ट्रेंडिंग:

>> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने

नेदरल्याण्डसमाथि नेपालको ९ विकेटको जित

५ फाल्गुन २०८०, शनिबार
५ फाल्गुन २०८०, शनिबार

बुटवल,५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।

शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।

नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।

बिहान ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिएका थिए ।
खाता नै नखोली माइकल लेभिटलाई गुमाएपछि नेदरल्याण्ड्सले नेपाली बलर सामु खुलेर खेल्न पाएन । अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए ।

स्याब्रान्ड एंगेलब्रेक्टले इनिङ सम्हाल्ने प्रयास गरे पनि उनी व्यक्तिगत २३ रनमा ललित राजवंशीको बलमा अनिल साहबाट क्याच आउट भए । उनले तेस्रो विकेटका लागि बास डि लिडेसँग ३८ रनको साझेदारी गरेका थिए । लिडे २७ रन बनाउँदै ललितकै बलमा बोल्ड भए ।

त्यसपछि कप्तान स्कट एडवाड्र्सले ३३ रन बनाए । उनी कुशल भुर्तेलको एलबीडब्लू धरापमा परे । नवौं विकेटका रुपमा उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १२७ रन थियो । थप १० रन जोड्दा भिभियन किंग्माको विकेट लिँदै भुर्तेलले नेदरल्याण्ड्सलाई अल आउट गरे ।   यसअघि कीर्तिपुर मैदानमा भएको लिग टु को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?