ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा

१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

बुटवल, १५ चैत– रूपन्देहीमा ‘दलित ज्ञान उत्सव’ सुरु भएको छ । दलित रिडर्स तथा तिलोत्तमा नगरपालिकाको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको उत्सवमा दलित ज्ञान, सीप एवं श्रमसम्बन्धी छलफल तथा जातीय विभेदका विभिन्न शीर्षकमा अन्तक्र्रिया गरिनेछ ।
उत्सवको उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिका जातीय विभेद अन्त्य गर्नेतर्फ अघि बढिरहेको बताए ।

उनले नगरपालिकाले दलित रणनीति नै निर्माण गरी पालिकाभित्र सामुदायिक सहिष्णुता कायम गर्न लागिपरेको बताए । त्यस्तै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले यस प्रकृतिका कार्यक्रमले सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण योगदान दिने हुनाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिएर सामाजिक समावेशीकरणमा सहकार्य गर्दै दलित समुदायलाई अवसरमा पहिलो प्राथमिकीकरण दिनेगरी नगरपालिकाले भूमिका निर्वाह गर्ने बताइन् ।

कार्यक्रममा दलित रिडर्सका अध्यक्ष रुकमणि नेपालीले दलित आन्दोलनको नयाँ इतिहास कोर्दै जात व्यवस्थाले निर्माण गरेको सामाजिक विभेद अन्त्य गर्न कार्यक्रम गरिएको बताइन् । उनले दलित श्रम, सीप र उद्यमको उदाहरण समाजमा पस्किन समेत उत्सवले सघाउने जनाइन् ।
यस्तो उत्सव देशमै पहिलो पटक हुन गइरहेकाले हरेक प्रदेशबाट आउने वक्ता वा सहभागीले दलित र गैरदलितबीच राखिने असमान व्यवहारलाई हटाउन सघाउने विश्वास लिइएको बताइन् ।

नेपाली समाजको सामाजिकीकरण र गतिशीलताका लागि दलित समुदायको महत्वपूर्ण योगदान रहे पनि श्रम, सीप र उद्यमशीलतासँग जोडिएको दलित ज्ञानको उचित सम्मान, संरक्षण र प्रवद्र्धन हुन नसकिरहेकाले उत्सव गर्न लागिएको उनको भनाइ छ । कार्यक्रममा विभिन्न शिर्षकमा डाईलग बहस समेत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?