ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

सम्बोधन होला महिला स्वास्थ्य स्वयंसेविकाहरूको गुनासो ?

८ फाल्गुन २०८०, मंगलवार
८ फाल्गुन २०८०, मंगलवार

स्वास्थ्यको पहुँच सबै नागरिकमा पुगोस् भन्ने हेतुले नेपालमा २०४५ सालदेखि स्वास्थ्य स्वयंसेविका भर्ना अभियान सुरु भएको हो । शहर बजारलाई थाँती राख्दै सर्बप्रथम बिकट गाउँदेखि यसको थालनी भएको हो । नेपालको भुगोलको आधारमा बिकट गाउँ जहाँ बाटो छैन, अस्पताल छैन, खाद्यान्न छैन, त्यस्ता ठाउँका नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउने उद्देश्य राखी यो अभियानको शुरुवात गरिएको थियो । हाम्रो मुलुक बिश्वका गरिब देश मध्येमा पर्दछ । यो देशमा नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने सेवाग्राहीको प्रयाप्त दरबन्दी छैन । हुन त भागबन्डामा जम्बो संख्याका सांसद घटाउने हो भने दरबन्दी थप्न सकिन्थ्यो । त्यो हुन सकेको छैन । मुलुकलाई आवश्यक नभएको प्रदेश सरकार थोपरेर संघीयतातिर लगेर प्रत्येक नागरिकलाई ऋणको भारी बोकाउने काम भएको छ तर स्वास्थ्यको पहुँच पु¥याउनेतर्फ राज्यले सोचेको छैन ।

यहाँं कुरा स्वयंसेविकाको हो । ४५ सालदेखि स्वयंसेविका भर्ना अभियानको थालनी गर्दै दुर्गमदेखि सुगममा पुग्दा २०५२ पुगेको थियो । जेहोस महिला स्वास्थ्य स्वयंसेविकाले गाउँगाउँमा काम गर्न थालेको तिन दशक नाघेको छ । यसरी काम गर्दैगर्दा कति स्वयंसेबिकाको मृत्यु भैसकेको छ भने कतिले उमेरहदका कारण सेवा निबृत्त भएर बसेका छन र कतिले अहिलेपनि काम गरिरहेका छन । खाली भएका ठाउँंमा पुनः भर्ने सिलसिला र जनसंख्या बढेका ठाउँंमा थप्ने क्रम चल्दै गएको छ । यी स्वयंसेविका बिना तलब बिना भत्ता फिल्डमा खटिएर काम गरिरहेका छन । राज्यले अहिलेसम्म यिनीहरूका बारेमा केही सोचेको देखिँदैन । बास्तवमा भन्ने हो भने बिश्व स्वास्थ्य संगठन डब्लुएचओले बिश्वका कुनैपनि गरिब राष्ट्र जहांँका नागरिकमा स्वास्थ्यको पहँुंच पुग्न सकेको छैन, त्यस्ता ठाउंँमा मनग्ये बजेट डोनेसन गरेको हुन्छ । तर स्वयंसेविकाका निम्ति खर्च गर्न राज्यले जहिलेपनि कन्जुस्याइँ गरेको अबस्था छ ।

तिन दशक पहिलेदेखि पोलियो र भिटामिन खुवाउँदा स्वयंसेबिकालाई दिनको २५ रूपैंयाँ खाजा खर्चबाट शुरु भएको सेवा अभियान अहिले आएर काम गर्दाको दिनमा ४ सयको खाजामा पुगेर रोकिएको छ । सुरुवातका दिनमा भन्दा स्वयंसेविकाको स्वास्थ्य सेवाको काम धेरै बढेको छ । आ–आफनो क्षेत्रका गर्भवती, सुत्केरी र बिरामीहरूको खोजी गर्ने र स्वास्थ्यको पहँुंचसम्म पु¥याउने जिम्मा स्वयंसेविकाकै छ । प्रत्येक महिना आमा समूहको बैठक बसाल्नेदेखि घरघरमा हाल खबर बुझन जाने सम्पूर्ण जिम्मा महिला स्वास्थ्य स्वयंसेविकाको कांँधमा छ । त्यति मात्रै कहाँ हो र ? डेंगु ज्वरो ल्याउने लामखुट्टे खोजेर नष्ट गर्नेदेखि कुष्ठरोगी, क्षयरोगी, कालाज्वर आदी सबै खाले बिरामी खोज्ने र स्वास्थ्य संस्थामा पुयाउने काम पनि स्वयंसेविकाको नै हुने गरेको छ ।

बिश्व स्वास्थ्य संगठनको अवधारणा अनुरूप बिपन्न देशहरूमा स्वास्थ्य स्वयंसेविका भर्ना अभियानको थालनी भएको हो । सम्बन्धित ठाउँको स्थायी बासी हुनुपर्ने, बिबाहित हुनुपर्ने, साक्षर हुनुपर्ने, १६ बर्ष पुगेको र ४० बर्ष ननाघेको हुनुपर्ने, बिना तलब भत्ता सेवा दिनुपर्ने जस्ता मापदण्ड बनाएर प्रत्येक जिल्लाका जिल्ला जनस्वास्थ्यले स्वयंसेविका भर्नाको थालनी गरेका थिए । २०५४ को स्थानीय निर्वाचनमा ठूला भनेका दलले चुनाव जित्न सजिलो ठानी स्वयंसेविकालाई प्रयोगमा ल्याए । जसको परिणाम धेरै ठाउँंमा उनीहरूले बाजी नै मारे । पछि गएर स्थानीय निकायमा आफ्नो दलको पकडको आधारमा स्वयंसेविका भर्ती केन्द्र बनाए । मापदण्डको प्रवाह नगरी भस्मै स्वयंसेविका भर्ना गरिए र ती स्वयंसेविका बिना तालिम काममा हिँंडन थाले । नयाँहरूले जानी नजानी पुराना स्वयंसेविकाको सहयोगमा थोरैथोरै काम गर्दै गए । हाल धेरैजसोले आधारभूत तालिम लिएका छन । जेहोस स्वयंसेवा गर्ने सर्तमा भर्ना गरिएका स्वयंसेविकाले आ–आफ्नो क्षेत्रमा तलबी हुलाकीले भन्दा महत्वपूर्ण काम गरेका छन ।

