ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

रोल्पाका तीन पालिकाले संयुक्त फार्मेसी सञ्चालन गर्ने

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

रोल्पा, ९ फाल्गुन ।

रोल्पाको तीन पालिकाले संयुक्त रुपमा फार्मेसी संचालन गर्ने भएका छन । रोल्पाको पूर्वी भेगमा रहेका सुनिलस्मृती गाउँपालिका, लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाको संयुक्त वैठकले फार्मेसी संचालन गर्ने निर्णय गरेको हो ।

सुनिलस्मृती गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उक्त फार्मेसी संचालन गरिने भएको छ । फार्मेसी संचालनको लागि हाल तीनवटा पालिकाले १०÷१० लाख रुपैयाँको साझेदारी गर्ने निर्णय भएको सुनिलस्मृती गाउँपालिका अध्यक्ष मणिराम वुढाथोकीले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा हाल रोल्पाका सुनिलस्मृती गाउँपालिका सुनछहरी गाउँपालिका, लुङ्ग्री गाउँपालिका, थवाङ गाउँपालिका र रोल्पा नगरपलिकाका साथै प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाका केही वडाबाट समेत नागरिकहरु सेवा लिन आउने गरेका छन् । पूर्वी रोल्पाको व्यापारिक केन्द्रको रुपमा रहेको सुलिचौरमा नागरिकहरूको सहजताका लागि तीन वटा गाउँपालिकाको साझेदारीमा उक्त फार्मेसी संचालन गर्न लागिएको हो । सर्वसाधारण जनतालाई कम शुल्कमै औषधी उपलव्ध गराउने उद्धेश्यले फार्मेसीको संचालन गर्न लागेका हौ सुनिल स्मृती गाउँपालिका अध्यक्ष मणिराम वुढाथोकीले भने ।

हाल तीस लाख रुपैयाँको शेयर रहने उक्त फार्मेसी संचालनका लागि कार्यविधि तयारी समिति समेत गठन गरिएको छ । समितिमा सुनिलस्मृती गाउँपालिका अध्यक्ष संयोजक तथा लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिका अध्यक्षहरु सदस्य रहेका छन् । ११ सदस्यीय उक्त समितिको अन्य सदस्यहरुमा तीनवटै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर व्यवस्थाप समितिका अध्यक्ष, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख, लुंग्री र सुनछहरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरु रहेका छन् । समितिको सदस्य सचिवमा सुनिलस्मृती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रहेका छन् ।

त्रिपालिकास्तरीय उक्त बैठकमा यस वर्ष सञ्चालित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समीक्षा समेत गरिएको थियो । यसवर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अन्य पालिकाको तुलनामा भन्दा तीन वटा पालिकाको नतिजा कमजोर आएको थियो । आगामी दिनमा खेल क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा समेत गहन छलफल भएको लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले जानकारी दिए ।

वैठकले जिल्लाको साझा सवालको विषयमा जिल्लाका सबै स्थानीय तह तथा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा समन्वयात्मक वैठक गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ । जिल्लास्तरीय उक्त समन्वयात्मक बैठकको आयोजनाका लागि समन्वय गरिदिन जिल्ला समन्वय समिति रोल्पालाई अनुरोध गर्ने निर्णय गरेको वताइएको छ ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीˏ सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरˏ लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाको उपस्थिति रहेको थियो । वैठकमा सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईˏ स्वास्थ्य शाखा प्रमुख मोतिम आलमˏ प्रशासकीय अधिकृत रनबीर बुढाˏ सहायक कम्प्युटर अपरेटर दुर्याेधन महराको सहभागितामा उक्त निर्णय गरिएको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?