ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

दाङमा क्षयरोगका बिरामी बर्सेनि थपिदै

१२ चैत्र २०८०, सोमबार
१२ चैत्र २०८०, सोमबार

दाङ ।

दाङमा बर्सेनि क्षयरोगका बिरामी बढ्दै गएको देखिएको छ । नयाँ संक्रमित भेटिने र मृत्यु दर पनि उल्लेख्य रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

चालु आर्थिक वर्षको फागुनमसान्तसम्म दाङमा ७ सय ४७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । जस अन्तरगत घोराहीमा सबैभन्दा धेरै २ सय ६३ जना, तुलसीपुमा २ सय २ जना, राप्तीमा ५४ जना, लमहीमा ४४ जना, बबईमा ३६ जना, गढवामा ३३ जना, शान्तिनगर र राजपुरमा समान ३१–३१ जना,बंगलाचुलीमा २९ जना र दंगीशरणमा २४ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । यही अवधिमा २० जनाको क्षयरोगकै कारण मृत्यु भएको छ । आर्थिक वर्ष २०७९–०८० मा १ हजार २ सय ९३ जना नयाँ क्षयरोगी फेला पर्दा १ हजार २ सय ३६ जना निको भएका थिए ।

उक्त वर्ष दाङमा क्षयरोगबाट १७ जनाले मृत्युवरण गरेका स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्मरबहादुर कुँवरले जानकारी दिए । क्षयरोगका बिरामी फेला पर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ । आर्थिक वर्ष २०७९–०८० मा ७ सय ७३ जना पुरुष, ५ सय २० जना महिला रहेका थिए जसमा १ सय ४१ जना बालबालिकामा क्षयरोग पुष्टि भएको थियो । यसैगरी, चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ सय ४० जना पुरुष र ३ सय ७ जना महिलामा रहेका छन् भने यसमा ५१ जना बालबालिका रहेका छन् ।

क्षयरोगकै कारण यो आर्थिक वर्षमा २० जनाको मृत्यु भईसकेको छ । क्षयरोगका बिरामीले १० जनासम्मलाई सार्न सक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा पनि स्वास्थ्य सावधानीको बारेमा अपेक्षा गरिएअनुसार सरकारले सचेतनाका कार्यक्रम गर्न सकेको छैन । यस्तो जोखिमपूर्ण रोगलाई राज्यले सही रुपमा निवारण गर्न कम चासो दिँदा धेरै संक्रमित हुनुका साथै अकाल ज्यान गुमाउन बाध्य हुने गरेका छन’ निमित्त कार्यालय प्रमुख कुँवरले भने । क्षयरोगका लक्षणहरुमा बेलुकाको समयमा लामो खोकी लाग्ने, सँगसँगै ज्वरो आउने, रातिमा पसिना आउने, दुब्लाउँदै जाने, खान मन नलाग्ने, खकारमा रगत देखिने जस्ता हुन्छन् । दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण पनि देखिन्छन् ।

ग्रन्थीमा क्षयरोग भएमा ग्रन्थीमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन्छन् । स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख कुँवरले भने ‘मस्तिष्कमा भए टाउको दुख्ने, बान्ता हुने, बेहोश हुने जस्ता लक्षण देखिन्छन् । मुटुमा टिबी भए सास फेर्न गाह्रो हुन्छ, थोरै हिँड्दा थकान महसुस हुन्छ । क्षयरोगको निदानका लागि औषधि नै विकल्प हो, यसको अरु उपाय छैन ।’

नयाँ विरामी फेला परेसँगै पुरानैलाई दोहोरिने पनि देखिएका छन् । अघिल्लो आर्थिक वर्षमा दाङमा ७३ जनामा पुनः क्षयरोग देखिएको थियो । नयाँ संक्रमणको हिसावले लुम्बिनीमै दाङ दोस्रो धेरै क्षयरोगका विरामी रहेको जिल्ला हो । दाङमा क्षयरोगीहरुको उपचारका लागि ५० वटा डट्स केन्द्र, २० माईक्रोस्कोपी केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा जीन एक्सपर्ट केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डिआर केन्द्र, लमही अस्पताल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डिआर सव केन्द्र रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा मात्रै जीनएक्सपर्ट केन्द्र रहेकोमा प्रादेशिक अस्पताल तुलसीपुरमा समेत जीन एक्सपर्ट केन्द स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुँवरले जानकारी दिए । उनका अनुसार, छोटो समयका लागि निगरानीमा डट्स ६ महिना खाए पुग्छ तर पूरा निगरानीमा खुवाउनुपर्छ । ‘यसका साईड इफेक्ट हुनेभएकाले निगरानी अनिवार्य छ ।

प्रकृया नपुगेमा विरामीको मृत्युपनि हुनसक्ने सम्भावना हुन्छ’ उनले भने ‘औषधी एक दिन नछोडुन् भन्ने हुन्छ, त्यसमा घरमा लगेर खान नदिने गरिएको छ । यसरी उपचार गर्दा निकै सचेत हुनुपर्छ किनभने औषधि २ देखि ३ महिना सम्म खाएपछि निको भएको जस्तो लाग्न सक्छ तर त्यसबेला औषधि खान छोड्नु हुदैन ।’ बिरामीले लामो अवधिको औषधी सेवन नगर्ने र बिचैमा औसधि छोड्ने गर्नाले समयमा निको हुन नसक्ने बताए ।

‘कुनै कारणवश डट्सले काम गरेर वा अरु शारिरीक समस्या भए मात्रै १ वर्ष देखि २४ महिनासम्म खुवाउनुपर्ने हुन्छ’ उनले भने ‘क्षयरोग अति सूक्ष्म तथा आखाँले देख्न नसकिने किटाणुबाट हुने सरुवा रोग हो । क्षयरोग औषधि उपचारबाट पूर्ण निको हुन्छ ।’ जिल्लामा क्षयरोग निवारणका लागि सहयोगीका रुपमा कपिलवस्तु इन्टेग्रेटेड डेभलपमेन्ट सर्भिस (किड्स) ले भूमिका निर्वाह गर्दै आएको जिल्ला कार्यक्रम संयोजक सुशीला सिरिस मगरले जानकारी दिइन । नयाँ रोगी पहिचानदेखि उपचारका लागि सहजीकरण गर्दै आएको उनको भनाई छ ।

क्षयरोगको लक्षण भएका तर माइक्रोस्कोपी केन्द्रमा नदेखिएको, क्षयरोगीले सेवन गर्ने रिफाम्पिसीन नामक औषधिले काम गरे नगरेको अवस्थाको जॉँच जीन एक्सपर्ट केन्द्रमा हुन्छ । यसैबीच, आईतबार स्वास्थ्य कार्यालय दाङले ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ दिवसका अवसरमा क्षयरोगका बारेमा जानकारी गराएको छ । स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बर कुँवरको अध्यक्षतामा जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np