नेपाल सरकारले स्थानीय स्वायत्त शासन लागू गरी स्थानीय सरकारलाई पावरफुल बनाएको छ । आफनो पालिकाको परिवेश अनुसार नीति नियम बनाएर चल्न उनीहरूलाई अधिकार दिइएको छ । यसैको फाइदा उठाएर पालिकैपिच्छे स्वयंसेविका परिचालनका नीति नियम बनाइएको छ । स्वयंसेविकाका सेवा सुविधामा फरकफरक नियम छन । कुनै पालिकाले स्वयंसेविकाको मर्का बुझेको देखिन्छ र त्यसै अनुसार तिलोत्तमा नगरपालिकामा केही समय पहिलें साइकल बितरण गरिएको थियो । गुल्मीको मदाने गाउँंपालिकाले बाख्रा उपहार दिएको छ । सामुदायिक महिला स्वयंसेविकाहरूलाई आर्थिकोपार्जनसंँग जोडनका लागि बाख्रा उपहार दिइएको वडाअध्यक्षले बताएका थिए । कहींँ छाता, झोला बितरण गर्ने जस्ता काम भएका छन । ६० बर्ष पुगेर बिदा हुँदै गरेका स्वयंसेविकालाई कुनै पालिकाले २ लाख दिएर बिदा गर्ने गरेका छन, कुनैले १ लाख, कुनैले ५० हजार र कुनैमा संघीय सरकारले पठाउने २० हजारमा मात्र उम्काउने काम भएको छ । एउटै काम, एउटै परिवेश तर पालिकै पिच्छेका यी फरक फरक नीति नियमले गर्दा स्वयंसेविकाहरूमा नैराश्यता छाएको देखिन्छ भने अर्को तिर अन्याय पनि भएको छ ।
केन्द्रले बनाएको नीतिमा पालिकाले दिने सहयोगमा एकरूपता भए कसैको गुनासो आउने थिएन तर सुबिधामा फरक पारी कहाँ कति, कहाँ कति दिने अर्थात एकरूपता नहुँदा मन दुख्नु स्वाभाविक भएको छ । अर्को यो पनि छ कि कुन दलले बहुमतको बाजी मारेर पालिका छिर्छ, उसले आफनो अनुकूलको स्वयंसेविका परिचालनको निर्देशिका बनाउँछ र त्यसको मारमा पनि स्वयँसेविका पर्ने गरेका छन । बिदा हँुदै गरेका स्वयंसेविकाले फलानो पालिकाले यति दियो रे हाम्रोमा यो के भको ? भन्नेको जवाफ धेरैसंग छैन । स्थानीय सरकारको निर्देशनमा काम गर्ने स्वयंसेविकालाई स्थानीय सरकारले नै चित्त बुझाउनु पर्छ भन्ने धारणा धेरैमा छ । अर्को स्वयंसेविकाको कामको मुल्यांकन र कति अवधी काम गरेको भन्ने हेरेर मर्का नपर्ने गरी विदा गर्नुपर्छ भन्ने स्वयँसेविकाको माग छ । सबै पालिकाले स्वयंसेविकालाई हेर्ने दृष्टिकोण एउटै हुनुपर्छ । नगरसभा र गाउँसभामा स्वयँसेविकाका प्रतिनिधि बोलाइनु पर्छ । पालिकाको जनसंख्या हेरेर ठूलो क्षेत्र र धेरै संख्यामा सेवा दिने स्वयंसेविकालाई सेवा सुविधा पनि त्यस्तै दिनुपर्छ ।

नेपाल सरकारले स्वयंसेविकाले घरघरमा पुगेर स्वास्थ्य सम्बन्धी जनचेतना जगाउंँदै पु¥याएको सेवाले बाल मृत्यु दर र मातृ मृत्यु दरमा कमी आएकै कारण बिश्वस्वास्थ्य संगठनबाट पुरस्कार पाएको कुरा बिर्सीनु हुंँदैन । निस्वार्थ ढंगले स्वास्थ्य सेवा दिंदै हिंडने स्वयंसेविकालाई कामकाजी दिनमा पेट भर्ने गरी खान दिनुपर्छ । करीब तिन दशक लामो स्वास्थ्य सेवा दिएका स्वयंसेविकाहरूलाई उमेर हदका कारण विदा गर्दा केही रकम उपदान दिंँदा केही बिग्रने छैन । हाम्रो मुलुकमा स्थायी वा करारका स्वास्थ्यकर्मीले नागरिकमा स्वास्थ्यको पहुंँच पु¥याउन सक्ने अबस्था छैन । यसैले टोलटोलका घरघरमा पुगेर स्वास्थ्य सेवा दिने स्वयंसेविकालाई स–सम्मान खुसी पारेर खटाउँदा सेवामा अझै प्रभावकारिता बढि राज्यलाई फाइदा नै पुग्ने छ र विदा गर्दा पनि राम्रै उपदान दिएर बिदा गर्नेतर्फ सबै पालिकाहरूले सोच्दा राम्रै हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?