ट्रेंडिंग:

>> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त

महाशिवरात्रीको अवसरमा शान्ति सद्भाव कार्यक्रम हुने

२३ फाल्गुन २०८०, बुधबार
२३ फाल्गुन २०८०, बुधबार

दाङ,२३ फागुन ।

दाङको घोराहीमा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह हुने भएको छ । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाको आयोजनामा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह हुन थालेको हो ।

ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराहीले मंगलबार एक कार्यक्रमको  आयोजना गरेर महाशिवरात्रीका अवसरमा आयोजना गरिएको महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोहको बारेमा जानकारी दिएको हो । महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह अन्तर्गत यही फागुन २४ गते घोराही उपमहानगरपालिका–१५ स्थीत ब्रह्माकुमारीज घोराही सेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

रक्त संञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा ब्रह्माकुमारीज, नेपाल प्रहरी, द लोटस टेनिङ सेन्टरलगायतको सहभागीता हुने ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रका प्रवक्ता एवं सूचना सञ्चार उपसमिति संयोजक ब्रह्माकुमार माधव तिमिल्सेनाले जानकारी दिएका छन् ।

उनका अनुसार फागुन २५ गते विहान ५–७ बजेसम्म ब्रह्माकुमारीज घोराही सेवा केन्द्रमा सकारात्मक सोचका लागि राजयोग अभ्यास, सोही दिन विहान ७–९ बजेसम्म शिवध्वजारोह एवं संस्कार परिवर्तनमा आध्यामिकता सम्वन्धी अभ्यास, फागुन २६ गते घोराहीको बिपीचोक परिक्रममा गर्दै विभिन्न संघसस्थाको सहभागितामा शान्ति सद्भाव पदयात्रा गरिने भएको छ । उक्त समारोह सम्पन्न गर्नका लागि ब्रह्माकृमारीज राप्ती क्षेत्र संयोजक राजयोगिनी गीता दिदीको संयोजकत्वमा १७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

प्रवक्ता माधव तिमिल्सेनाको संयोजकत्वमा ६ सदस्यीय सूचना सञ्चार उपसमिति, खिमकुमारी श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति, जोगराज खड्काको संयोजकत्वमा ३ सदस्यीय टेण्ट साउण्ड व्यवस्थापन उपसमिति,द्रोपदा न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय मञ्च व्यवस्थापन तथा स्वयमसेवक उपसमिति, ब्रह्मकुमारी अन्जना खड्काको सयोजकत्वमा ३ सदस्यीय शान्ति सद्भाव र्याली पदयात्रा उपसमिति र ब्रह्मकुमार शिवलाल महताराको संयोजकत्वमा ३ सदस्यीय रक्तदान व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

ब्रह्माकृमारीज राप्ती क्षेत्र संयोजक राजयोगिनी गीता दिदीको अध्यक्षतामा भएको कार्यत्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोहलाई सफलता पूर्वक सम्पन्न गर्नका लागि सञ्चारका प्रचारप्रसार गरेर सहयोग गर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण सूचना सञ्चार उपसमिति संयोजक एवं प्रवक्ता माधव तिमिल्सेनाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?