ट्रेंडिंग:

>> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

बुटवल बजार चलायमान बनाउने योजना

३० फाल्गुन २०८०, बुधबार
३० फाल्गुन २०८०, बुधबार

कुनै समय नुन, तेल, घरेलु औजारका लागि फलाम, छिट, कोरा, घरबुना तथा कपडाको आन्तरिक व्यापार यस्तै घिउ, कृषि उपज, अदुवा, सुठो, दालचिनी जस्ता निकासीजन्य वस्तुको मुख्य कारोबार स्थलका रूपमा पहिचान बनाएको स्थान हो बुटवल । २०२० र २०३० को दशकमा सिद्धार्थ राजमार्ग र पूर्वपश्चिम राजमार्गको क्रसिङ प्वाइन्ट भएसँगै बुटवलको विकास र विस्तार दिन दुगुना रात चौगुना बढ्न थाल्यो । व्यापार र यातायातका क्षेत्रमा विकासको प्रारम्भिक चरणदेखि नै प्रभाव रहे पनि उच्च शिक्षा तथा सामाजिक क्षेत्रको विकास भने ३० को दशकदेखि नै अनुभव हुने किसिमबाट उन्नति हुँदै निरन्तर अगाडि बढिरहेको छ । त्यसताका स्थानीय व्यापारमा संलग्न व्यवसायीको बढ्दो आम्दानीसँगै सामाजिक प्रतिष्ठा प्राप्तिका लागि सामाजिक क्षेत्रको पहिचान गर्दै लगानी बढाउदै गएको स्पष्ट नै छ । बढ्दो ्व्यापार, घना हुँदै गएको आवादीका लागि आवश्यक सडक, ढल, वगैचा र सार्वजनिक स्थलसहितको आधुनिक शहरको परिकल्पनाभन्दा तात्कालिक आवश्यकता र त्यसले स्थानीय व्यापारमा पार्ने सकारात्मक प्रभावको मूल्याङ्कन गरी प्राथमिकतामा निर्धारण गरेको देखिन्छ । बुटवल औद्योगिक क्षेत्रको साँघुरो क्षेत्रफलले तत्कालीन अवस्थाको पूर्वाधारप्रतिको दृष्टिकोणलाई स्पष्ट पारेको छ ।

बुटवलमा सङ्कलन भई निकासी हुने वस्तुको वैदेशिक व्यापार केन्द्रका रूपमा र नेपालमा उत्पादन नहुने दैनिक उपभोग्य सामग्रीको आयात केन्द्रका रूपमा पनि बुटवलको ख्याति र प्रसिद्धि रहेको छ । विकासक्रमसँगै बुटवलले आफ्नो स्थानीय उत्पादनका अतिरिक्त देशका अन्य भागमा उत्पादित वस्तुको व्यापार पनि व्यापक रूपमा विस्तार हुन थाल्यो । सुरु सुरुका ढुवानीका साधनहरूका रूपमा प्रयोगमा आउने घोडा र लडियाहरू समयको गतिशीलतासँगै टेक्टर र ट्रकमा रूपान्तरण हुन पुगे । साहु महाजनले चढ्ने साइकलहरू राजदुत, आरएक्स मोटरसाइकल हुँदै मारुती कार र भ्यानमा रूपान्तरित भए । बढ्दो सवारी साधनसँगै सडकहरू साँघुरिन थाले । मानिसको आवागमन र बसाइ बुटवलमा बाक्लो हुँदै गयो । ६ फुटे, ८ फुटे, १० फुटे हुँदै मैले जानेदेखि नै बुटवलमा १२ फुटे बाटामा तत्कालीन बुटवल नगरपालिकाले घरको नक्सा पास गथ्र्यो । तत्कालीन मापदण्डमा १२ फिटको बाटो नै थियो । २०५२÷०५३ सालतिरबाट आवासीय क्षेत्रमा बाटो २० फुट चौडाको हुनुपर्ने अवधारणा नगरपालिकाले ल्यायो । खासगरी बजार क्षेत्रभित्र सार्वजनिक सडक क्षेत्र मिची निर्माण भएका पर्खाल र घरटहरातर्फ स्थानीय बासिन्दा र स्थानीय निकायको ध्यान केन्द्रित हुन थाल्यो ।

