको छ । अस्पतालमा प्रसुती सेवा अन्तरगत आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ गरिएको हो । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले बताए ।

रुपन्देहीको सैनामैनाकी ३१ वर्षीया महिलामा आइयूआई प्रविधि प्रयोग गरि सेवा शुभारम्भ गरिएको छ । विगत १ महिनादेखि उपचार गराईरहेकी ती महिलाको औषधी सेवन तथा उपचार पद्दतीबाट सन्तान प्राप्ति नहुने भएपछि आइयुआई पद्दती प्रयोग गरिएको महिला तथा प्रसुती रोग विशेषज्ञ डा. बबिता थापाले बताईन । डा. थापाका अनुसार महिलाको पाठेघर ठीक भएको अवस्था र पुरुषको शुक्रकीटमा समस्या भएमा सुरुमा आइयूआई विधि अपनाइन्छ । यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो । यो पद्दतीमा पुरुषको शुक्रक्रिटलाई सफा गरेर गुणस्तरीय बनाएर महिलाको पाठेघरमा राख्ने गरिन्छ । तर यो विधिको सफलता दर भने १५ देखि २० प्रतिशतमात्रै रहने गर्दछ । यो विधिबाट पनि बच्चा नभएकालाई आइभिएफ विधिमा जानुपर्ने उनी बताउँछिन । अस्पतालमा आइभिएफ प्रविधिको सेवा नभए पनि सरकारको योजना अनुसार यो सेवा समेत निकट भविष्यमै थप हुने उनले विश्वास गरिन् ।

डा. थापाका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक ढाई सयदेखी ३ सय जनाले प्रसुती सेवा लिने गरेका छन् । दैनिक ३० देखि ४० जना शिशुको जन्म हुने गर्दछ । यसै गरि दैनिक ८/१० जना दम्पत्ति निसन्तानपनको समस्या लिएर आउने गरेका छन् । समयमै उपचारमा जान सके निसन्तानपनको समस्या कम हुने बताउने उनले ९० प्रतिशत समस्या औषधी सेवन तथा उपाचार पद्दतीबाट समाधान हुने गर्दछ भने १० प्रतिशत समस्याका लागि आइयुआई, आईभिएफ लगायतका प्रविधि प्रयोग गर्नुपर्ने उल्लेख गरिन् । डा. थापाका अनुसार निसन्तान भएका करिब ६० प्रतिशतलाई आईयूआईको सल्लाह दिइन्छ । उनीहरुमा आईयूआई गर्दा गर्भाधारण दर १२ देखि २० प्रतिशत मात्र छ र पुरुषको शुक्रक्रिटको क्वालिटी (गुणस्तर) र संख्या कम भएका व्यक्तिलाई आईयूआई गरिन्छ । प्रति मिलिलिटर (एमएल) वीर्यमा शुक्रक्रिटको संख्या १५ मिलियन भन्दा बढी हुनुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np