ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ?

पुल निर्माणको क्रममा दुई पटकसम्म निर्माणको अन्तिम चरणमा पुगेको पुल भाँचियो । सात वर्षसम्म पुल निर्माण हुन नसक्दा त्यस क्षेत्रका नागरिकले बर्षांैदेखि समस्या भोग्न बाध्य छन ।
१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

गुल्मी, १५ चैत । जिल्लाको मुसिकोट नगरपालिकाको बडिगाढ खोला अन्तर्गत झेँदीमा पुल बन्ने आशै आशामा सात वर्ष बितिसकेको छ । २०७३ सालमा तत्कालिन जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो । पुल निर्माणको क्रममा दुई पटकसम्म निर्माणको अन्तिम चरणमा पुल भाँचिएपछि सात वर्षसम्म पुल निर्माण हुन नसक्दा त्यस क्षेत्रका नागरिकहहरूले बर्षौंदेखि समस्या भोग्न बाध्य छन ।

दुइ पटकसम्म ढलान गर्दै गर्दा भाँचिएको पक्की पुलको यतिबेला डिजाईन परिवर्तन गरी तेश्रो पटक पुन निर्माण कार्य शुरु गरिएको छ । डिजाईन परिबर्तनपछि स्टल ट्रस ब्रिज निर्माणको काम शुरु गरिएको छ । मुसिकोट नगरपालिका अन्तर्गत वामीको वडा नं.७ र बगागाउँको वडा नं.३ अन्तर्गत बडिगाढको झेँदीमा उक्त पुल निर्माण शुरु भएको होे । गुल्मीको मुसिकोट नगरपालिकाको झेँदीमा निर्माण हुन लागेको उक्त पुल वडागाउँ र वामी जोड्ने पालिकाको मुख्य द्वार मानिन्छ । लामो समयसम्म पनि पुल निर्माण नहुँदा त्यस क्षेत्रका मानिसहरू कहिले पुल निर्माण होला भनेर प्रतिक्षामा बसिरहेका छन । पुल निर्माण कार्य अन्तिम चरणमा पुग्न लाग्दा विगतमा दुई पटकसम्म भाँचिएको झेँदी पुलको पुन : डिजाइन परिवर्तन गरेर यस पटक स्टिल ट्रस ब्रिज निर्माण गर्न लागिएको हो ।

स्वीस सरकारको चार करोड १४ लाख ४४ हजार सात सय २२ रूपैयाँको आर्थिक सहयोगमा गत वर्षदेखि जलप कन्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको मोटरयोग्य सडक पुल कार्यक्रम (एमएलआरबिटि ) ललितपुरका टेक्निकल अधिकृत धिराजा पौडेलले जानकारी गराएका छन । आगामी असार मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण व्यवसायीले निकै सक्रियताका साथ काम अगाडि बढेको हुँदा समयमै काम सम्पन्न हुनेमा आफूहरू आशावादी भएको पौडेलले बताए । सम्झौता गरेपछि पनि पुलको डिजाइन केही संसोधन गर्नुपर्ने भएका कारण काममा केही ढिला भएको बताए ।

अहिले पुलको फाउण्डेशन निर्माण सहित अन्य निर्माणका कामहरू भइरहेको छ । बडिगाढ खोलाको झँेदीमा निर्माण हुन लागेको पुलको लम्बाई ५६.३० मिटर रहेको छ । अहिले स्टिल ट्रस ब्रिज निर्माण हुँदैछ । बडिगाढको झेँदी खोला पुल ०७३ सालमा तत्कालिन जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाँच करोड १७ लाखको लागतमा पुल निर्माणको जिम्मा लिए पनि दुई पटक पुल भत्कीदा उक्त पुल अलपत्र परेको थियो । अहिले डिजाइननै परिवर्तन गरेर काम शुरु भएपछि बैशाखसम्म ट्रसको काम सकेर ढलान गर्ने योजना रहेको जलप कन्स्ट्रक्सनका सुपरभाइजर मोतिलाल शर्माले जानकारी दिएका छन । मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले यस पटक झेँदीमा पुल निर्माण हुनेमा आफू ढुक्क रहेको बताए । उनले ठूलो मेहेनत गरेर पुलको डिजाइन परिवर्तन गरेपछि काम शुरु भएको भन्दै कामले गति लिएको बताएका छन । दुइ पटकसम्म भाँचिएको उक्त पुलले अब तेश्रो पटकमा भने पक्कै पूर्णता पाउने छ भन्नेमा यस क्षेत्रका नागरिकहरू आशावादी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np