ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

मानव धर्म सेवा समितिद्वारा महाशिवरात्री महोत्सव

२६ फाल्गुन २०८०, शनिबार
२६ फाल्गुन २०८०, शनिबार

बुटवल ।

शिवरात्री पर्वको अवसरमा मानव धर्म सेवा समितिको आयोजनामा महाशिवरात्री महोत्सव २०८० सम्पन्न भएको छ ।

शुक्रबार श्री हंस कृति आश्रम बुटवलमा भएको कार्यक्रममा मानव धर्मका प्रणेता श्री सद्गुरु देवमहाराजले शिवले ध्यान गर्ने तत्वलाई जानेर अघि बढ्न सकियो भने जीवनमा सार्थक हुने बताएका छन् ।

उनले भने, ‘अध्यात्मले शान्ति फैलाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमले मानिसमा शान्तिको सन्चार गर्नेछ । आध्यात्मिक शान्तिका लागि आत्मज्ञान महत्वपूर्ण रहेकाले नामको महत्वलाई बुझ्न सकियो भने मानव जीवनको सार्थकता पूर्ण हुनेछ ।’

भारतमा राम मन्दिर बन्नका लागि ५ सय वर्षको प्रतिक्षा गर्नुपरेको सन्दर्भलाई जोड्दै उनले नेपालमा विराट सत्संग कार्यक्रम गर्न ५ वर्ष लागेको अनुभव सुनाए । उनले भने, मानव जीवनमा राम बन्न पहिले राम नामको तत्वलाई जान्न पर्नुपर्नेमा जोड दिए ।

कोभिड १९ का कारण नेपालमा पाँच वर्षदेखि सत्संग कार्यक्रम हुन सकेको थिएन । यसअघि २०७५ मा झापाको धुलावारीमासत्सगं कार्यक्रम भएको थियो ।

कार्यक्रममा श्री विभुजी महाराजले आजको दिनमा शिवरात्रीसँगै नारी दिवसपनि संँगै परेकाले यसलाई संयोगका रुपमा लिनुपर्ने बताए ।

उनले भने, ‘संसारमा आउनुको कारण दुख र सुख दुवै कुरा भोग्न आएकाले यी सबै प्रक्रियालाई हामीले भोग्नै पर्ने बताए । संसारमा माया दुखको कारण रहेकाले यसबाट कोही पनि अछुतो नरहने सुनाएका छन् ।’

उनले थपे, ‘संसारमा दुखको कारण अज्ञानता रहेकाले वास्तविक स्वरुपको बारेमा जान्नु आवश्यक रहेको बताए । सत्यको परिभाषा भनेको परिवर्तन नहुने विषय भएकाले हामीले के कुरालाई सत्य मान्ने भनेको यो संसारको अनुभव गर्नका लागि गरिने मानव जीवनको प्राणशक्ती रहेकाले यसको महत्वका बारेमा बुझनु पर्ने अहिले आवश्यक्ता हो ।’

कार्यक्रमका बोल्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईले गौतम बुद्ध र पशुपतिनाथको देशमा हामीले यस्तो कार्यक्रम गर्न पाउनु नै भाग्यको कुरा भएको बताए । यस्ता कार्यक्रमले मानिसलाई अध्यात्ममा लाग्न प्रेरणा मिल्ने सुनाए ।

बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले धार्मिक दृष्टिकोणबाट बुटवललाई अघि बढाउन लागेकाले यस्ता कार्यक्रमले सघाउन पुग्ने बताए ।

बुटवलमा यसअघि २०७० सालमा एक दिवसीय कार्यक्रम भएको थियो । ११ वर्षपछि पुनः बुटवलले कार्यक्रम गर्ने अवसर पाएको हो ।

कार्यक्रमका वक्ताहरुले बुद्धको जन्म स्थान लुम्बिनीमा आयोजना भएको यो कार्यक्रमले शान्तीको सन्देश दिएको बताए ।

महाशिवरात्री महोत्सवको अवसरमा शुक्रबार बिहान युवा संगठन र बाल सभाले विभिन्न प्रस्तुती दिएका थिए। शिवरात्री महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै भक्ति संगीतका कलाकारले सुमधुर भक्ती संगीत प्रस्तुत गरेका थिए ।

शिवरात्री महोत्सव अघि बिहान प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो । प्रभातफेरिमा आश्रम प्राङ्गण हुँदै ब्लड बैंक, अमरपथ, ज्योति विकास बैंक, नविल बैंक, मेनरोडबाट मिलनचोक, तीनकुने, इट्टाभट्टी हुँदै पुनः आश्रम प्राङ्गणमा आएर टुङ्गिएको थियो । कार्यक्रको पुर्वसन्धयामा बिहीबार सरसफाइ कार्यक्रम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?