ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

ग्रीनवीचमा चौबिस बजाउने घडी !

१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

के कुनै घडीले चौबीस बजाउँछ ? सामान्यतः घडीमा एकदेखि १२ सम्म मात्र बज्छ । घण्टाघरको घडीमा पनि १२ सम्मका घण्टी बज्छन् । १३, १४, १५ घण्टा बजेको सुनिएको छैन । तर, एउटा यस्तो घडी पनि छ जसमा एकदेखि चौबीससम्मको समय हुन्छ । त्यस्तो भित्ते घडी एउटा मात्रै छ । आखिर १२ मात्र किन बज्छ घडीमा ? यसको उत्तर यस प्रश्नमा निहित छ– एउटा वृत्तमा ३६० डिग्री मात्र किन हुन्छ ? संसारमा एम के एस नापको प्रणालीमा छ अहिले । अर्थात् लम्बाईको नाप मीटर (१ मीटर बराबर १०० सेन्टीमीटर), तौलको नाप किलो ग्राम (१ किलोग्राम बराबर १००० ग्राम) तथा समयको नाप सेकण्डमा (६० सेकेण्ड बराबर एक मिनेट) निर्धारित छ । लम्बाई र तौलका सबै कुरा नाप डेसिमल (१०, १००) प्रणालीमा छन् भने समयलाई अपवाद किन बनाइएको होला ? पृथ्वी, सूर्य र चन्द्र गतिमा आधारित नाप नै समयको नाप हो । पृथ्वी र चन्द्रमाको सूर्यको सापेक्षिक अक्ष र कक्ष गतिको आधारमा दिन र रात, वर्ष र ऋतु निर्धारित हुन्छन् । पृथ्वीले सूर्यको एक परिक्रमा गर्दा आफ्नो अक्षमा ३६० पटक घुम्छ । सोही अवधिमा चन्द्रमाले पृथ्वीलाई १२ पटक घुमिसक्छ । समयका नापको एउटा स्थानीय (सापेक्षिक) र अर्को प्रमाणित (निरपेक्ष) नाप हुन्छ । जस्तै नेपालको पूर्वमा जुन बेला सूर्य उदाउँछ, पश्चिममा त्यो भन्दा केही ढिलो हुन्छ, त्यसैले नेपालको लगभग बीचको समयलाई आधार मानेर पूर्व र पश्चिम सबैले एउटै नापलाई प्रामाणिक मानिन्छ । यस अनुसार नेपालको प्रामाणिक समय ग्रीनवीच समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यसको अर्थ के हो भने ग्रीनवीचमा राति १२ बज्दा नेपालको घडीमा बिहानको ५.४५ बजिसक्छ । राति १२ बज्दा (२४ बज्दा) ग्रीनवीचको घडीले २४ न बजाएर शून्य बजाउँछ, त्यस पछि एक सुरु हुन्छ ।

सामान्यतः देशहरूको एउटा प्रामाणिक समय हुन्छ तर ठूला देशहरू जस्तै युएसए तथा रुसमा एकभन्दा बढी प्रामाणिक समयहरू हुन्छन् । एउटै देशमा कुनै ठाउँमा बिहान हुँदा अर्को ठाउँमा दिउँसो भइसक्छ । हरेक देशको स्थानीय र प्रामाणिक समय फरक भए जस्तै हरेक देशको र वैश्विक नाप फरक छ । वैश्विक नापलाई जीएमटी भन्ने गरिन्छ । जीएमटीको अर्थ हो ग्रीनवीच मीनटाइम । लन्दनको ग्रीनवीच पेनिन्सुलाको थुम्कोलाई आधार मानेर संसारको समय निर्धारित गरिन्छ । अर्को शब्दमा लन्दनको समय नै वैश्विक समय हो । मोबाइलमा समय सेट गर्दा हामीले जुन शून्य देख्छौं त्यो ग्रीनवीच, लन्दनको समय हो ।

आजभन्दा १४० वर्ष अघि (सन् १८८४) महारानी भिक्टोरियाको समयमा बेलायतले एउटा वैश्विक नाप निर्धारित गरेर त्यसको निश्चित ठाउँ लन्दन, ग्रीनवीचलाई बनायो । उसले निर्धारण गरेको राति १२ बजेको शून्य समय र स्थान सबैलाई मान्य छ । यस कुरालाई अझ स्पष्ट गर्ने हो भने ग्रीनवीचमा जुन देशान्तर रेखामा यो स्थान छ, त्यस रेखाको एक फुट दाहिने तिरको समय बढ्दै जान्छ र बायाँतिर घट्दै जान्छ । राति ठीक १२ बजे यस रेखाको बायाँतिर ३० गते भए दायाँतिर नयाँ महिना लागिसक्छ । त्यसैगरी वर्षको अन्तिम रातमा त्यस रेखाको दायाँ र बायाँमा पूरै एकवर्षको अन्तर हुनेछ । मलाई त्यस शून्य समयको ठाउँमा जाने इच्छा थियो । बेलायत भ्रमणको क्रममा त्यो अवसर जुर्यो । त्यहाँ पु/याई दिने काम गरे प्रकाश पाण्डेले । जसले साँझमा समय निकालेर त्यहाँ पु¥याए । बेलायतमा काम गर्ने नेपालीहरूलाई सामान्यतः फुर्सत् हुँदैन । त्यसैले घुम्नका लागि उनीहरूले साँझको समयलाई अधिमान दिन्छन् । सामान्यतः बेलायत घुम्नेलाई त्यो समय ठीक छ । गर्मीको समयमा दिन लामा हुन्छन् । राति १०–११ बजेसम्म चहल पहल भइरहन्छ । भर्खर साँझ परे जस्तो लाग्छ । बत्ती बलेको समयमा लन्दनको सुन्दरता पनि देख्न पाइन्छ । लन्दन घुम्ने हो भने साँझ परे पछि नै घुम्नुपर्छ । अगस्ट २२, २०२३ मा प्रकाश, शीला, दीपिका, हरिकला सँग म ग्रीनवीच भन्ने ठाउँका लागि ग्रीनफोर्डबाट साँझ छ बजे प्रस्थान गरें । ग्रीनफोर्डबाटरेलवे स्टेशनसम्म बसमा । त्यस पछि बैंक भन्ने शहरसम्म ट्युबमा । भूमिगत रेललाई त्यहाँ ट्युब भन्दा रहेछन् । बैंक भन्ने शहर नाम अनुसारको बैंक हो। । संसारका सबै बैकका शाखाहरू यस स्थानमा छन् । यस शहरमा बैंक र वित्तिय संस्थाहरूको कार्यालय मात्र छ । ठुल्ठूला भवनमा विशालतम बैंकिंग कार्यालय छन् ।

