ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

मार्केटिङ कर्मचारीमाथि गड वेल संस्थाको ज्यादती

शंकास्पद कारोबारबारे छानवीन गर्न युवा संघ (विप्लव)को माग
९ चैत्र २०८०, शुक्रबार
९ चैत्र २०८०, शुक्रबार

बुटवल,९ चैत ।   बुटवल देवीनगरमा प्रधान कार्यालय रहेको बोर्ड टांगेको एक ब्यापारिक संस्थाले आफ्नना मार्केटिङ कर्मचारीमाथि ज्यादती गरेको पाइएको छ । गड वेल इन्टरनेसनल अर्गनाइजेसन नामको संस्थाका कर्मचारीले कम्पनीका सामान कमिसनमा बेच्ने एक युवतीको मोबाइल कब्जा गर्ने,घरमा फोन गर्न नदिने, घर जान नदिने जस्ता ज्यादती गरेको भेटिएको हो । कपिलवस्तुको मायादेवी गाउपालिका ८ बरपुलकी उमा बरईलाई पटक पटक घर जान्छु भन्दा जान नदिई कम्पनीकी कर्मचारी पुजन विकले मोबाइल समेत कब्जा गरेर गालीगलौज गरेपछि ती युवती पीडा खप्न नसकेर बिहीबार रुंदै देवीनगर प्रहरी चौकीमा पुगेकी थिइन् ।

चौकीमा प्रहरीले रात परिसकेकाले उमालाई एक्लै कतै जान नदिन कम्पनीका कर्मचारीलाई सम्झाउंदै पठाएको थियो । तर केहीबेरमै कम्पनीका कर्मचारीले उमालाई इटाभटीको दिब्रुङ शान्तिपुरे होटेलमा बास बस्न पुराएका थिए । त्यहां बस्न र खानका लागि पैसा समेत नदिई अलपत्र पारेपछि त्यो सूचना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संघ नेपालमा पुग्यो ।

त्यसपछि पार्टी सेक्रेटरी विरेन्द्र सी, युवा संघका रुपन्देही कोषाध्यक्ष चन्द्र बहादुर सी,महेन्द्र सी लगायतले उमालाई होटलबाट उद्धार गरी पुनः प्रहरी चौकीमा ल्याई थप अनुसन्धान गर्न दवाव दिएको थियो । उक्त कम्पनीले महिला कर्मचारीमाथि ज्यादतीपूर्ण व्यवहार गरेको र छात्राबासको नाममा महिला र पुरुषलाई एउटै हलमा राख्ने गरेको, अरु कर्मचारीका ७–८ वटा मोबाइलहरु पनि कर्मचारीले कब्जामा लिएको पत्ता लगाएपछि उक्त संस्थाको गतिविधि शंकास्पद भन्दै राम्रोसंग अनुसन्धान र छानवीन गर्न माग गरेको युवा संघका कोषाध्यक्ष चन्द्र बहादुरले बताए ।

अरु कर्मचारीले उमाले जस्तै ज्यादती भोग्न नपरोस् भनेर उक्त संस्थामाथि छानवीनको माग गरेको उनले बताए । उक्त संस्थामा १० जना भन्दा बढीले राइटिङ ट्याब,म्याजिक पेन्सील,अलार्म लक लगायतका सामान बेच्ने र विक्रिका आधारमा कमिसन पाउने गर्दथे । कम्पनीले त्यसरी सामान बेच्नेलाई कमिसन वाहेक तलब र अरु कुनै सुविधान नदिई भविष्य राम्रो छ, पछि म्यानेजर बन्न पाइन्छ, एक लाख सम्म तलब हुन्छ भन्दै झुठा आश्वासन र प्रलोभन देखाउने गरेको पाइएको नेकपा रुपन्देही सेक्रेटरी वीरेन्द्रले बताए ।

पछिल्लो समय आफूहरुले समाजमा हुने ज्यादती, अनियमितता र सामाजिक इस्युमा पीडितको पक्षमा निस्वार्थ ढंगले काम गर्दै आएकाले अन्यायमा पर्नेहरु पार्टीको सम्पर्कमा आउने क्रम बढेको बताए । उक्त संस्थाको मुख्य संचालक राजेश खड्का थाइल्याण्डमा रहेको भन्दै कर्मचारी दीपा श्रेष्ठले संस्थाले सामान बेच्नेहरुमाथि ज्यादती नगरेको दावी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?