ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

उत्कृष्ट नतिजाको अग्रिम शुभकामना

१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

आज बिहीवारदेखि २०८० सालको एसईई सुरु हुँदैछ । एसईई दिने सम्पूर्ण परिक्षार्थीहरूलाई अग्रिम शुभकामना । पहिलेको एसएलसी अहिलेको एसईईलाई फलामे ढोका भनिन्छ । एसईई परिक्षा विद्यार्थीका लागि नयाँ गोरेटो कोर्ने र नयाँ शैक्षिक जीवनको खोजी गर्ने अवसर अनि माध्यम हो । एसईई परिक्षापछि विद्यार्थीहरूको भविष्य र रोजाई एकसाथ सुरु हुन्छ । अर्थात उनीहरूको पढाईको क्षमता, स्तर अनि नतिजा अनुसार आ–आफ्नो शैक्षिक क्षेत्रमा जाने अवसर पाउँछन । त्यही भएरपनि एसईईलाई फलामे ढोका अथवा नयाँ शैक्षिक अवसर सिर्जना गर्ने माध्यम भनिएको हो । वि.सं १९९० मा पहिलो पटक सञ्चालन भएको एसएलसी मुलुक सङ्घीयतामा रूपान्तरण भएपछि केही वर्षअघिदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नाममा सञ्चालन भइरहेको छ । एसईई परीक्षामा यो बर्ष देशभरिका करिव पाँच लाख ३५ हजार परिक्षार्थी सहभागी हुँदैछन् । यो बर्षदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुने भएकोले पनि यो परिक्षा धेरै महत्वपूर्ण छ । परीक्षालाई समयानुकूल अनुशासित, मर्यादित तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने दिशामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डले आफ्नो तर्फबाट गरी आएको भूमिका तथा व्यवस्थापनका सवालमा अन्य सरोकारवाला निकायको सहकार्यसमेत अपरिहार्य छ । विशेषतः परीक्षाका सामान्य मूल्य मान्यतालाई कायम राख्ने, परीक्षार्थीमैत्री तथा भयरहित वातावरणमा परीक्षा सञ्चालन तथा व्यवस्थापनमा तल्लो तहमा केन्द्राध्यक्ष र निरीक्षकदेखि उपल्लो तहका निकाय र पदाधिकारीको समन्वयात्मक सहकार्य न्यूनतम आधार रहन्छ ।

सामान्यतः दुर्गम तथा पहाडी क्षेत्रका केही ठाउँ तथा तराई क्षेत्रमा परीक्षाको न्यूनतम मर्यादा र मूल्यलाई कायम गर्ने दिशामा विगतका अनुभवलाई मनन गर्दै थप मर्यादित र अनुशासित बनाउने कार्यमा शिक्षा मन्त्रालयको पहल आवश्यक छ । धेरै पछि हाम्रो शिक्षा प्रणालीमा सुधार भएको छ । अहिले विद्यालय शिक्षाले १२ कक्षाको परीक्षालाई विद्यालय तहको शिक्षाको अन्तिम परीक्षाको रूपमा ग्रहण गरेको छ । त्यस अर्थमा भन्ने हो भने १० कक्षा उत्तीर्ण परीक्षाको रूपमा एसईई नै हो र त्यसै अनुसार अघि बढ्नु जरुरी छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने १२ कक्षाको परीक्षा विद्यालय तहको अन्तिम परीक्षा हो र तत्पश्चात उच्च शिक्षाको प्रारम्भबिन्दु सुरु हुन्छ । अधिकांश मुलुकका शैक्षिक प्रणालीको अभ्यास पनि यही हो । मुलुक संघीयतामा गईसकेपछि परीक्षाको व्यवस्थापन, अनुगमन, सञ्चालन लगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भनिएपनि परीक्षाको जिम्मा राष्ट्रिय परीक्षा बोर्डमाथि नै छ । परिक्षाको सम्पूर्ण तयारी पूरा भैसकेको अवस्था छ । विद्यार्थीहरूले उच्च मनोबलका साथ परिक्षामा सहभागी भएर आफ्नो भविष्यको गोरेटो कोर्नेछन भन्ने विश्वास गरिएको छ । परीक्षालाई अनुशासित, मर्यादित तथा मूल्यनिष्ठ रूपमा यसको गरिमा र साखलाई कायम गर्ने दिशामा सम्बन्धित सबैको सहकार्य र समन्वयात्मक भूमिका अपरिहार्य छ । अझैपनि एसईईलाई हाउगुजी बनाउने गरिएको छ । उच्च शिक्षाको गुणस्तरको जग नै विद्यालय शिक्षा भएकाले प्रथमतः विद्यालय शिक्षाको सर्वतोमुखी सुधारमा सरकारको ध्यान जानु जरुरी छ । नेपाल सरकार, सम्वन्धित बिद्यालय र विद्यार्थीहरूले पनि एसईईलाई मर्यादित र जिम्मेवार बनाउनेतर्फ पहल गरुन् । अर्कोतर्फ परिक्षार्थीहरूले एसईईलाई हाउगुजीका रूपमा रूपमा लिनु हुँदैन । मेहनत र परिश्रमका साथ परिक्षा दिएमा सफलता प्राप्त हुन्छ भन्ने आत्मविश्वास विद्यार्थीहरूले राख्नुपर्दछ । परिक्षामा सहभागी हुने सवै विद्यार्थीहरूमा सफलताको शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np