ट्रेंडिंग:

>> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस्

तिलोत्तमा कप क्रिकेट शुरु, वडा नं २ र १६ विजयी

५ फाल्गुन २०८०, शनिबार
५ फाल्गुन २०८०, शनिबार

तिलोत्तमा,५ फागुन । तिलोत्तमा नगरपालिका र नवजीवन क्लब तिलोत्तमा ६ को आयोजनामा शनिबारदेखि तिलोत्तमा कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खांणले क्रिकेट खेलका लागि तिलोत्तमा उर्बर भूमि भएको र यहां राष्ट्रिय खेलाडीहरु पनि रहेको उल्लेख गर्र्दै तिलोत्तमालाई खेलकुदका माध्यमबाट देश विदेशमा चिनाउन सकिने र खेलका माध्यमबाट आर्थिक,भौतिक र पर्यटन विकास पनि हुने बताए ।
वडा नंं ६ का अध्यक्ष गणेश पाठकले खेलकुदले हरेक व्यक्तिलाई शारीरिक र मानसिकरुपमा स्वस्थ र अनुशासित बनाउने भएकाले खेलकुद प्रतियोगिताहरु नियमित आयोजना हुनुपर्ने बताए ।

उद्घाटन समारोहमा क्लबका अध्यक्ष केशव भुसाल,वरिष्ठ उपाध्यक्ष प्रकाश न्यौपाने, उपाध्यक्ष एवं प्रतियोगिता संयोजक सागर पाठक, सचिव गोबिन्द पाण्डे लगायतले बोल्दै यो प्रतियोगिता सिंगो तिलोत्तमा नगरको भएकाले सफल बनाउनु सबै वडा र नगरवासीको दायित्व भएको बताए । तिलोत्तमा ६ दश नम्बरस्थित नवजीवन क्लबको खेल मैदानमा भएको उद्घाटन खेलमा वडा नंं १६ ले वडा नंं ९ लाई २१ रनले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । उक्त खेलमा रामचन्द्र पाण्डे म्यान अफ द म्याच भएका थिए ।
यस्तै शनिबारै भएको दोस्रो खेलमा वडा नं २ ले वडा नंं ११ लाई ३० रनले पराजित गरेको छ । सो खेलमा रुपेश बसयाल म्यान अफ द म्याच भए ।
प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेल बिहान ९ बजेदेखि वडा नंं ४ र ८ तथा दोस्रो खेल वडा नंं ७ र १५ बीच दिउसो १ बजे शुरु हुने प्रतियोगिताका संयोजक एवं क्लबका उपाध्यक्ष सागर पाठकले जानकारी दिए ।
२० ओभरमा खेलाइएको प्रतियोगितामा तिलोत्तमाका १७ वडा मध्ये वडा नंं १२ वाहेक १६ वडाका टिमको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याट्स म्यानले ५ हजारका दरले पुरस्कार पाउने पाठकले बताए । यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ट्रफी र इमर्जिङ प्लेयरलाई ट्रफी प्रदान गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np