ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

रामग्राम जेसीजद्धारा साईबर सुरक्षा सम्बन्धी सचेतना प्रशिक्षण

६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार

बर्दघाट,६ चैत्र । रामग्राम जेसिजको आयोजनामा साइवर अपराध न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी केन्द्रित गरि रामग्राम नगरपालिका वडा नं.१५ स्थित जनता माध्यमिक विद्यालय शुक्रौलीका कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई साईबर सुरक्षाको विषयमा प्रशिक्षण दिएको हो ।

रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट साईबर अपराधका घटनाहरु बढिरहेको हुदा साईबर अपराध न्यूनीकरण हुने गरि विद्यार्थी केन्द्रीय सचेतना कार्यक्रम गरिएको बताए । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फेसबुक, म्यासेन्जरबाट गालीगलौज, डर धम्की, सेक्सुयल ह्यारेसमेन्ट ,राम्रो सम्बन्ध रहँदा गोप्य च्याट गर्ने र सम्बन्ध विग्रिएपछि बाहिर ल्याईदिने, व्यालकमेलिङ गर्ने जस्ता घटनाबाट विशेषतः किशोरकिशोरीहरुलाई जोगाउन यस किसिमको सचेतना कार्यक्रम आवश्यक रहेको अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले विद्युतीय माध्यमबाट हुने अपराधबाट बच्न आग्रह गरेका थिए । प्रविधि र सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी पूर्वक सजग र सतर्क भएर चलाउन प्रजिअ पन्थीले आग्रह गरे । सामाजिक सञ्जालको दुरुपयोग गरि विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको अनुहार जोडी अनलाईन प्रविधि राख्ने, अश्लिल फोटो तथा भिडियो सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्ने,अन्य व्यक्तिको सामाजिक सञ्जाल प्रयोग गरि फिरौती माग्ने,अन्य व्यक्तिको नाम तथा फोटो प्रयोग गरेर बेईज्जत गर्ने तथा दुःख दिने, ह्याक गर्ने, अनलाईन ठगी गर्ने जस्ता क्रियाकलाप साईबर अपराध भित्र पर्ने भन्दै प्रजिअ पन्थीले यस किसिमका गतिविधिहरुमा जानेर वा नजानेर परेमा तत्काल सुरक्षानिकायमा खवर गर्न जोड दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पछिल्लो समय साईबर अपराध डरलाग्दो गरि बढिरहेकोले सामाजिक सञ्जालको सुरक्षित प्रयोगमा ध्यान दिन आग्रह गरे । यो आर्थिक वर्षमा मात्रै साईबर अपराधका ९६ उजुरी जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको जानकारी उनले दिएका थिए । साईबर अपराध सम्बन्धी मुद्धा यसअघि काठमाडौँमा मात्र दर्ता गर्ने प्रावधान भएपनि अहिले जिल्ला प्रहरी कार्यालयले पनि त्यस्ता मुद्धा दर्ता गर्न सकिने एसपी आचार्यले जानकारी दिए । आफ्नो सामाजिक सञ्जाल अन्य व्यक्तिलाई प्रयोग गर्न दिन नहुने भन्दै एसपी आचार्यले अभिभावकले पनि आफ्ना छोराछोरीले चलाउने सामाजिक सञ्जालको निगरानी गर्न जरुरी रहेकोमा जोड दिए ।

नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रभाव र यसको उपयोग भन्दा दुरुपयोग हुँदै गएकोले जेसीजले यस किसिमको सचेतना अभियान चलाएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरिक्षक प्रकाश भुसालले साईबर अपराधको अवस्था, सामाजिक सञ्जालको सुरक्षित प्रयोग,कानूनी व्यवस्था, सामाजिक उत्तरदायित्व र नागरिकको कर्तव्य, साईबर अपराधबाट बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np