वर्तमान अवस्था
बजारको विस्तार र विविधीकरणसँगै निजी र सार्वजनिक सवारी साधनको चाप शहरका भित्री सडकमा देखिन थाल्यो । ६० को दशकपछि घरधनी, पसलवाला र पसलमा कार्यरत कर्मचारी सबैका सवारी साधनले बजार क्षेत्रमा किनमेल गर्न आउने ग्राहकले ल्याएको सवारी साधनलाई स्थान अभाव हुन थाल्यो । ग्राहकहरू गाडीबाट एक फन्को बजार घुमेर पार्किङको अभावमा नचाहँदा नचाहँदै पनि बाहिर निस्कन बाध्य हुन थाले । यसरी बजारको व्यापार दिन प्रतिदिन कमजोर हुन थाल्यो । अन्ततोगत्वा मुख्य बजार क्षेत्रमै व्यापार व्यवसाय गरेका गल्ला, किराना, फेन्सी, फर्निचर, इलेक्ट्रोनिक्स व्यवसायी पार्किङ अनुुकूलता र सञ्चालन खर्चका अन्य शीर्षकहरूबाट हुन सक्ने सम्भावित बचतलाई दृष्टिगत गरि बाक्लो आवादी र फराकिलो सडक खोज्दै व्यवसाय स्थानान्तरणतर्फ उन्मुख भएको देखिन्छ ।

सडक र पार्किङ व्यवस्थापन सँगसँगै बुटवल बजारको व्यापार प्रवद्र्धनका लागि अर्को महत्वपूर्ण पक्ष बहाल (भाडा) समायोजन पनि हो । भूकम्प, कोभिड, नाकाबन्दी र विश्व अर्थतन्त्रमा आएको मन्दीको प्रभावबाट बुटवल अछुतो हुने कुरै भएन । कुनै समय बुटवलका मुख्य बजार क्षेत्रमा व्यावसायिक सटर भाडामा लिनका लागि भित्री फर्निचर र माल सामानको मूल्यबाहेक पनि लाखौँ अतिरिक्त रकम दिनुपर्ने अवस्थाबाट सङ्कुचन हुँदै क्रमशः अतिरिक्त रकम घट्दै अहिले बराबरीको अवस्थामा आएको छ । खाली भएका सटरहरू नयाँ व्यवसायीलाई भाडामा दिँदा पहिलेको भन्दा घटाएर दिने र लिने गरिएको छ । लगानी, व्यापार, मुनाफा र बहालबीच सन्तुलन मिलाउने विषय चुनौतीपूर्ण बनेको छ । तथापि यी चार पक्षको सन्तुलन मिलाउन नसक्ने हो भने आगामी वर्षहरू अझ बढी पीडादायक हुनेछन् । स्थानीय आर्थिक गतिविधि बढाउने गरी निजी क्षेत्रसंगको सहकार्यमा व्यावसायिक भवनका घर धनी र स्थानीय तहबीच समन्वय गर्न नसक्ने हो भने घट्दो जन्मदर र बसाइँसराइले मात्र स्थानीय अर्थतन्त्रलाई लयमा फर्काउन मुस्किल छ । घरधनी, टोल विकास संस्था, वडा कार्यालय र व्यावसायिक संस्थाको रोहवरमा भाडाको समायोजन गर्ने र स्थानीय तहले अहिलेसम्म लिएको रकम नघट्ने गरी बहाल करको दर समायोजन गर्नु व्यावहारिक हुने छ । यसले एकातर्फ बुटवलको व्यावसायिक साख जोगाउने छ भने अर्कातिर घरधनीको नियमित स्रोतले समेत निरन्तरता पाउने छ ।

