ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

अर्घाखाँचीका ४७ प्रतिशत क्षयरोगीहरु परीक्षणको लागि स्वास्थ्य संस्था जाँदैनन्

१२ चैत्र २०८०, सोमबार
१२ चैत्र २०८०, सोमबार

सन्धिखर्क ।

अर्घाखाँची जिल्लामा अझैपनि ४७ प्रतिशत क्षयरोगीहरु उपचार तथा परीक्षणको लागि स्वास्थ्य संस्थाको सम्पर्कबाट बाहिर रहेको पाइएको छ । विश्व क्षयरोग दिवसको अवसरमा आयोजना गरिएको सन्चारकर्मी तथा पत्रकारहरुसंगको अन्तत्र्रिmया कार्यक्रममा जिल्लामा क्षयरोगीहरुको अवस्थाबारे जानकारी गराइएको हो । आइतवार स्वास्थ्य कार्यालय अर्घाखाँचीमा संपन्न कार्यक्रममा क्षयरोग के हो ,यसका लक्षणहरु के के हुन्, कस्ता व्यक्तिलाई बढी मात्रामा सर्ने गर्छ, कसरी बच्न सकिन्छ जस्ता विषयहरुमा जिल्ला अस्पताल अर्घाखाँचीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अशोक कुमार शाहले जानकारी गराए । क्षयरोग १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका मानिसलाई बढी मात्रामा सर्ने र यो रोग महिलामा भन्दा पुरुषमा बढी देखिने डा. शाहको भनाई छ ।

यस्तै क्षयरोगको जिल्लामा अवस्था कस्तो छ भन्ने विषयमा स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बि.क.ले जानकारी गराएका छन् । सूचना अधिकारी बि.क.का अनुसार जिल्लामा आर्थिक बर्ष २०७९÷८० को तथ्याङ्क अनुसार २२२ जना क्षयरोगीहरु रहेका छन् । संक्रमितहरु मध्ये सबैभन्दा धेरै सन्धिखर्क नगरपालिकामा ६४ जना र सवैभन्दा कम मालारानी गाउँपालिकामा १६ जना रहेका छन् । यस्तै भुमिकास्थान नगरपालिकामा ५६ जना, शितगंगा नगरपालिकामा ४१ जना, छत्रदेव गाउँपालिकामा २६ जना र पाणिनी गाउँपालिकामा १९ जना रहेको विकको भनाई छ । जिल्लामा पत्ता लगाउनु पर्ने लक्ष्य ४१६ जना भएपनि अहिले सम्म २२२ जना मात्रै पत्ता लागेका छन् । तथ्याङ्क अनुसार ५३ प्रतिशत विरामीहरु उपचारको लागि सम्पर्कमा आएपनि अझै ४७ प्रतिशत उपचारको लागि स्वास्थ्य सस्थाको सम्पर्कमा आएका छैनन् । अर्घाखाँची जिल्लामा आर्थिक बर्ष २०७९÷८० मा क्षयरोगका कारण ६ जनाको मृत्यु भएको छ ।

नेपाल सरकारको सन २०५० सम्म क्षयरोग मुक्त देश बनाउने उद्देश्य अनुसार अर्घाखाँचीमा पनि सोही अनुसार क्षयरोगका बिभिन्न कार्यक्रमहरु संचालन गर्ने गरी अगाडि बढेको स्वास्थ्य कार्यालय सूचना अधिकारी तथा क्षयरोग फोकल पर्सन बिकले बताए ।

अर्घाखाँचीमा क्षयरोगीहरुको उपचारको लागि ६१ वटा स्वास्थ्य संस्थामा डट्स केन्द्र, परीक्षणको लागि माईक्रोस्कोपी केन्द्र ठाडा, जुकेना बल्कोट र जिल्ला अस्पताल गरी ४ स्थानमा र जिन एक्सपर्ट अनि एआरटी केन्द्र जिल्ला अस्पतालमा नै रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपालीले बताए ।

प्रमुख नेपालीले जनस्वास्थ्यका सवालमा स्वास्थ्य कार्यालयबाट चालु आर्थिक बर्षमा ४५ कार्यक्रम भएको र ३५ कार्यक्रम कार्यान्वयनमा गएको र १० कार्यक्रम कार्यान्वयन हुन बाँकी रहेको बताए । क्षयरोगको उपचार र परीक्षण निशुल्क हुने र समयमा नै पहिचान गरी औषधि उपचार गरेमा पूर्ण रुपमा निको हुने नेपालीले बताए । लगातार २ हप्ता खोकी लागे नजिकैको स्वास्थ्य संस्थामा गएर खकार परीक्षण गराउन पनि उनले आग्रह गरे । सन् १८८२ मार्च २४ म पत्ता लागेको क्षयरोग नेपालमा पनि प्रत्येक २४ मार्चमा विश्व क्षयरोग दिवस मनाउँदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np