ट्रेंडिंग:

>> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त

एकै थलोमा दंगालीले हेरे १३ देशका लोकसंस्कृति

२२ फाल्गुन २०८०, मंगलवार
२२ फाल्गुन २०८०, मंगलवार

दाङ, २२ फागुन ।

आफ्नो देशको पहिचान दिने फरक–फरक भेषभुषामा सजिएका मानिसहरू सोमबार दाङको घोराहीमा दिल खोलेर नाचे । उनीहरुको यो नृत्य नेपालको भन्दा पृथक अनि नौलो आभाष दिने खालको थियो । छिमेकी मुलक भारतको पञ्जाबबाट आफ्नो लोक नृत्य देखाउन आएकाहरुले पस्केको गीत र नृत्यसँग सामान्यता अभ्यस्त भएपनि अरु ठाउँको लोक संस्कृति हेर्दा सबैले नयाँपनको आभाष गरे ।

एभरेष्ट कल्चरल ग्रुपको मुख्य आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनामा घोराहीमा भएको १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा विभिन्न १३ देशको कलासंस्कृति, लोकपरम्परा एकैथलोमा पोखिँदा दर्शकले देश अनुसारको भेष र उनीहरुको लोककला बुझ्ने आँखा अगाडि मौका पाए ।

नेपालसहित १३ देशका कलाकारले आ–आफ्नो लोक संस्कृति प्रदर्शन गर्दा सबै देशले एकअर्काको बारेमाजान्ने बुझ्ने अवसर पाएको अनुभव सुनाएका छन् ।

अष्ट्रियाबाट लोककला देखाउन आएका टोली मध्येका एक सदस्य डेविटले नेपालको कला संस्कृति, यहाँका मानिस निकै मन परेको बताए । आफुलाई गरेको आतिथ्यताले मन जितेको उनको भनाई थियो ।


काठमाडाँैेदेखि दाङ आउँदा ११ घण्टाको यात्रा र यात्राका क्रममा नेपालका धेरै कुराबारे जान्ने मौका पाएको बताए । दाङमा आएर यसरी लोककला संस्कृति देखाउन र अरुको हेर्न पाउँदा जीवनको सबैभन्दा खुशी मिलेको बताए ।

यहाँका मानिस, उनीहरुले गरेको व्यवहार निकै प्रशंसायोग्य रहेको बताए । १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवका माध्यमबाट अष्ट्रियाको लोककलाको बारेमा १२ मुलुकलाई जानकारी गराउन र ती देशको बारेमा जान्ने मौका पाउनु आफैमा सुनौलो अवसर भएको उनको भनाइ छ । ‘नेपाल आएर मलाई निकै खुशी लागेको छ, मलाई आफ्नै घर आएको जस्तो भएको छ, यहाँको आतिथ्यता साह्रै मन पर्यो’, उनले भने । ‘नेपालको कलासंस्कृति लोभ लाग्दो रहेछ ।’

पोल्याण्डबाट आएकी मेसियाले बाँसुरी बजाई रहँदा नेपाली बाँसुरीको धुनभन्दा फरक थियो । विशेष खालको बाँसुरीबाट धुन निकालेर आफ्ना सहकर्मीहरुलाई नचाई रहँदा दर्शकदीर्घा मन्त्रमुग्ध भएर हेरिरहेका थिए । आफ्नो प्रस्तुतिपछि कुरा गर्दै उनले भनिन्, हामीले हाम्रो देशको लोक संस्कृतिका बारेमा देखायोँ, त्यो भन्दा अरु थुप्रै देशका लोक संस्कृतिका बारेमा प्रत्यक्ष हेर्ने, बुझ्ने मौका पायौ, मलाई यहाँको बारेमा छोटो समयमा जान्ने बुझ्ने मौका मिल्यो, वास्तवमा नेपाल निकै सुन्दर रहेछ, यहाँका लोक कला संस्कृति देखेर म लोभिएको छु ।

संगीतको शिक्षक समेत गरेकी मेसियाले पोल्याण्डको संगीतभन्दा नेपालको संगीत निकै स्तरको पाएको बताइन् ।

इस्टोनियाबाट दाङ आएकी एकीले नेपालमा पहिलो पटक आएको बताइन् । युरोपमा पर्ने इस्टोनिया सानो देश भए पनि कलासंस्कृतिमा धनी रहेको बताइन् । एकीले नेपालमा पनि लोककला संस्कृति धेरै रहेको भन्ने सुन्न र हेर्न पाउँदा खुशी लागेको बताइन् । एसियामा रहेको लोक कला संस्कृतिका बारेमा धेरै कुरा सिकेर देशमा लैजान लागेको बताइन् ।

