ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

बाँझो जग्गामा सिंचाई पु-याइने

१३ चैत्र २०८०, मंगलवार
१३ चैत्र २०८०, मंगलवार

नवलपुर, १३ चैत ।

खोलाभरि पानी भएर पनि सिंचाई सुविधा नपुगेको जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौँदीकाली गाउँपालिकाका थुप्रै सिंचाईयोग्य जमिनमा सिंचाई सुविधा पुर्याइने भएको छ । त्यस क्षेत्रमा झण्डै दुईहजार आठसय हेक्टर सिंचाईयोग्य जमीन रहेको पालिकाको तथ्याँक छ ।

पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा रहेका मथारटार, टाँडी स्वाँरा, भलायाटार, अडाहा, अत्रौलीटार, मचेडीटार, दमारफाँटलगायतका सिंचाई योजनाहरुको लागि गण्डकी प्रदेश सरकारले विशेष सहयोग सुरु गरेको कृषि तथा भूमि ब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले बताए ।

अहिले बुलिङटारको भलायटार र बौदीकालीको मेचेडीटार सिंचाई योजनाको निर्माण सुरु भैसकेको छ भने कोखेटार अडाहा अत्रौलीटार मथारटार थामवेंसी सिंचाई योजनाका लागि पनि प्रदेश सरकारले चासो दिएर काम अगाडि बढिरहेको मन्त्री जिसीले बताए ।

पहाडी क्षेत्रमा बुलिङटार र डेढगाउँटार सिंचाई योजना संचालनमा आएको थुप्रै वर्ष भैसक्यो र त्यसपछि रहेका थुप्रै खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने राज्यको नीति रहेका कारण पनि पुर्वी नवलपरासीको पहाडी क्षेत्रमा रहेका सिंचाईयोग्य जमिनमा सुविधा पुर्याउनका लागि अहिले प्रदेश सरकारले त्यसको सम्भाव्यता अध्ययन गरिरहेको मन्त्री जिसीको भनाई छ ।

थुप्रै समथर सिंचाईयोग्य भूमि बाँझै बस्दा त्यस क्षेत्रमा खाद्यान्नको अभाव रहेकोले पनि सिंचाईका लागि जिल्लाका पहाडी क्षेत्रमा सिँचाई योजनाका कामहरु अगाडि बढ्ने प्रक्रियामा रहेका जिसीको भनाई छ ।

दुुई गाउँपालिकाका १२ वडाहरु पहाडी क्षेत्रमा रहेको भएपनि आठ वडामा तत्काल सिंचाई सुविधा पुर्याउन सकिने र त्यसका लागि प्रकृया अघि बढिसकेको र चार वर्ष भित्रमा पहाडी क्षेत्रमा सिंचाई सुविधा पुगिसक्ने लक्ष्य राखिएको जीसीले बताए ।

“पूर्वी नवलपरासीको पहाडी गाउँपालिकाका जनताले अहिले पनि खोलाको पानीले सीमित मात्रामा सिँचाई गरिरहेका र ठुुला ठुुला फाँटहरु बाँझै रहने अवस्था आएको र ती बाँझा फाँटमा सिँचाई सुुविधा पुर्याउन सकियो भने मात्र पनि खाद्यान्नमा यो क्षेत्र पूर्ण आत्मनिर्भर बन्न सक्थ्यो”–बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुुनारी मगरले भने ।

पहाडी क्षेत्रमा ठुुला ठुुला फाँटहरुमा सिचाई पुुर्याएर त्यहाँको कृषि क्षेत्रको विकासमा पालिकाले प्रदेश र सँघीय सरकारसँग समन्बय गरेर अघि बढेको बौँदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए ।

पहाडी क्षेत्रमा सिंचाई सुविधा पुगेपछि ५० हजार जनता लाभान्वित हुने अध्यक्ष ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np