बैंकबाट रेल गाडी फेरेर ग्रीनवीचसम्म । बेलायतमा रेलको निकै सुविधा छ । अलग अलग नाम र कम्पनीका रेल एक एक मिनेटमा आइरहन्छन् । गाडीको भाडा तिर्ने माध्यम भने नगद हुँदैन केवल बैंकको डेबिट वा क्रेडिट कार्ड स्पर्श (टच्) गर्नु हो । एकातिरको प्लेटफर्ममा एक एक मिनेटमा विभिन्न रुटका रेलगाडीहरू आइरहन्छन् । अर्कोतिरको प्लेटफर्ममाविपरीत दिशातर्फ गइरहन्छन् । तोकेको रुटमा लगातार हिँडिरहन्छन् । डिजिटल बोर्डमा सूचना दिइरहेको हुन्छ । कुन गाडी कहाँबाट कहाँसम्म जान्छ, त्यो सबै नक्शा दिएको हुन्छ । एउटा प्रवेशमा कार्डबाट पैसा तिरेको छ र रेलवे स्टेशनबाहिर गएको छैन भने दिनभरिलाई थप पैसा लाग्दो रहेनछ । स्टेशन भित्र छिर्दा र बाहिर निस्कँदा दुवैपटक कार्ड छुवाउनु भने पर्दो रहेछ, अन्यथा दोब्बर पैसा काट्दो रहेछ । प्रवेशको बेला धेरै पैसा काट्दो रहेछ, निकासमा पनि छोएपछि पैसा कम काट्दो रहेछ ।

बैंक स्टेशनबाट नयाँ किसिमको रेलमा चढ्न पाइयो– इन्जिन नभएको रेल, डी एल आर अर्थात् चालकरहित रेल । दुई डब्बाहरू मात्र छन् र यसलाई परीक्षणको रूपमा चलाएको रहेछ । यसलाई कुनै केन्द्रिय ठाउँबाट नियन्त्रित गरिँदो रहेछ । डीएलआरबाट ओर्ले पछि एक छिन हिँडेर हामी ग्रीनवीच थुम्कोमा पुग्यौं । यसलाई तीनतिरबाट समुद्रले घेरेकोले पेनिन्सुला पनि भनिन्छ । हामीले सामान्यतः जी एम टी भनेर चिन्ने ठाउँलाई रोयल अबजर्वेटरी भन्दो रहेछ । गुगलमा यस नामबाट खोजी गर्ने हो भने शून्य समयको त्यो स्थान हेर्न सकिन्छ । त्यस अब्जरवेटरीको मूल ढोकामा २४ बजाउने घडी राखिएको छ । त्यस घडीमा एक देखि २४ सम्मका रोमन अक्षर अंकित छन् । साँझ आठ बजेतिर हामी पुगेका थियौं त्यसैले त्यसमा २० बजिरहेको थियो । आज सर्वत्र मीटरको नाप प्रचलित छ । यो नाप पेरिसको म्युजियममा राखिएको काँसको छडमा आधारित छ । यस छडका १०० बराबर विभाजन गर्दा सेन्टीमीटर बनाइन्छ । यस आधारमा सानो नाप सेन्टीमिटर र ठूलो नाप किलो मीटर बनाइन्छ । तर यस अब्जर्वेटरीको लम्बाईको नाप राखिएको छ, तर गजमा । बेलायतमा लम्बाईको नाप मीटर, किलोमीटर होइन, गज र माइल हो । गज अर्थात् यार्ड ।

राजा हेनरी (१२ औं शताब्दी) को बुढी औंठादेखि नाकसम्मको लम्बाईलाई एक गज मानेर त्यो भन्दा सानो नापलाई फुटमा र ठूलो नापलाई माइलमा नाप गर्ने बेलायती प्रचलन आज पनि कायम छ । ग्रीनवीचबाट लन्दनको सुन्दर दृश्य देख्न सकिन्छ किनभने यो थुम्को केही अग्लो ठाउँमा छ । त्यहाँ नजिकै लन्दन नगरपालिकाको मुख्य कार्यालय छ । जुन त्यहाँका मेयरको कार्यालय हो । तथ्यांक शास्त्रमा समयलाई शून्य लिने गरिन्न । तर ग्रीनबीचमा समय शून्य पनि हुने गर्छ । त्यस शून्य समयमा केही छिन बसेर आएको कुरा अनुभव गर्दै अब्जर्वेटरी बाहिर थुम्कोबाट लन्दनको मन्त्रमुग्ध पार्ने झिलीमिली दृश्य हेरेर राति १० बजे (२२ बजे) तिर घर फर्कियौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?