ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ

१४ चैत्र २०८०, बुधबार
१४ चैत्र २०८०, बुधबार

भैरहवा, १४ चैत । कर्तव्य ज्यान मुद्दाका आरोपीलाई रुपन्देही प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । रूपन्देहीको साविक गंगोलिया गा.वि.स.वडा नम्बर ५ हाल तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवाका ५२ वर्षिय रामपृत मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टका अनुसार २०६२ पुस २५ गते राती अन्दाजी २ बजे साविक गंगोलिया गा.वि.स.–५ निवासी रामपृत मल्लाह लगायतका व्यक्तिहरुले सोही स्थान बस्ने जंग बहादुर यादवलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरेको आरोप छ । घटना भएदेखि फरार रहेका व्यक्तिहरुलाई खोजतलास तथा अनुसन्धान गर्दै जाँदा भारतबाट नेपालतर्फ फर्कने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रामपृतलाई पक्राउ गरेको डीएसपी भट्टले बताए । रामपृतविरुद्ध २०६२ पुस २६ गते ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेको थियो ।

रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको र हाल ईलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाउँकै सार्वजनिक जग्गामा प्रतिवादी रामपृत मल्लाहले घरटहरा बनाएको विषयमा मृतक जंग बहादुरलगायत स्थानीयहरुसँग विवाद रहेको अनुसन्धानबाट खुलेको छ ।प्रतिवादी रामपृतले घरटहरा बनाएको सार्वजनिक स्थानमा मृतक लगायतका स्थानीयहरुले मन्दिर बनाउने निर्णय गरेको थिए । तर, केही दिनको विवादपश्चात पक्राउ परेका रामपृत लगायतका व्यक्तिहरु रातको २ बजे जंग बहादुर आफ्नै घरमा सुतिरहेको स्थानमा पुगेर टाउकोमा पेस्तोलले गोली हानी फरार रहेको भन्ने हालसम्मको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

डिएसपी भट्टका अनुसार उक्त घटना पश्चात भारतका विभिन्न स्थानहरुमा गइ लुकीछिपी बसेको र आफन्तहरुकै सहयोगमा भारतीय प्रहरी समेतको पहुँचभन्दा टाढा भित्री देहातमा कसैले शंका नपाउने गरी कृषि गरि बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np