दक्षिण अफ्रिकाको बोत्सवानाका एनेस्टले निकै पृथक पहिरन र नृत्य देखाइन् । उनीसँगै अरु पाँच जनाको नृत्य पाषाणयुगको झल्को दिने खालको थियो । उनले शरीर ढाक्न लगाउनु भएको कपडा, श्रृंगारलगायत सबै कुरा स्प्रीम्बो नामक जनावरको थियो । जंगली युगको झल्को दिने पहिरनसँगै उनीहरुले देखाएको नाच रोचक थियो ।

लोक सांस्कृति महोत्सवमा ईस्टोनियाले ३ वटा फरक लोक नृत्य देखाएको थियो भने ईन्डोनेसियाले मौलिक कलासहितको नृत्य पस्केको थियो । अष्ट्रियाले २ वटा फरक नृत्य देखाउँदा मंगोलियाले देखाएको नृत्य नेपालीपन झल्कने खालको थियो ।

बेल्जियमबाट लोक नृत्य देखाउन आएका अधिकांश उमेरले पाका थिए । उनीहरुको झण्डा नृत्य अरुको भन्दा फरक खालको थियो । यो उनीहरुको देशमा नाचिने चर्चित नृत्य रहेको उनीहरुको भनाई थियो ।

मलेसिया, जर्मनी, पोल्याण्डलगायत देशका कलाकारले प्रस्तुत गरेको नृत्य, कलालाई दाङबासीले एकैथलोमा हेर्न पाउँदा जीवनकै मुल्यवान कार्यक्रमका रुपमा लिन भ्याए । ‘उनीहरुको देशमा गएर उनीहरुकै लोक नृत्य हेर्ने अवसर कहिले जुथ्र्यौ र ? आफ्नै घरआँगनमा उनीहरुआएरआफ्नो मौलिक लोककला संस्कृति देखाए ।

नेपालका तर्फबाट पनि लुम्बिनी प्रदेशमा नाचिने, गाईने गीत, नृत्य देखाईएको थियो । स्थानीय थारुनाच, बड्का नाच, लाखे नाच, झाँक्री नाच, पन्चे बाजालगायत प्रस्तुतिमा दर्शक रमाए ।

कार्यक्रम हुनुअघि घोराहीको सभागृहबाट सुरु भएको सांस्कृतिक झाँकी र प्रस्तुतिसहितको र्याली बजार परिक्रमा गरी महोत्सवस्थलमा पुगेर टुंगिएको थियो । र्यालीमा सहभागी कलाकारहरुलाई नेपाल सरकारका सञ्चार सुचना तथा प्रविधी मन्त्री रेखा शर्माले स्वागत गरेकी थिइन् । विभिन्न देशका साथै नेपालका विभिन्न जातजातिका मौलिक संस्कृति र्यालीमा प्रदर्शन गरिएको थियो । एकै थलोमा धेरै देशका कलाकर्मीहरूको प्रस्तुति हुँदा कला संस्कृतिको आदानप्रदान हुनुका साथै स्थानीय संस्कृतिको अन्तर्राष्ट्रियकरणमा टेवा पुगेको मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले विश्वास व्यक्त गरे

नेपालसहित १३ देशका ३ सय बढी कलाकारहरुको प्रस्तुतिलाई सबैले रुचाएका छन् । नेपाल, अस्ट्रिया, बेल्जियम, बोत्सवाना, एस्टोनिया, जर्मनी, भारत, इजरायल, मलेसिया, पेरु, पोल्यान्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिय लगायतका देशबाट कलाकारहरू दाङ आएर प्रस्तुत हुँदा सबैले त्यहाँका कलाकारसँग भलाकुसारी पनि भर्न भ्याए ।

दाङका विभिन्न पर्यटन तथा व्यावसायिक क्षेत्रहरुमा टेवा पुर्याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने र लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन महोत्सवले भूमिका खेलेको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले बताए । फागुन १८ गतेबाट शुरुभएको लोक सांस्कृतिक महोत्सव पनि कलाकारहरुको प्रस्तुतिसँगै सकिएको आयोजकले जनाएको छ । अन्तरदेशीय रुपमा कलासंस्कृति आदानप्रदान गर्न र कलाकारहरुबीच एकआपसमा सम्बन्ध स्थापित गर्न यस प्रकारको कार्यक्रम निकै फलदायी हुने एभरेष्ट कल्चरल ग्रुपका रामचन्द्र कोईरालाले बताए ।

यसैबीच, १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा दाङ जिल्ला उद्योग वाणिज्य संघले धन्यवाद दिएको छ । संघका अध्यक्ष बसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीले सम्पूर्ण उद्योगी व्यवसायी, वस्तुगत समिति, व्यवसायिक संघसंगठन, संघ प्रदेश तथा स्थानीय सरकार, सम्पूर्ण उद्योग वाणिज्य संघ, प्रशासन, प्रहरी, कलाकार पत्रकार, महोत्सवका लागि गठन भएका विभिन्न समिति तथा उपसमितिहरु, प्रायोजक, सहप्रायोजक, प्रयोजक लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेकाछ्न ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले यसअघि २०६८ सालमा पनि अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव घोराहीमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?