ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

जनताको अपेक्षा अझैपनि तपसिलमा !

१४ चैत्र २०८०, बुधबार
१४ चैत्र २०८०, बुधबार

गाउँको सिंहदरबार भनिएका ७५३ वटा पालिकाका जनप्रतिनिधिहरूले अहिले जनताको अपेक्षा अनुसार विकास निर्माणका काम तीब्र गतिमा गर्नुपर्ने हो । पहिलो बर्ष अलमलमै बिताएका पालिकाहरूले दोश्रो बर्षमा कामको रफ्तार बढाउने अपेक्षा आम जनताले गर्दै आएका थिए तर जनताको अपेक्षा तपसिलमा छन् । धेरै पालिकाहरूको काम बार्षिक योजनामै सीमित भैरहेको छ भन्ने गुनासो छ । जनप्रतिनिधिहरूमा सुविधा मोह बढेको गुनासो कम होइन बढ्दै गएको छ । यस सन्दर्भमा जनप्रतिनिधिहरूका लागि केही गरेर देखाउने चुनौति पनि छ । तर, पालिकहरूमा सेवाग्राहीको उत्साहभन्दा पनि गुनासो बढी देखिन्छ । कति पालिकाहरूले अहिलेसम्म दिर्घकालीन योजना बनाउनै सकेका छैनन् । विकास खर्च गर्नै सकेका छैनन् । पालिका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतहरू अनियमितताको भुमरीमा पर्ने संभावना बढ्दो छ । किनभने पालिकाहरूमा बेथितीको छलाङ बढ्दै छ । कतिपय पालिकाहरूमा खर्च गर्नै नमिल्ने तथा पारिश्रमिक दिनै नमिल्ने शीर्षकमा सल्लाहकार नियुक्त गरिएका छन् । महालेखाले बेरुजुमात्र होइन अनियमितता नै देखाउने अवस्था छ ।

कतिपय पालिकाहरू के गर्ने के नगर्ने भन्ने बिषयमै रुमल्लिएको अवस्था छ । यद्यपि सबै पालिकाहरूलाई एउटै डालोमा हाल्न मिल्दैन । केही पालिकामा राम्रो काम भएको छ । बार्षिक कार्ययोजना बनाउन नसक्ने पालिकाहरूले दूरदृष्टि राखेर १५ वा २० वर्षे दीर्घकालीन लक्ष्य र योजना अघि सार्न नसक्नु चिन्ताको बिषय हो । जनतालाई लाग्दैन, यति माथिल्लो सोच राख्ने जनप्रतिनिधि हामीले छानेका छौं । त्यसै त स्थानीय निकायलाई घर आँगनको सिंहदरवार भन्ने गरिएको छ । जनताका साना साना कुरामा संघीय सरकारको ध्यान पुग्न सक्दैन । त्यही भएर पालिकालाई स्थानीय जनताको सिंहदरबार भनिएको हो । तर जनताका लागि सिंहदरबार हुनुपर्ने पालिकाहरू भने अनियमितताका भड्खालोमा पर्दै गएका छन । समयमा बजेट पास गर्न सक्दैनन् । योजनामाथि दलीय भागबण्डा हुने गर्दछ । योजनाको रकमान्तर गर्ने प्रवृत्ति पनि बढिरहेको परिस्थिति छ । अव खर्च प्रणाली सुधार गर्नुपर्ने स्थिति छ । अहिले पनि बेरुजु बढिरहेको छ । कारोबारको ५ प्रतिशतभन्दामाथि बेरुजु देखिनु वित्तीय सुशासनको राम्रो सूचक होइन । यसले आर्थिक क्रियाकलापमा अनियमितताको अंश छ भन्ने सन्देश जान्छ । केही पालिकामा कारोबारको ३८ प्रतिशत बेरुजु देखिएको छ । प्रदेश नं २ का पालिकाहरूमा १०.२७ प्रतिशत बेरुजु देखिएको छ । कर्णाली र बागमती प्रदेशका पालिकाहरूमा पनि बेरुजु आयतन बढी छ । यसले पालिकाहरू भ्रष्टाचारको र अनियमितताको अखडा बनिरहेको पुष्टी गर्दछ ।

महालेखा परिक्षक कार्यालयका अनुसार स्थानीय तहहरूको कुल बेरुजु करिव १ सय ५० अर्बको हाराहारीमा छ । सबै बेरुजु अनियमित कारोबार होइन तर के चाहिँ हो भने बेरुजुमा अनियमितता र अपराधहरू लुकेका हुन्छन् । धेरैजसो पालिकाले आवधिक योजना बनाएपनि त्यसलाई वार्षिक योजनामा समावेश गर्ने रोलिङ प्लान बनाउन चुकेका छन् । कतिपयले मध्यकालीन खर्च संरचना त बनाएका छन्, त्यो बजेटलाई मार्गदर्शन गर्नेभन्दा पनि गर्नुपर्छ भन्ने औपचारिकता मात्र पूरा गरिएको छ । यसले स्थानीय सदाचार संस्कृति र विकास सुशासनलाई गम्भीर चुनौती दिएको छ । स्रोत निश्चित नभैकन आयोजना थपिएका थपियै छन् । पालिकाका जनप्रतिनिधिहरूले दोश्रो बर्षको कार्यकाल बिताउँदै गर्दा बेथिति र अनियमितता नियन्त्रणमा गंभीर हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?