अब के गर्ने ?
बुटवल उद्योग वाणिज्य सङ्घ रूपन्देहीको अग्रसरतामा बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रको पार्किङ व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही, रूपन्देही उद्योग सङ्घ, रूपन्देही व्यापार सङ्घ र उद्योग व्यापार सङ्घ, बुटवल सम्मिलित कार्यदलले प्रस्ताव गरेका स्थानहरूमा मुख्य बजार क्षेत्रका स्थायी पार्किङ गरिराख्ने दुई र चार पाङ्ग्रे सवारी साधनको पार्किङ व्यवस्थापन गर्नुपर्छ । यस प्रकृयामा सफल भएमा पार्किङको अभावमा किनमेल गर्न आउने ग्राहकको संख्या दिन प्रतिदिन बढ्न गई व्यापारमा क्रमशः सुधार आउने छ । बुटवल उपमहानगरपालिका वडा न. ४, ५, ६ र ८ को अमरपथ, राममन्दिर लाइन, सङ्गम पथ, जेसिज चोक, ज्योतिपथ, मैत्रीपथ र भुड्की चोकदेखि हिलपार्क जाने पुलसम्मको अव्यस्थित पार्किङ्लाई कार्य दलको सिफारिस अनुसार वडा न. ६ को रक्तसञ्चारको दक्षिण पट्टी, वडा न. ५ को बालमन्दिर, वडा न. ४ को प्रदेश प्रमुखको कार्यालयको दक्षिण पट्टि र वडा न.७ को हिलपार्क मुख्य प्रवेशद्वारको पश्चिम पट्टिको भाग नै अहिलेका लागि उपयुक्त पार्किङ स्थल हुन । मुख्य बजार क्षेत्रका घरधनी, व्यवसायी र त्यहाँ कार्यरत कर्मचारीहरूको सहयोगबिना यो पार्किङ व्यवस्थापन सहज छैन । बुटवल उपमहानगरले प्रस्ताव गरी कार्यान्वयनमा ल्याएको भित्री सडकको सौन्दर्यकारी र उज्यालो बुटवलको अभियान समयमै पूरा हुन सके यसले बजार चलायमान गराउने कार्यलाई सकारात्मक रूपमा बल पु¥याउने छ ।

२०१९ सालदेखि तत्कालीन बुटवल नगर पञ्चायत व्यवस्थापनको पहलकदमी गरेको छाडा चौपायाको व्यवस्थापन पछिल्ला वर्षहरूमा थप जटिल बन्दै गएको छ । बजारभित्रको सडकको सौन्दर्य, सुरक्षित व्यापार र सुरक्षित यात्राका लागि छाडा चौपाया बाधक बनेका छन् । यसको व्यवस्थापनमा स्थानीय जनसमुदाय र स्थानीय तहको तत्परता जरुरी छ । सडकमाथि मानिस र सवारी साधनको अधिकारलाई स्थापित गराउन नसके पहाडका हिजोका बाक्ला बस्तीहरूमा हिजोआज बाँदर लगायतका जङ्गली जनावरको राज भए जस्तै केही वर्षभित्र सहरका सडकहरूमा छाडा चौपायाको वर्चस्व हुने छ ।

निष्कर्षः
बुटवलको बजारलाई चलायमान, गतिशील, आशालाग्दो र भरोसायोग्य बनाउन यहाँको स्थानीय तह, नीजि क्षेत्र र समुदायबीच विश्वासिलो सहकार्य जरुरी छ । ठूला ठूला मेगा प्रोजेक्टभन्दा साना साना मानव सिर्जित समस्याको व्यवस्थापन गर्न सके वर्तमानमा बुटवलमा बस्ने हामी सबै खुसी र सुखी हुनेछौँ । बुटवललाई स्वच्छ, सुरक्षित, व्यवस्थित, सन्तुलित पर्यावरणीय व्यावसायिक केन्द्रका रूपमा आज पनि स्थापित गर्नु हामी सबै बुटवलवासीको साझा दायित्व हो । बुटवलको सौन्दर्य नै हाम्रो गौरव हो, बुटवलको पहिचान नै हाम्रो चिनारी हो । त्यसैले बुटवलको व्यावसायिक विरासत सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो । भोलि आउने पुस्ताले पनि अहिलेको हाम्रो जिम्मेवारी अनुसारको जस दिने नै छ । बस्नयोग्य बुटवल बनाउने अभियानमा म पनि सकृय छु, हजुर पनि आफ्नो क्षमताले भ्याएसम्म सकृय हुनुहुने छ । अस्तु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?